जनसम्बन्ध विस्तार अभियानका १४ दिन : के के ग¥यो १ नं अभियान टोलीले ? (फोटोफिचरसहित)

जनसम्बन्ध विस्तार अभियानका १४ दिन : के के ग¥यो १ नं अभियान टोलीले ? (फोटोफिचरसहित)

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रबाट गठित चारवटा केन्द्रीय अभियान टोलीमध्ये पहिलो अभियान टोलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै चैत्र ४ गते अभियानको उद्घाटन ग¥यो । पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसको नेतृत्वमा रहेको यो अभियान टोलीले नेपाल–भारत सीमाक्षेत्र पाँचथरको चियोभन्ज्याङबाट मशाल बालेर अभियानको उद्घाटन ग¥यो । समुद्री सतहबाट ३,१३९ मिटर उचाइमा रहेको चियोभङ्ज्याङमा मान्छे नै उडाउलाझै हावाको बेग चलेको थियो । झण्डा र व्यानर हावाको बेगले उडाउला झै भएको थियो । क्रान्तिकारी उत्साहका साथ अभियानको उद्घाटन गरियो । र, यहाँबाट डेढ महिने जनसम्बन्ध विस्तार अभियान सुरु भयो ।

अभियानको उद्घाटन कार्यक्रमलाई नेता रामसिंह श्रीसले सम्बोधन गर्नुभयो । पार्टीका पीवीएम सुरेन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रमलाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला संगठनकी केन्द्रीय सहसंयोजक शारदा महत र क्रान्तिकारी मजदुर महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले सम्बोधन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता भने कृष्ण चौलागाईंले गर्नुभएको थियो । उद्घाटन स्थलमा वालपेन्टिङ पनि गरियो । जनभेटघाट गर्दै पर्चा वितरण गर्ने, माइकिङ गर्ने, अभियानका नारा लगाउने र जिङ्गल बजाएर अभियानका बारेमा आम जनसमुदायमा जानकारी दिने काम गरियो ।


अभियान उद्घाटनको अघिल्लो दिन पाँचथरको फिदिममा अभियान टोलीले व्यापक रुपमा प्रचार प्रसार र जनभेटघाट गरेको थियो । अभियान उद्घाटन कार्यक्रममा बालकृष्ण सुवेदी, पुष्प सुवेदी, धनमाया निरौला, दोर्चि शेर्पा र जिल्ला पार्टी सेक्रेटरी कृष्ण सुवेदी सहभागी रहनु भएको थियो । १ नं अभियान टोलीले सञ्चालन गर्ने १३ वटा जिल्लामध्ये पाँचथर, तेह्रथुम, धनकुटा हुँदै भोजपुर जिल्लामा अभियान सम्पन्न गर्ने क्रममा रहेको छ । यस टोलीले अहिलेसम्म भए गरेका कोणसभा, जनसभा, वालपेन्टिङ, पर्चा वितरण र जनभेटघाट कार्यक्रमहरूलाई समेटेर यो सामग्री तयार पारिएको छ ।

पाँचथर
पाँचथर जिल्लाको चियोभन्ज्याङमा अभियानको उद्घाटन गरेपछि पाँचथर जिल्लाकै विभिन्न ठाउँहरूमा कोणसभा, पर्चा वितरण र वाल पेन्टिङ समेत सम्पन्न गरिएको थियो । यस टोलीले पाँचथरको सदरमुकाम फिदिम बजारमा सन्देश सभा सम्पन्न ग¥यो । यस सन्देश सभाको सञ्चालन कृष्ण चौलागाईले गर्नुभएको थियो भने सुरेन्द्र भण्डारीको सम्बोधन थियो। अभियान टोलीले पाँचथरको कुम्याक गाउँपालिका अन्तर्गतको यासोक बजारमा चैत्र ५ गते कोणसभा सम्पन्न ग¥यो । यो कोणसभालाई पार्टी पीवीएम चन्द्रहरि सुवेदी र मजदुर नेता ईश्वर तिमिल्सिनाले सम्बोधन गर्नुभयो । कोणसभाको सञ्चालन कृष्ण चौलागाईंले गर्नुभएको थियो ।


तेह्रथुम
पाँचथर जिल्लालाई बिदा गर्दै अभियान टोली चैत्र ५ गते तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा बास बस्न आइपुग्यो। र, भोलिपल्ट बिहान तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा कोणसभा कार्यक्रमको आयोजना गर्यो। सो गाउँपालिकाको संक्रान्ति बजारमा चैत्र ६ गते सम्पन्न कोणसभाको सञ्चालन तारा तुम्बाहाम्फेले गर्नुभएको थियो भने पार्टीको १५ नं ब्यूरोका सचिव डिल्लीराम बोहराले सम्बोधन गर्नुभएको थियो । कोणसभासँगै सो बजारमा नारा जुलुसहित पर्चा वितरण पनि गरिएको थियो। साथसाथै जनभेटघाट, पुराना साथीहरूसँगको पनि भेटघाट भएको थियो।
त्यसैगरी तेह्रथुम जिल्लाको सदरमुकाम म्याग्लुङ बजारमा चैत्र ७ गते प्रचारप्रसार नारा जुलुस लगाइयो भने चैत्र ८ गते म्याग्लुङ बजारमा जनसभा कार्यक्रमको आयोजना गरिएको थियो। त्यस जनसभा कार्यक्रममा हाम्रो टोलीको प्रमुख रामश्रीको प्रमुख आतिथ्यतामा शारदा महत ,चन्द्रहरी सुवेदी ले सम्बोधन गर्नुभएको थियो भने जनसभाको सञ्चालन १५ नम्बर पार्टी ब्युरो सचिव डिल्लीराम बोहोराले गर्नुभएको थियो। र त्यस जनसभाको सभाध्यक्षता तेह्रथुम जिल्ला तारा तुम्बा हाम्फेले गर्नुभएको थियो।भने उक्त कार्यक्रमको स्वागत मन्तव्य पार्टी िससियम बालकृष्ण सुवेदीले गर्नुभएको थियो।

