भैरबी गाउँपालिका वडा नं.४ सिलङगी बजारमा कोणसभा सम्पन्न

भैरबी गाउँपालिका वडा नं.४ सिलङगी बजारमा कोणसभा सम्पन्न

चैत्र १६ दैलेख । दैलेख जिल्लाको भैरबी गाउँपालिका वडा नं.४ सिलङगी बजारमा चैत्र १५ गते जनसम्बन्ध बिस्तार अभियान ४नं. कमान्डको आयोजनामा कोणसभा सम्पन्न गरिएको छ । उक्त कोणसभालाई प्रमुख बक्ताको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा ४ नं.टोली नेता हेमन्त प्रकाश ओलि सुदर्शनले सम्वोधन गर्नु भएको थियो ।


अर्का बक्ताको रुपमा पोलिटब्युरो सदस्य तथा ३ ब्यूरो सचीव दिपक शाही प्रकाशउर्जाले सभालाई सम्वोधन गर्नु भएको थियो र अर्का बक्ता केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य नवीन खड्का बारुद हुनुहुनथ्यो । कोणसभाको संचालन जिल्ला सचीव ललित सुनारले गर्नु भएको थियो । कोणसभाको साथै बिहान केही ठाउँहरुमा नारा लेख्ने काम पनि सम्पन्न गरिएको थियो ।