भोजपुर । चैत्र १६ (आज) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत १ नं. अभियान टोलीले भोजपुरमा तीनवटा कोणसभा सम्पन्न गरेको छ ।
भोजपुर नगरपालिकाको सातघरे बजारको कोणसभा अभियान टोली प्रमुख रामसिंह श्रीस र महिला नेतृको सम्बोधन र राजकुमार राईको सञ्चालनमा सम्पन्न भयो । त्यसैगरी चारभञ्ज्याङको कोणसभा नेता चन्द्रहरि सुवेदीको सम्बोधन र दोची शेर्पाको सञ्चालनमा सम्पन्न भयो भने च्याङमिजी चोकको कोणसभालाई सम्बोधन डिल्लीराम बोहराले र सञ्चालन टेकबहादुर विकले गर्नुभयो । कोणसभा स्थानीय जनताको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रम स्थलमा अभियानको पर्चा व्यापक रुपमा वितरण गरियो भने जनभेटघाट र वालपेन्टिङ पनि गरियो । यो अभियान टोली भोली खोटाङ जिल्ला प्रवेश गर्नेछ ।