त्यसैगरी तेह्रथुम जिल्लाको लालीगुराँस गाउँपालिका बसन्तपुर बजारमा चैत्र ९ गते युवाको केन्द्रीय सहसयोजक दोर्जी शेर्पा डिल्लीराम बोहराले कोणसभालाई सम्बोधन गर्नुभयो भने उक्त कार्यक्रमको सञ्चालन धनमाया निरौलाले गर्नुभएको थियो। त्यसैगरी तेह्रथुम जिल्लालाई बिदा गर्दै अभियान टोली धनकुटा जिल्ला प्रवेश ग¥यो ।

धनकुटा
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा चैत्र १० गते बालकृष्ण सुवेदीको सञ्चालन र डिल्लीराम बोहराको सम्बोधनमा कोणसभा सम्पन्न गरियो । सोही गाउँपालिका अन्तर्गतमा रहेको जोरपाटी बजारमा सोही दिन सुरेन्द्र भण्डारीको सञ्चालन र सम्बोधनमा कोण सभा सम्पन्न भएको थियो। त्यसैगरी धनकुटा जिल्लाको सदरमुकामको मदनचोकमा चैत्र ११ गते सम्पन्न कोणसभालाई महिला नेतृ शारदा महत र अभिायन टोली प्रमुख रामसिंहश्रीसले सम्बोधन गर्नुभयो । को सम्बोधन कार्यक्रमको सञ्चालन धनकुटा जिल्ला सेक्रेटरी गोपाल बिकले गर्नुभएको थियो । त्यसैगरी धनकोटा जिल्ला हिले बजारमा चैत्र १२ गते डिल्लीराम बोहोराको सम्बोधनमा र धनकुटा जिल्ला सचिवालय सदस्य मातृका राईको सञ्चालनमा कोणसभा सम्पन्न भयो । त्यसैगरी धनकुटा जिल्लाकै बजारमा चैत्र १३ गते चन्द्रहरि सुवेदी अटलको सम्बोधन र डिल्लीराम बोहराको सञ्चालनमा अर्को कोणसभा सम्पन्न गरियो । त्यसैगरी धनकुटा जिल्लाकै महालक्ष्मी नगरपालिका लेगुवा बजारमा चैत्र १४ गते भएको कोणसभा डिल्लीराम बोहराको सम्बोधन र टेकबहादुर बिकको सञ्चालनमा सम्पन्न भयो । र, सोही दिन अभियान टोली भोजपुर जिल्ला प्रवेश ग¥यो ।


भोजपुर
भोजपुर जिल्ला प्रवेशसँगै चैत्र १४ गते अरुण गाउँपालिकाको प्याउली बजारमा सुरेन्द्र भण्डारीको सम्बोधन र जिल्ला कार्यवाहक सचिव राजकुमार राईको सञ्चालनमा कोणसभा सम्पन्न भयो । सोही दिन भोजपुर जिल्लाकै पौवादुङमा गाउँपालिको च्याङग्रे तिवारी भन्ज्याङमा भएको कोणसभा डिल्लीराम बोहराको सम्बोधन र बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न गरियो । चैत्र १५ गते भोजपुर नगरपालिकाको श्यामशिला बजारमा कोणसभा सम्पन्न भयो । राजकुमार राईले सञ्चालन गरेको कार्यक्रमलाई नेता सुरेन्द्र भण्डारीले सम्बोधन गर्नुभएको थियो ।

भोजपुर जिल्लाको सदरमुकाम स्थित पानी ट्याङ्कीमा पनि सोही दिन अर्को कोणसभा सम्पन्न गरियो । राजकुमार राईले सञ्चालन गरेको कार्यक्रमलाई मजदुर नेता ईश्वर तिमल्सिनाले सम्बोधन गर्नुभयो ।


चैत्र १६ (आज) भोजपुरमै तीनवटा कोणसभा सम्पन्न हुँदैछ । भोजपुर नगरपालिकाको सातघरे बजारको कोणसभा अभियान टोली प्रमुख रामसिंह श्रीस र महिला नेतृको सम्बोधन र राजकुमार राईको सञ्चालनमा सम्पन्न हुँदैछ भने चारभञ्ज्याङको कोणसभा नेता चन्द्रहरि सुवेदीको सम्बोधन र दोची शेर्पाको सञ्चालनमा सम्पन्न हुनेछ । त्यसैगरी च्याङमिजी चोकको कोणसभालाई सम्बोधन डिल्लीराम बोहराले र सञ्चालन टेकबहादुर विकले गर्नुहुनेछ ।

अभियानको क्रममा धनकुटा जिल्लामा अवस्थित रहेको शहिदभूमि गाउँपालिकामा खोकुछिन्ताङ हत्याकाण्डका सहिद परिवारसँग गरिएको भेटघाट असाध्यै मर्मस्पर्शी रहेको थियो । खोकुछिन्ताङ हत्याकाण्डाका सहिद धनवीर दर्जीका छोरा सोमबहादुर दर्जीसँग भेटघाट, कुराकानी भएको थियो । ठाउँ ठाउँमा गरिएका जनभेटघाट, श्रमजीवी जनताका अमूल्य सुझाब, वाल पेन्टिङ, पर्चा वितरण लगायतका गतिविधिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनतासँगको सम्बन्धमा रक्तसञ्चार गराएको अनभूति सँगाल्दै जनसम्बन्ध विस्तार अभियान निरन्तर रुपमा अगाडि बढिरहेको छ ।