जनसम्बन्ध विस्तार अभियान अन्तरगत युवा र किसानको वडा कमिटी गठन
नवलपरासी : मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल नवलपरासीको जनसम्बन्ध विस्तार अभियान अन्तरगत क्रान्तिकारी युवा संघ नेपालको आयोजनामा बर्दघाट -४ वडा समिती गठन कार्यक्रम शनिबार हरियालीनगरमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले युवाहरु सधै क्रान्ति र अग्रगमनको पक्षमा हुने बताउदै बिकृती बिसङ्गती र भ्रष्टाचारको बिरुद्ध लड्दै नयाँ जनवादी क्रान्ति हुदै बैज्ञानिक समाजवादको लक्ष्यमा अगाडी बढ्न निर्देशन गर्नुभयो । सो कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकालले शुभकामना मन्तव्य ब्यक्त युवा आन्दोलनको विकासमा जोड गर्दै सत्ता र ब्यवस्थाको बिकल्पमा लाग्न युवाहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी युवा संघको जिल्ला संयोजक राम प्रसाद अर्गेजा, रास्ट्रिय युवा जन स्वयंसेवकको जिल्ला संयोजक साका लगायतको आतिथ्यता रहेको थियो । भेलाले समीर पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय क्रान्तिकारी युवा संघ नेपालको वडा समिति गठन गरेको छ । कार्यक्रममा अखिल क्रान्तिकारीको तर्फबाट दिब्यज्योती क्याम्पसमा सचिब पदमा स्ववियु उम्मेदवार बनेका आनन्द ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै प्रतापपुर ९ खैरहनीमा भएको एक भेलाले क्रान्तिकारी किसान महासंघ नेपालको ५ सदस्यीय वडा समिती गठन गरेको छ । शनिबार राम नारायण हरिजनको संयोजकत्वमा वडा समिती गठन गरिएको हो । कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी रवि पाण्डेय, सचिवालय सदस्य द्व्य यम बहादुर गुरुङ र राम प्रसाद अर्गेजा,क्रान्तिकारी किसान महासंघका जिल्ला संयोजक रामचन्द्र पोख्रेल ,पार्टीका जिल्ला सल्लाहकार राम अवध राजभरलगायतको आतिथ्यता रहेको महासंघले जनाएको छ ।
































