नेपालमा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक छ–सुदर्शन,जनसम्बन्ध विस्तार अभियानमा बैतडिका २ स्थानमा सभा

नेपालमा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक छ–सुदर्शन,जनसम्बन्ध विस्तार अभियानमा बैतडिका २ स्थानमा सभा

 

काठमाडौँ ÷ क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपाली जनताका समस्याहरुप्रति सरकार मुखदर्शक भएर वसेको र यो शासन व्यवस्था जनताको शासन व्यवस्था नभएकोले यसको बदलामा जनवाद–बैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।
पार्टी केन्द्रले आयोजना गरेको ‘जनसम्बन्ध विस्तार’ अभियानको दोस्रो दिन आज बैतडिको झुलाघाटमा आयोजीत कार्यक्रममा आयोजीत कोणसभामा बोल्दै सुदर्शनले भने ‘आज नेपाली भुभाग कालापानीमा सेना बसेको छ तर सरकार मौन छ । आज नेपाली बजारमा विदेशी सामानको रजगज छ,तर सरकार उदासीन छ,त्यसकारण जनताको व्यवस्था स्थापनागर्नको लागि हामीले कम्युनिस्ट आन्दोलनको धारलाई अगाडि बढाईरहेका छौ ।’
नेपाली अनुहारका विदेशीदलालहरुले देशलाई कङकाल बनाउदै गईरहेकोले आजको अवस्था जनवाद–बैज्ञानिक समाजवाद उत्तम विकल्प भएको सुदर्शनको भनाई छ । आज बिहान सुरनैयामा आयोजना गरिएको कार्यक्रममा अभियान टोलीका सदस्य, केशबहादुर गुरुङ,लालबहादुर जाग्री लगायतको सहभागीता रहेको थियो । विहान सुरनैयामा सभा गरेको अभियान टोलीले अपरान्ह सतबाझमा कोणसभा गरेको छ ।