चैत्र १४,जन सम्बन्ध विस्तार अभियानको एघारौं दिनको विस्तृत विवरण

चैत्र १४,जन सम्बन्ध विस्तार अभियानको एघारौं दिनको विस्तृत विवरण

 

 

१४ चैत्र काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रीय  ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका जनस्तरका कार्यक्रम प्रभावकारी रुपले सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको जानकारी प्राप्त भएको छ ।

यो रिपार्ट टोली न ं१ बाट अनु निरौला र रामसिं श्रीष, टोली नं २ बाट अप्सरा निरौला र शोभा विश्वकर्मा , टोली नं ३ बाट जितामित्र सुनार र टोली नं ४ बाट धनेश्वर, विम्व अनलाइन र सुदृष्टिमार्फतको जानकारीको आधारमा तयार गरिएको हो ।

टोली एक

जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय ४ टोली मध्ये नेपाल –भारत सिमाना पाँचथरको चियोभन्ज्याङबाट अगाडि बढेको यो अभियान टोली धनकुटाको महालक्ष्मी गाउंपालिकाको लेगुवामा कार्यक्रम सम्पन्न गरी अरुण नदी तरेर दिउँसो भोजपुर जिल्ला प्रवेश गरेको छ । महालक्ष्मी नगरपालिका अन्तर्गत लेगुवा बजारमा नारा जुलुस सहित कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमको सञ्चालन एकीकृत दलित मुक्तिमोर्चा नेपालका संयोजक टेकबहादुर विश्वकर्माले गर्नु भएको थियो । वक्ताहरुमा ब्युरो नं. १५ का सचिव क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका डिल्लीराम बोहोरा हुनुहुन्थ्यो ।

धनकुटा जिल्लामा छवटा कोणसभा सम्पन्न गरेर एक नम्बर अभियान टोली भोजपुर जिल्लामा प्रवेश गरेको हो । टोलीले विभिन्न ठाउँमा कोणसभा, भित्तेलेखन पर्चा वितरण र व्यापक प्रचारप्रसार गरेको छ । भोजपुर जिल्लाको अरुण गाउँपालिका ३ प्याउली बजार भोजपुरमा भएको कोणसभा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भोजपुर जिल्ला कमिटीका कार्यवाहक सचिव राजकुमार राईको सञ्चालनमा रहेको थियो ।

उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट  पार्टी नेपालका पोलिटब्युरो सदस्य सुरेन्द्र भण्डारीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य तथा ब्यूरो नम्बर १५ का सचिव डिल्ली बोहोराले सम्बोधन गर्नुभएको थियो । धनकुटा जिल्लामा एक र भोजपुर जिल्लामा दुई गरी जम्मा तीनवटा कोण सभा कार्यक्रमहरु सम्पन्न गरिएका छन् । व्यापकरुपमा चर्चा वितरण, नारा जुलुस र भित्तेलेखन गरिएका छन् । त्यसपछि टोली भोजपुर जिल्लाको पौवा ढुङ्गा गाउँपालिका वडा नं २ स्थित तिवारी भन्ज्याङ स्थित जनताको घरदैलोमा बास बस्दै भोलि बिहान भोजपुर बजारमा कार्यक्रम आयोजना गर्ने योजना रहेको उक्त पार्टीका टोली प्रमुख रामसिंह श्रीष र टोली सदस्य अनुले जानकारी दिनु भएको छ ।

धनकुटा जिल्ला स्थित लेकुवामा १४ गते बिहान नारा जुलुस र कोण सभा सम्पन्न गर्दै अभियान टोली भोजपुर जिल्लाको तिवारी भन्ज्याङ आइपुगेको हो । क्रान्तिकारी कम्युनिस्ट  पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीषको नेतृत्वमा रहेको अभियान टोली पाँच दिनसम्म भोजपुर जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जाने जानकारी दिइएको छ ।

भोजपुर जिल्लामा केन्द्रीय अभियान टोली पाँच दिनसम्म रहने र  पाँच दिनसम्म जिल्ला पार्टीले विभिन्न स्थानमा विविध प्रकारका कार्यक्रमहरु आयोजना गरेको छ । केन्द्रीय टोलीसँग जिल्लाको टोली एकाकार गरी कार्यक्रममा सहभागी रहने क्रान्तिकारी कम्युनिस्ट  पार्टी नेपाल भोजपुर जिल्ला पार्टीले बताएको छ ।

