चैत्र १६ गते टोली नम्बर ४ ले के के गरयो ?

चैत्र १६ गते टोली नम्बर ४ ले के के गरयो ?

नविन खडका

यो टोलीले २०८१ चैत्र १६ गते भैरबी गाउँपालिका वडा नं. ४ सिलङगि बजारमा कोणसभा सम्पन्न गर्यो । कोण सभाको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दैलेख जिल्ला सचिव ललित सुनारले गर्नु भएको थियो । प्रमुख बक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शन हुनुहुन्यो भने अन्य वक्ताहरुमा बैकल्पिक पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो सचिव दिपक शाही प्रकाश उर्जा ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खडका हुनुहुन्थ्यो ।
यसैगरी सोही दिन जनसम्बन्ध विस्तार अभियान अन्तर्गत भैरबी गाउँपालिका वडा नं. ३ चगत्रामा कोणसभा सम्पन्न भयो । संचालन पार्टीको दैलेख जिल्ला सचिव ललित सुनारले गर्नु भएको थियो । प्रमुख वक्ताका रुपमा पार्टीका केन्द्रीय बैकल्पिक सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खडका बारुदले सम्बोधन गर्नु भएको थियो । त्यसरी नै दैलेखको दुल्लु नगरपालिका –५ चाँदनीचोकमा कोणसभा सम्पन्न भयो । संचालन ललित सुनारले नै गर्नु भयो । दिपक शाही प्रकाश उर्जा र दिनेश थापा समुन्द्र केन्द्रीय सदस्य दिनेश थापा तथा कैलाली इन्चार्ज रामबहादुर थारू महान ले सम्बोधन गर्नु भएको थियो ।
१६ गते नै जनसम्बन्ध बिस्तार अभियान ४ नं. कमान्ड (२)भैरबी गाउँपालिका वडा नं. ३ चगत्रामा कोणसभा सम्पन्न गरियो । संचालन ः ललित सुनार जिल्ला सचीव दैलेख र प्रमुख बक्ता पार्टी केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का बारुद हुनुहुन्थ्यो । अर्को कोणसभा दुल्लु नगरपालिका –५ चाँदनीचोकमा सम्पन्न भयो । संचालक ललित सुनार र प्रमुख बक्ताका रुपमा पोलिट्ब्युरो सदस्य तथा ३ नं. ब्यूरो सचीव दिपक शाही प्रकाशउर्जाले सम्वोधन गर्नु भयो । पार्टी केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज दिनेश थापा सुमुन्द्रले पनि कोणसभालाई सम्वोधन गर्नु भएको थियो ।