१६ चैत्र, पोखरा ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध बिस्तार अभियान अन्तर्गत पोखरा महानगरपालिकाको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि पार्टीका पिबिएम तथा ७ नम्बर ब्यूरो इन्चार्ज कामरेड गतिले पार्टीको बैचारिक राजनैतिक बिसयमा प्रशिक्षण गर्नु भएको थियो ।
त्यस्तै केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड रामजी थापाले पार्टी र जबस मोर्चाको अन्तरसम्बन्ध र सङ्गठन परिचालन सम्बन्धि प्रशिक्षण दिनु भएको थियो भने बैकल्पिक पिबिएम तथा क्षेत्रीय ब्यूरो सचिब कमरेड नारायण अधिकारीले ’जनसम्बन्ध बिस्तार अभियानझको बारेमा र जिल्ला इन्चार्ज कमरेड आकाश गौतमले बैठक सञ्चालन,माइन्युट लेखन र अभिलेखिकरण सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा जिल्ला सेक्रेटरी कमरेड बिक्रम थापाले पनि प्रशिक्षणको महत्त्वको बारेमा बोल्दै सबै पार्टी सदस्यहरु र जबस मोर्चाका भुमिकाको बारेमा प्रकाश पार्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको संचालन कमरेड मिनालक्ष्मीले गर्नु भएको थियो भने महानगर समितिका सेक्रेटरी कमरेड सुशीला थापाको अध्यक्षता र राम पुनको स्वागतमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।