चैत्र – १३,काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा आफनो कामलाई आज पनि निरन्तरता दिएका छन् । यसरी आज दश दिनसम्म प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै टोलीहरु निरन्तर अगाडि बढिरहेका छन ।
टोली नम्बर १ ः
पूर्वमा भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो अभियान टोलीले पाँचथर , तेह्रथुम हुँदै धनकुटाको सदरमुकाम, धनकुटाको छिन्ताङ, खोकु हुँदै आज विहानमा धनकुटाको पाख्रीवासमा जुलुस ,कोण सभा र वालपेन्टिङ गरेको छ । कोण सभालाई पार्टीका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी अटलले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन ब्युरो सेक्रेटरी डिल्ली बोहोराले गर्नु भएकोथियो । आज टोली दिउँसो धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका लेगुवा तर्फ प्रस्थान गर्दैछ ।
टोली नम्बर २ ः
भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज सुनसरी जिल्लाको गाडी गाउँपालिका मजेनी पुगेकोछ । यो टोली भोलि सम्म सुनसरीका विभिन्न ठाउँमा कोणसभा ,भित्तेलेखन , पर्चा वितरण लगायतका कार्यक्रम गर्ने छ ।
टोली नम्बर ३ः
पश्चिममा भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १३ मा कैलालीको टिकापुरबाट कर्णाली तरेर बर्दियाको राजापुर नगरपालिकामा कार्यक्रम गर्दै छ ।
टोली नम्बर ४ः
बैतडीको झुलाघाटबाट ४ गतदेखि अगाडि बढेको यो टोलीले आज विहानमा अछामको कमल बजार र बिनायकमा कोण सभा गर्दै छ । यो टोली आज कर्णाली तरेर दैलेखको राकम पुग्दै छ । राकममा यस टोलीलाई ३ नम्बर ब्युरो सेक्रेटरी दिपक शाही लगायतको टोलीले स्वागत गर्दैछ ।






























