धनकुटा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रबाट गठित चारवटा अभियान टोलीमध्ये पार्टी स्थायी समिति नेतृत्वको १ नं. अभियान टोलीले आज धनकुटाको पाख्रिबासमा कोणसभा सकेर भोजपुर जिल्ला प्रवेश गर्दैछ । धनकुटाको पाख्रिबासमा सम्पन्न कोणसभालाई पार्टीका पोलिटब्यूरो सदस्य चन्द्रहरि सुवेदीले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन पार्टीका १५ नंं ब्यूरोका सचिव डिल्लीराम बोहराले सम्बोधन गर्नुभएको थियो ।

नेपाल–भारत सिमाना पाँचथरको चियोभञ्ज्याङबाट सुरु गरेको जनसम्बन्ध विस्तार अभियान अन्तर्गत यो टोलीले पाँचथर, तेह्रथुम, धनकुटा जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिसकेको छ । यो अभियान टोलीले जनसम्बन्ध विस्तार अभियानको क्रममा कोणसभा, जनसभा, जनभेटघाट, सहिद परिवारहरुसँगको भेटघाट, अन्तरक्रिया, पर्चा वितरण, नाराजुलुस र वालपेन्टिङ लगायतका कार्यक्रममार्फत् जनवाद–वैज्ञानिक समाजवादको पक्षमा व्यापक प्रचार प्रसार गरेको छ ।
































