जनसम्बन्ध विस्तार अभियान अपडेट : आज भोजपुरमा दुईवटा कोणसभा सम्पन्न

जनसम्बन्ध विस्तार अभियान अपडेट : आज भोजपुरमा दुईवटा कोणसभा सम्पन्न

भोजपुर । भोजपुर जिल्लाको भोजपुर नगरपालिकाको श्यामशिला बजार र पानी ट्याङ्कीमामा कोणसभा सम्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. अभियान टोलीले आज विहान दुईवटा कोणसभा सम्पन्न गरेको हो ।
श्यामशिला बजारमा सम्पन्न भएको कोणसभालाई पार्टी पीवीएम सुरेन्द्र भण्डारीले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव राजकुमार राईले गर्नुभएको थियो ।


त्यसैगरी भोजपुर जिल्लाको सदरमुकाम स्थित पानी ट्याङ्कीमा सम्पन्न कोणसभालाई क्रान्तिकारी मजदुर महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले सम्बोधन गर्नुभएको थियो । यहाँको कोणसभाको सञ्चालन पनि पार्टीका भोजपुर जिल्ला सचिव राजकुमार राईले गर्नुभएको थियो ।