जनसम्वन्ध विस्तार अभियानको ३ नम्बर टोली आज चैत्र १६ गते वर्दियाबाट विदा भई बाँकेमा प्रवेश

जनसम्वन्ध विस्तार अभियानको ३ नम्बर टोली आज चैत्र १६ गते वर्दियाबाट विदा भई बाँकेमा प्रवेश

जितामित्र

चैत्र १६ वर्दिया । बाँसगढीको थुमनी गाँउमा अभियान टोलीले विहान जन भेटघाट गर्यो । जन भेटघाटमा उठेका बिषयमा ३नम्बर व्यूरो ईन्चार्ज तथा पिबिएम लालबहादुर जाग्री र पिविएम कमरेड सिपि शर्माले प्रष्ट पार्नु भएको थियो ।
अभियान टोलीले बाँसगढी नगरपालिकाको माछागढ चोकर लछमणा चोकमा पर्चा वितरण गर्दै बाँसगढी नगरपालिकाको बाँसगढी बजारको किसान चोकमा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई अभियान टोली सदस्य तथा वर्दिया जिल्ला ईन्चार्ज दिलबहादुर कठायतले सञ्चालन गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो । ईतिहासको पांग्रा सधै अगाडि बढ्छ, त्यसको नियम पछाडी फर्कने हुदैन भन्दै नेपालमा राजतन्त्रको पुनस्र्थापना धेरै महङ्गो हुने भन्दै राजावादीहरुले काठमान्डौंको तिनकुनेमा देखाएको हर्कतको कढा भत्र्सना गर्नु भएको थियो ।


वर्दिया जिल्लाको बढैया तालको अवलोकन गर्दै अभियान टोली बढैयाताल गाँउपालिकाको वार्ड नं १मा रहेको जमुनी नाका(नयाँ बस्ती ) सिमाक्षेत्र अध्ययन अवलोकन गर्न गएको थियो । भारतसँग जोडिएको जमुनी नाकामा भुमिहिन सुकुम्बासी बस्ती बसालेको पाईयो । चौविस घर धूरी भुमिहिनहरुको घर टहरा पछाडी दशगजा क्षेत्रसँग जोडीएको र अगाडि नम्बरी जग्गासंग जोडिएकोले उनीहरुलाई ओर्लिन फर्कन निकै समस्या भएको देखियो । घरमा चलनचल्तीमा प्रयोग भएको पानी बगेर दशगजामा गए भारतीय सिमा सुरक्षा बलले धम्काउने र नम्बरी जग्गामा गए जग्गा धनीले लाठी मुङ्ग्री गर्ने वस्ती बासिले अभियान टोली सित गुनासो पोखेका थिए । बिमार र असक्त सिताराम खटिकको गुनासो थियो ’दशगजा र नम्बरी जग्गाको बिचमा घर आँगन वाहेक हामीसंग केही छैन । कमाएर खाने अवस्था केही न भएपछि काल पर्खनु बाहेक केही न भएको’ उनको दुखेसो थियो । चुनाव पछि यो क्षेत्रमा जनप्रतिनिधि कोही न आएको पनि उन्ले बताए । अचम्म लाग्दो के छ भने नेपालको तर्फबाट सिमा सुरक्षा बल त्यहाँ छैन । पुलिसको उपस्थित झण्डै एक किलोमिटर वर सितापुर बजारमा छ । त्यो सिमाक्षेत्रको सुरक्षा कवच तिनै भुमिहिन सुकुम्बासी हुन् , जो प्रत्येक दिन के खाने भन्ने पिडामा तड्पी रहेकाछन ्।

