चैत्र १३ बर्दिया ।
स्थाई समिति सदस्य कमरेड कृष्ण पौडेलले नेतृत्व गरेको जनसम्बन्ध विस्तार अभियान टोली बर्दिया जिल्लामा प्रवेश गरेको छ । वर्दिया जिल्लामा पार्टीका केन्द्रिय सदस्यहरु कमरेड कमलराज रोकाय (विपिन), गुणनिधि आचार्य, केन्द्रीय सल्लाहकार सदस्य कमरेड खडकबहादुर मल्ल र जिल्ला सचिव कमरेड विनय राना लगाएत जिल्लाका कमरेडहरुले अभियान टोलीलाई पुष्पगुच्छा र अविर माल्यार्पण गरेर स्वागत गर्नुभएको थियो। कैलालीबाट अभियान टोली प्रस्थान गर्दा पनि कैलाली जिल्ला पार्टीले अबिर माल्यार्पण गरेर बिदाई गरेको थियो ।
राजापुरी नगरपालिका को शान्तिपुरमा पार्टीका केन्द्रिय सल्लाहकार सदस्य कमरेड खड्कबहादुर मल्लको घरमा अभियान टोलीले खाना खाएको थियो। खाना पछि अभियान टोलीले राजापुरी बजारको मेन चोकमा कोणसभा सम्पन्न गरेको थियो। कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड सिपि शर्माले सम्बोधन गर्नु भएको थियो। सञ्चालन अभियान टोली सदस्य तथा वर्दिया जिल्ला ईन्चार्ज कमरेड दिलबहादुर कठायतले गर्नु भएको थियो। अभियान टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक थारु जनगायक नारायण योगीले ’अक्टोबर क्रान्ति को गित गाउ है’ भन्ने बोलको गित गाउनु भएको थियो ।
गेरुवा गाँउपालिका –३, बर्दिया शान्तिबजार चोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा पार्टीका वैकल्पीक केन्द्रीय सदस्य टंक प्रसाद कोइरालाले सम्बोधन गर्नु भएको थियो। सञ्चालन केन्द्रीय सदस्य कमरेड कमलराज रोकायले गर्नु भएको थियो ।
राजापुरी नपा–२ नयाँगाउँ को बालाबजार, बर्दियामा कोणसभा सम्पन्न भएको छ। अभियान टोली सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक कमरेड नारायण योगीले थारु भाषामा मन्तब्य राख्नुभएको थियो। सञ्चालन कमरेड वर्दिया जिल्लाका कार्यवाहक सचिव विनय रानाले गर्नु भएको थियो ।
राजापुरी नगरपालिका वार्ड नं.–६ टपराबजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई अभियान टोली सदस्य तथा १ नम्बर व्यूरो ईन्चार्ज कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो। सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो ।
मधुवन नगरपालिका –२ को ओराली बजारको कोणसभालाई अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो । सञ्चालन अभियान टोली सदस्य जितामित्र सुनारले गर्नु भएको थियो। कोणसभा समापन पछि मधुवन नगरपालिका–१ को डल्ला गाँउमा शहिद परिवार , तथा घाइते वेपत्ता र अपाङ्ग परिवारसँग भेटघाट अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेल, पिविएम कमरेड सिपि शर्मा र पिविएम कमरेड अञ्जना मुडभरी छलफलमा सहभागी हुनुभएको थियो। शहीद परिवार , घाइते वेपत्ता र अपाङ्ग परिवारले आफुलाई लागेको कुराहरू राख्नु भएको थियो। छलफलमा उठेका प्रश्नहरुको जवाफ तिनै जना कमरेडहरुले पालैपालो दिनु भएको थियो। साविक सुर्रेपटुवा गाविसमा मात्र शहिद तीन जना, वेपत्ता १८ जना र अपाङ्ग र घाइते आँठ जना रहेको छ ।