टोली दुई

जन सम्बन्ध विस्तार अभियानको ४ नं.केन्द्रीय टोली भारतको सिमाना झापाको काँकडभिट्टाबाट अगाडि बढदै अहिले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाको झुम्का बजारमा विहानमा कार्यक्रम सम्पन्न गरी सदरमुकाम इनरुवा पुगेको छ । अभियानटोलीले एघारौं दिन अर्थात चैत्र १४ गते सुनसरी जिल्ला इटहरी १४गते बिहान स्थानीय महिलाहरुसँग भेटघाट एवम् छलफल गरेको छ । छलफलमा महिला आन्दोलन लैङ्गिक विभेद लगायत पार्टीको महिला आन्दोलनप्रति आगामी कार्ययोजनाबारे अभियान टोलीले छलफल गर्यो । सुनसरी रामधुनी नगरपालिका, वडा नम्बर ५ झुम्कामा कोणसभा ग¥यो । सभाको संचालन रानधुनी नगरपालिकाका इन्चार्ज सुर्य गिरिले गर्नुभएको थियोे । अभियानबारे क्षेत्रबहादुर थापाले र स्थानीय बिषय बस्तुबारे सुनसरी जिल्ला सचिब पारस लिम्बुले मन्तव्य राख्नुभयो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभयो । सुनसरी जिल्ला रामधुनी ४ नम्बर वडाको लालपुरमा कोणसभा भयो । सुर्य गिरिले सभाको संचालन गर्नुभयो । अभियानबारे बाबुराम सुवेदीले मन्तव्य राख्नुभएको थियो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।

सुनसरी झुम्काको चतरा बसपार्कमा कोणसभा भयो । सभाको संचालन सुर्य गिरिले गर्नुभएको हो । सभामा अभियानबारे सुनसरी जिल्ला कमिटीको सदस्य पदम तामाङले मन्तव्य राख्नुभएको थियोे । सुनसरी जिल्ला इनरुवा ३ नम्बर वडामा कोणसभा सम्पन्न भयो । सभाको संचालन निरु पोखरेलले गर्नुभयो । सभामा अभियानबारे मजदुर नेता तथा पार्टीको केन्द्रिय सदस्य रंगवीर दोङले स्पष्ट गर्नुभयो । इनरुवा ३ को मालपोत रोडमा कोणसभा सम्पन्न भयो । सभाको संचालन कृष्ण देव सिंह दनुवारले गर्नुभएको थियो । सभाको सम्बोधन पार्टीको स्थायी सदस्य एवम् अभियान टोली नेता प्रतीकले राख्नुभयो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभयो । इनरुवाको मुख्य बजार इनरुवा चोकमा कोणसभा सम्पन्न भयो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभयो । सभालाई सम्बोधन क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक अम्बिका रेग्मीले गर्नुभयो । अर्को वक्ता पार्टीका पिविएम कृष्ण देव सिंह दनुवारले अभियानबारे मैथिली भाषामा मन्तव्य राख्नुभएको थियो । अखिल नेपाल जनसाँँस्कृतिक महासंघका सचिवालय सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले साँस्कृतिक प्रस्तुति राख्नुभयो भयो ।

इनरुवा बसपार्क चोकमा कोणसभा सम्पन्न गरियो । सभाको सञ्चालन अम्बिका रेग्मीले गर्नुभएको थियो । सभाको सम्बोधन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य शोभा सेन्चुरीले गर्नुभयो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालिका ६ मा कोणसभा सम्पन्न गरिएको छ । सभाको संचालन रंगवीर दोङ्ले गर्नुभयो भने  सभालाई  सम्बोधन कृष्ण देव सिंह दनुवारले गर्नुभएको थियो । सास्कृतिक प्रस्तुति नारायण शर्माले दिनुभयो । त्यसैगरी सुनसरी जिल्ला इनरुवा महेन्द्रचोकमा कोणसभा सम्पन्न गरियो  । सभाको संचालन किसान नेता बाबुराम सुवेदीले गर्नुभयो भने सभालाई सम्बोधन क्षेत्रबहादुर थापाले गर्नु भयो ।