सिमाक्षेत्रको अध्ययन अवलोकन पछि अभियान टोलीले सितापुर बजारमा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई अभियान टोली सदस्य तथा वैकल्पिक पिबिएम जितामित्र सुनारले सम्बोधन गर्नु भएको थियो ।
जमुनी नाकामा बसालिएको भुमिहिन सुकुम्बासीको अवस्था निकै पिडादायी भएकोले सरोकारवाला निकायले तुरुन्त उचित स्थानसम्म उनीहरुलाई स्तान्तरण गर्नुपर्ने बताउनुभयो । दलहरुले जनतन्त्र, जनजीविका र अमनचयनको व्यवस्था गर्न न चाहेर भ्रष्टाचारलाई केन्द्र देखि स्थानिय तहसम्म मौलाउने वातावरण बनाए भन्नुभयो । जनताको जीवनस्तरमा ध्यान दिएनन् र अहिले राजनैतिक शंकट पैदा भएको बताउनु भयो । तर यस्को निकास प्रतिगमन होईन अग्रगामी हो भन्नु भयो । र अहिले उपलब्ध सीमित अधिकारहरूको संरक्षण गर्ने पनि हाम्रो दायित्व हो भन्नुभयो । कार्यक्रमको सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो भने टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय सहसयोजक नारायण योगीले ’उठ्नुपर्ने भो जुट्नुपर्ने भो’ भन्ने बोलको गीत गाउनु भएको थियो ।
अभियान टोलीले बढैयाताल गाउँपालिका–३ भलागौडी बजारमा पर्चा वितरण गर्नुका साथै सोही स्थानबाट अभियान टोलीलाई अबिर माल्यार्पण गरेर बाँके जिल्लातर्फ विदाई गरेको थियो । टोलीलाई वर्दिया जिल्ला सहसंयोजक कमरेड विपिन रानाले डायरी उपाहार सहित विदाई गर्नु भएको थियो ।


अभियान टोली साँझ बाँके जिल्ला प्रवेश गरेको छ । बाँके जिल्लाको खजुरा गाँउपालिकाको सिमलघारी चोकमा बाँके जिल्लाले अभियान टोलीलाई खाँदा र अविर माल्यार्पण गरेर स्वागत गर्नुभएको थियो । सोही चोकमा अभियान टोली सदस्य दिलबहादुर कठायतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । बाँके जिल्ला सचिव गुणनिधि आचार्यले स्वागत मन्तब्य राख्नुको साथै जनसम्बन्ध विस्तार अभियानको महत्वको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो इन्चार्ज कामरेड लालबहादुर जाग्रीले पनि सम्बोधन गर्नु भयो । उहाँले भन्नु भयो ’जस्ले जंगल फडानी गर्छ, जोत्छ, ढुङ्गा फाल्छ र खेती योग्य जमीन बनाउँछ तर उस्को नाममा जग्गा हुदैन । जो कुर्सीमा बस्छ, श्रम गर्दैन, टेवलमा बसेर कागत मिलाउछ र जग्गा उस्को नाममा हुन्छ । यो ठिक तरिका होईन । यो अभियान टोलीले जग्गा जोत्नेहरुको नाममा हुनुपर्छ भन्ने वकालत गर्छ भन्नु भयो । मोदीले ज्ञानेन्द्र शाहलाई विष्णुको अवतार भनेका छन । यदि उन्लाई त्यस्तो लाग्छ भने ज्ञानेन्द्र शाहलाई भारतमा राखेर विष्णु बनाएर राखे भैगो भन्दै यसैपनि तिब्बतमा लखेटिएको दलाइ लामालाई भारतले पालेको छ भन्नु भयो । नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले सबै धर्मलाई समान व्यवहार गर्नुपर्छ भन्नुभयो । हिन्दु धर्म दलित, महिला र उत्पिडीत वर्गको पक्षमा नभएको भन्दै धर्मका मठादिशहरुले महायज्ञ लगाउने नाममा भूमि पवित्रताको कुरा गरेर दलितको बस्ती मात्र होईन माटो समेत उठाएर फालेका छन् भन्नु भयो । राजतन्त्र र हिन्दु धर्म अबको विकल्प होईन देश अग्रगमन को बाटोमा जानुपर्ने बताउनुभयो ।


अभियान टोली आज साँझ बाँके जिल्लाको सिमलघारी गाँउमा विकेन्द्रित भएर किसानहरुको घरमा बास बसेको छ ।