क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा सञ्चालित आमूल परिवर्तनको लागि जनसम्बन्ध विस्तार अभियानका कार्यक्रमहरु जो चैत्र ४ गतेदेखि चैत्र १४ गतेसम्म एक नम्बर टोलीको आयोजनामा संचालित पूर्वको एक नम्बर टोली अन्तर्गत पर्ने १३ वटा जिल्लामध्ये पाँचथर, तेह्रथुम, धनकुटा हुँदै भोजपुर जिल्लामा प्रवेश गरेको छ र यस टोलीले अहिलेसम्म भए गरेका कोणसभा जनसभा पर्सा वितरण र जन भेटघाट कार्यक्रमहरू यहाँ निम्नअनुसारउल्लेख गरिएको छ ः
१. पाँचथर
पाँचथर जिल्लाको चियो भन्ज्याङबाट टोलीले उद्घाटन गरेको थियो। त्यस उद्घाटन कार्यक्रममा अध्यक्षता कृष्ण चौलागाईंले गर्नुभएको थियो भने त्यस कार्यक्रमको प्रमुख अतिथि रामसिंह श्रीस रहनुभएको थियो त्यसैगरी अतिथिहरूमा पार्टी पिपीएम चन्द्रहरी सुवेदी कमरेड अटर ईश्वर तिमिल्सिना सारदा महत र केन्द्रीय सदस्यहरू बालकृष्ण सुवेदी पुष्प सुवेदी दोर्जी शेर्पा र जिल्ला सदस्य भागमान भगत रहनुभएको थियो भने शारदा महत, चन्द्रहरी सुवेदी र प्रमुख नेता रामश्री रामसिंह श्रीस ले यस कार्यक्रमको सम्बोधन गर्नुभएको थियो।
त्यसैगरी तेह्रथुमकै जिल्लामा अवस्थित विभिन्न ठाउँहरूमा कोणसभा पर्चा वितरण र वाल पेन्टिङ समेत गरेको यस टोलीले पाँचथरको सदरमुकाम फिदिम बजारमा यही चैत्र २ गते सन्देश सभा पनि गरेको थियो। यस सन्देश सभामा सञ्चालन कृष्ण चौलागाईले गर्नुभएको थियो भने सुरेन्द्र भण्डारीको सम्बोधन थियो।
पाँचथरको कुम्याक गाउँपालिका अन्तर्गतको यासोक बजारमा चैत्र ५ गते ईश्वर तिमिल्सिना र चन्द्रहरी सुवेदीको सम्बोधनमा
कृष्ण चौलागाईंको सञ्चालनमा कोणसभा कार्यक्रम सम्पन्न भएको थियो।
२. तेह्रथुम
एक नम्बर अभियान टोली पाँचथर जिल्लालाई बिदा गर्दै चैत्र ५ गते तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा बास बस्न आइपुग्यो। र भोलिपल्ट बिहान तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा कोणसभा कार्यक्रमको आयोजना गर्यो। उक्त आशय गाउँपालिका संक्रान्ति बजारमा चैत्र ६ गते तारा तुम्बा हाम्फेको सञ्चालनमा दिल्लीराम बोहराको सम्बोधनमा एउटा कोणसभा सम्पन्न गरियो उक्त बजारमा नारा जुलुसहित पर्सा वितरण पनि गरिएको थियो। साथसाथै जन भेटघाट पुराना साथीहरूसँगको पनि भेटघाट भएको थियो। त्यसैगरी तेह्रथुम जिल्लाको सदरमुकाम म्याग्लुङ बजारमा चैत्र ७ गते प्रचारप्रसार नारा जुलुस लगाइयो भने चैत्र ८ गते म्याग्लुङ बजारमा जनसभा कार्यक्रमको आयोजना गरिएको थियो। त्यस जनसभा कार्यक्रममा हाम्रो टोलीको प्रमुख रामश्रीको प्रमुख आतिथ्यतामा शारदा महत चन्द्रहरी सुवेदी ले सम्बोधन गर्नुभएको थियो भने जनसभाको सञ्चालन १५ नम्बर पार्टी ब्युरो सचिव दिल्लीराम बोहोराले गर्नुभएको थियो। र त्यस जनसभाको सभाध्यक्षता तेह्रथुम जिल्ला तारा तुम्बा हाम्फेले गर्नुभएको थियो। थियो भने उक्त कार्यक्रम उक्त कार्यक्रमको स्वागत मन्तव्य पार्टीसियम बालकृष्ण सुवेदीले गर्नुभएको थियो।
