राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले लगायो कफ्र्यु , कफ्र्यु लागेसँगै काठमाडौंको सडकमा सेना

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले लगायो कफ्र्यु , कफ्र्यु लागेसँगै काठमाडौंको सडकमा सेना

 

१५ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेनाको टोली काठमाडौंका सडकमा निस्किएको छ । बालकुमारी क्षेत्रमा राजदल गणबाट सहसेनानी सन्दीप गुरुङको कमाण्डमा टोली खटिएको छ भने नर्सिङ दल गणबाट पनि सेनाको एक टोली खटिएको छ । राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको हो ।


तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
प्रशासनले राजावादीहरूलाई कोटेश्वर तिनकुने क्षेत्रमा प्रदर्शन स्थल तोकेको थियो । उनीहरुको प्रदर्शन हिंसात्मक बन्दै जाँदा कोटेश्वर र तिनकुने क्षेत्रका निजीघरहरु र एकीकृत समाजवादीको कार्यालयमा समेत आगजनी गरेका छन् । प्रहरीमाथि हिंसात्मक आक्रमण गरेका छन् ।