 

टोली तीन

जन सम्बन्ध विस्तार अभियानको केन्द्रीय टोलीहरुमध्ये यो टोली भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट अगाडि बढदै चैत्र १४ मा बर्दियाको भुरी गाउँ, मधुवन ,सानोसिढीतारा तालमा कार्यक्रम गर्दै आज सदरमुकाम गुलरियामा बास बसेको छ । चैत्र १४ गतेविहानको अभियान टोली डल्ला गाँउबाट हिडेपछि ठाकुरद्वारा बजार , वकुवा वजारमा प्रचार वितरण गर्नुका साथै आम्वासा भवानी फाँटमा रहेको भूमिहीन वस्तीमा अभियान टोली पुगेको थियो। उक्त स्थानमा एक सय ९४ घर कुरिया भूमिहीन वसेको डिल्ली चौधरीले वताउनुभयो। उक्त स्थानमा अभियान टोलीले प्रत्येक घरमा भेटघाट र प्रचार वितरण गरेको थियो।ठाकुरबाबा नपा–१ भुरिगाँउमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अभियान टोली प्रमुख तथा स्थायी समिति सदस्य कृष्ण पौडेलले सम्बोधन गर्नु भएको थियो । उहाँले नेकपा नेता विप्लवको संवैधानिक राजतन्त्र र गणतन्त्रबारे जनमत संग्रह गर्ने विचारलाई अपरिपक्व विचार हो भन्नु भयो र नेपालको संविधानले संवैधानिक राजतन्त्रलाई नचिन्ने कुरा राख्नु भयो । सञ्चालन अभियान टोली सदस्य दिलबहादुर कठायतले गर्नु भएको थियो । ठाकुरबाबा नपा–३ बगनाहा ( वरपिपल चौतारी)मा कोणसभा सम्पन्न भएको छ ।  कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो भने सञ्चालन अभियान टोली सदस्य नारायण योगीले गर्नु भएको थियो । ढोढरी–३– माचड चोकमा पर्चा वितरण गरियो । मधुवन नगरपालिका –८ को कुसुबा बजारमा कोणसभा भयो । अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो ।  वजार क्षेत्रमा वाल पेन्टिङ गर्नुका साथै व्यापक पर्चा वितरण पनि गरिएको थियो । अभियान टोली गुलरिया नगरपालिका–१, १४ नम्बर टोलमा किसानहरुको विचमा विकेन्द्रित भएर बसेको छ ।

टोली चार

जन सम्बन्ध विस्तार अभियानको ४ नं. केन्द्रीय टोली नेपाल भारतको सिमाना वैतडीको झुलाघाटबाट झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढदै अहिले यो टोलीले बिहानमा भित्ते लेखन गरेको थियो । टोलीले दैलेखको आठबिस नगरपालिकाको राकमबजारमा कोणसभा सम्पन्न ग¥यो । कोण सभालाई पार्टीका जिल्ला सचिव ललित सुनारले सञ्चालन गर्नु भयो र अभियान टोली नेता तथा पार्टीका स्थायी समिति सदस्य सुदर्शन र पार्टीका वैकल्पिक पिविएम तथा ३ नं व्यूरो सचिव दीपक शाही प्रकाश उर्जाले सम्बोधन गर्नु भयो । टोलीले ठाँटीकाध गाउपालिकाको मुकाम ठाँटीकाध बजारमा कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई पार्टीका जिल्ला सचिव ललित सुनारले सञ्चालन गर्नु भयो र अभियान टोली नेता तथा पार्टीका स्थायी समिति सदस्य सुदर्शन र पार्टीका वैकल्पिक पिविएम तथा ३ नं व्यूरो सचिव दीपक शाही प्रकाश उर्जाले सम्बोधन गर्नु भयो अभियान टोलीले भित्तेलेखन गरेको छ । अभियान टोलीले दैलेखको आठबीस न.पा. वडा न. ११ मा विद्यार्थीहरु सित छलफल गरेर सदस्यता वितरण गरेको छ ।