त्यसैगरी तेह्रथुम जिल्लाको लालीगुराँस गाउँपालिका बसन्तपुर बजारमा चैत्र ९ गते युवाको केन्द्रीय सहसयोजक दोर्जी शेर्पा दिल्लीराम बोहरा ले कोणसभालाई सम्बोधन गर्नुभयो भने उक्त कार्यक्रमको सञ्चालन अनु निरौलाले गर्नुभएको थियो। त्यसैगरी तेह्रथुम जिल्लालाई बिदा गर्दै यस टोली धनकुटा जिल्ला प्रवेश गरेको छ।
३.धनकुटा
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा चैत्र १० गते बालकृष्ण सुवेदी डिल्लीराम बोहराको सम्बोधनमा गर्नुभएको उक्त कोणसभा कार्यक्रम सम्पन्न भयो। सोही गाउँपालिका अन्तर्गत मा रहेको जोरपाटी बजारमा सोही दिन सुरेन्द्र भण्डारीको सञ्चालनमा कोण सभा सम्पन्न भएको थियो। त्यसैगरी धनकुटा जिल्लाको सदरमुकामको मदनचोकमा चैत्र ११ गते शारदा महत्व रामश्रीको सम्बोधन रहेको थियो भने उक्त कार्यक्रमको धनकुटा जिल्ला सेक्रेटरी कमरेड गोपाल बिकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। त्यसैगरी धनकोटा जिल्ला हिले बजारमा चैत्र १२ गते दिल्लीराम बोहोराको सम्बोधनमा धनकुटा जिल्ला सदस्य सञ्चालन रहेको थियो त्यसैगरी धनकुटा जिल्लाकै बजारमा चैत्र १३ गते कमरेड अटलको सम्बोधनमा कमरेड डिल्लीराम बोहराको सञ्चालन रहेको कोणसभा सम्पन्न भएको थियो। त्यसैगरी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका लेगुवा बजारमा चैत्र १४ गते भएको कोणसभा मा डिल्लीराम बोहरा र सञ्चालन टेकबहादुर बिक्कले गर्नुभएको थियो। र सोही दिन भोजपुर जिल्ला एक नम्बर टोली प्रस्थान गरेको थियो। उक्त टोलीले सोही दिन विभिन्न ठाउँमा कार्यक्रम गर्दै टोली अगाडि बढ्यो ।
४ भोजपुर
भोजपुर जिल्ला प्रवेशसँगै चैत्र १४ गते अरुण गाउँपालिकाको प्याउली बजारमा सुरेन्द्र भण्डारीको सम्बोधनमा जिल्ला कार्यवाहक सिग्रेटरी राजकुमार राईको सञ्चालनमा कोणसभा सम्पन्न भएको थियो। सोही दिन भोजपुर जिल्लाकै पौवादुमा गाउँपालिका च्याङ्रेको तिवारी भन्ज्याङमा भएको पूर्णसभाको सम्बोधन दिल्लीराम बोहराले गर्नुभएको थियो। भने उक्त सभाको सञ्चालन बालकृष्ण सुवेदीले गर्नुभएको थियो। आज सोही जिल्ला भोजपुर नगरपालिकाको श्यामशिला बजारमा कोणसभा सम्पन्न भएको छ। उक्त कोणसभाको सञ्चालन सुरेन्द्र भण्डारी र सम्वोधन राजकुमार राईले गर्नुभएको थियो
अर्को भोजपुर जिल्लाको सदरमुकाम स्थित पानी ट्याङ्कीमा कोणसभा सम्पन्न भएको छ। जसको सञ्चालन राजकुमार राई र वक्ता ईश्वर तिमल्सिना हुनुहनथ्यो ।
अभियानकै क्रममा धनकुटा जिल्लामा अवस्थित रहेको शहिदभूमि गाउँपालिकामा सहिद भएका परिवारसँगको भेटघाट असाध्यै मर्माहित र यस टोलीको महत्वपूर्ण काम रहेको थियो । सोही भेटघाटमा सहिद धनवीर दर्जी का छोरा सोमबहादुर दर्जी सँग कुराकानी भएको थियो । यसरी
पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुर जिल्ला गरी पाँच हजार पर्चा वितरण भएको छ र त्यसरी नै व्यापक रुपमा भित्ते लेखन पनि भएको छ।