चैत्र १६ दोलखा ।
क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानका दौरान दोलखामा कोण सभा र मसाल जुलुस गरिएको छ ।
चरिकोटको सडक गेटवाट सुरू भएको मसाल जुलुस सातदोवाटो मुख्य चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । जुलुसमा दलाल संसदीय व्यवस्था खारेज गर, पश्चगामी राजतन्त्र मुर्दावाद, जनवादी गणतन्त्र जिन्दावाद लगायतका नारा लगाएका थिए ।
कोण सभालाई जिल्ला सेक्रेटरी अभियानले सम्वोधन गर्दै राजतन्त्र, दलाल संसदीय व्यवस्थाको विकल्प जनगणतन्त्र भएकोले यो धारालाई सरसहयोग गर्न अपील गर्नुभयो ।
कार्यक्रममा १० नम्बर व्युरो ईन्चार्ज सुरेश श्रेष्ठ प्रवेश, पार्टी केन्द्री सदस्य पुर्ण खडका, केन्दीय सदस्य नरेश लगायतको उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोकमा जनसम्बन्ध विस्तार अभियान तथा सदस्यता वितरण र सहिद परिवार भेटघाट संगै १० नं ब्युरो टिम, दोलखा तर्फ प्रस्थान गरेको छ र दोलखाको मसाल जुलुस र कोणसभामा सहभागि भएको छ ।
दोलखा जिल्लाको चरिकोटमा छलफल पश्चात् मशाल जुलुस सम्पन्न ।