रुपन्देही ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीले कञ्चन गाउँपालिकाको हरैया बजारमा पार्टीका पिविएम तथा ५ नं व्यूरो इन्चार्ज प्रेम सुवेदीले उद्घाटन गरेर शुरु भएको अभियान सोही गाउँ पालिकाको गरगरे, थकालीचोक हुँदै गजेडिको बेलभरिया, शान्तिनगर, गजेडि बजार लगायतका चोकहरुमा कोणसभाहरु सम्पन्न गरेको छ ।
सैनामैना नगरपालिकाको सालझण्डि बजार, बाँसगढी बजार, रमापुर कोलनी चोकमा कोण सभाहरु सम्पन्न भएका छन् । सैनामैना नगर पालिकाको सालझण्डीमा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेलले कोणसभालाई सम्बोधन गर्नु भएको थियो । बाँसगढी बजारमा ५ नं व्यूरो इन्चार्ज प्रेम सुवेदी र सैनामैना नगर इन्चार्ज एकदेव दगासे पौडेलले कोणसभालाई सम्बोधन गर्नु भएको थियो । सैनामैना नगरपालिकाको रमापुर कोलनी चोकमा पार्टीका पिविएम तथा पुर्व रुपन्देही सचिव दिपक पौडेल र सैनामैना नगर इन्चार्ज एकदेव दगासे पौडेलले कोणसभालाई सम्बोधन गर्नु भएको हो । यसका साथै जिल्लाका विभिन्न स्थानमा नागरिक समाजका व्यक्ति तथा समुदायहरुमा घरदैलो भेटघाटलाई तीव्र पारेको छ ।