दरबारीयाहरुको भ्रामक प्रचारबाजीलाई पूर्णतः खारेज गर्दै मोहन वैद्य किरणद्वारा भ्रममा नपर्न सबैलाई विशेष आग्रह

दरबारीयाहरुको भ्रामक प्रचारबाजीलाई पूर्णतः खारेज गर्दै मोहन वैद्य किरणद्वारा भ्रममा नपर्न सबैलाई विशेष आग्रह

‘इतिहास सधैं अगाडि बढ्छ, कहिल्यै पछाडि फर्किंदैन, वर्तमान संकटको विकल्प संघीय जनगणतन्त्रको स्थापना हो’

काठमाडौं । पाँचवर्ष अघि कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारेमा बोलेको विषयलाई बङ्ग्याई केही दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्यले वर्तमान परिस्थितिमा राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यकता औल्याएका छन् भनी गरिएको गलत प्रचारबाजीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले पूर्णतः खारेज गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्रतिगामीहरुको यस प्रकारको निकृष्ट कदमको म विरोध गर्दछु । वर्तमान सङ्कटको विकल्प प्रतिगमन होइन, अग्रगमन हो; राजतन्त्र होइन, लोकतान्त्रिक गणतन्त्रमा सुधार पनि होइन; आमूल परिवर्तन अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना हो ।”

उहाँले आज जारी गरेको वक्तव्यमा भन्नुभएको छ, “नेपाली जनतालाई प्रतिगामी शक्तिहरुले भ्रमित गर्न कोशिस गरिरहेको बेला आजभन्दा करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे मैले बोलेको विषयलाई बङ्ग्याई केही दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्यले वर्तमान परिस्थितिमा राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यकता औल्याएका छन् भनी गरिएको गलत प्रचारबाजी प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवाद प्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो । म यसलाई पूर्णतः खारेज गर्दछु र यस प्रकारका गलत प्रचारबाजीका भ्रममा नपर्न सम्बन्धित सबैलाई विशेष आग्रह गर्दछु ।”

वक्तव्यमा भनिएको छ, “नेपालको प्रतिक्रियावादी सत्ता, संसदीय व्यवस्था र संसदवादी पार्टीहरु असफल भएपछि जनताले त्यसको विकल्प खोजेको आजको स्थितिमा प्रतिगामी शक्तिहरुले राजतन्त्रलाई अगाडि सारेर जनतालाई दिग्भ्रमित गर्न कोशिस गरिरहेका छन् । यस स्थितिमा म के स्पष्ट गर्न चाहन्छु भने इतिहास सधैं अगाडि बढ्छ, कहिल्यै पछाडि फर्किंदैन । प्रतिगामीहरुको यस प्रकारको निकृष्ट कदमको म विरोध गर्दछु । वर्तमान सङ्कटको विकल्प प्रतिगमन होइन, अग्रगमन हो; राजतन्त्र होइन, लोकतान्त्रिक गणतन्त्रमा सुधार पनि होइन; आमूल परिवर्तन अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना हो ।

नेपाली जनतालाई प्रतिगामी शक्तिहरुले भ्रमित गर्न कोशिस गरिरहेको बेला आजभन्दा करिब पाँच वर्ष अगाडि एउटा अलग सन्दर्भमा कम्बोडियाका राजा सिंहानुकको प्रसङ्ग जोडेर राजतन्त्रका बारे मैले बोलेको विषयलाई बङ्ग्याई केही दरवारीया सञ्चार माध्यमद्वारा मोहन वैद्यले वर्तमान परिस्थितिमा राजसंस्था पुनस्र्थापना गर्नुपर्ने आवश्यकता औल्याएका छन् भनी गरिएको गलत प्रचारबाजी प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । यो नयाँ जनवादी गणतन्त्रको खुडकिलो पार गरी वैज्ञानिक समाजवाद तथा साम्यवाद प्रतिको मेरो अटुट आस्था, विश्वास र त्यसका लागि मैले जीवनभर गर्दै आएको सङ्घर्ष प्रतिको आक्रमण मात्र होइन, राजनीतिक बेइमानी समेत हो । म यसलाई पूर्णतः खारेज गर्दछु र यस प्रकारका गलत प्रचारबाजीका भ्रममा नपर्न सम्बन्धित सबैलाई विशेष आग्रह गर्दछु ।”

Press Statement-2 (1)