डडेल्धुरा।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको आजको कार्यक्रम अन्तगत डडेल्धुराको चिपुरमा रहेको जयराज भट्ट विनयको शालीकमा श्रध्दाञ्जली गर्नुको साथै उहाकी जिवन सँगेनी नन्द भट्ट र शहिद गौतम वोहरका आमा लाई टोली नेता हेमन्त प्रकाश ओली सुर्दशनले दोसल्ला ओडाएर पार्टीका तर्फवाट सम्मान प्रकट गरेका छन।
डडेल्धुरा जिल्लाको अजयमेरू गाउँपालीका अन्तरगत वार्ड न. ४ चिपुर वजारमा रहेको शहिद जयराज भट्ट विनय र गौतम वोहराको शालिकमा आज जनसम्वन्ध अभियान विस्तार टोली न. ४ का टोली नेता तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, नन्द भट्ट पिविएमहरु लालवहादुर जाग्री केवि गुरूंङ धनेश्वर पोखरेल टोलीका सदस्यहरु दिनेश थापा डम्वर विष्ट हुकुम खंडका प्रकाश ऐर नरेन्द्र चन्द हरि सुवेदी समेतले फुलगुच्चा चढाएर श्रध्दाञ्जली अर्पण गरेका थिए।
शहिद प्रति श्रध्दाञ्जली व्यक्त गर्दै नेता ओलीके भन्ने सुदूर पश्चिमको भुमी भन्ने विरयोध्दाहरु जनमाउने भुमी भएकोले यस भुमिमा शहिद दशरथ चन्द भिम दत्त पन्त जयराज भट्ट समेतको विर शहिदहरुको जन्म भइ देश जनताका लागी वलिदानी दिएको वताउनु भयो।
क्रायक्रमका अर्को वक्ता पिविएम लालवहादुर जाग्रीले शहिदहरु कुनै पार्टी परिवार विशेषका नभइ देश र जनताका हुने भएकोले जनगणतत्रको लक्ष्य प्राप्त गर्न सञ्चालन गरेको जनयुध्दको क्रममा वझाङको सन्सिउमा तत्कालिन सुरक्षा कर्मी वाट हत्या गरिएका जयराज भट्ट विनयको सपना साकार पार्ने प्रतिवध्दता व्यक्त गर्नुभयो।
अजयमेरूमा सभा सम्पन्न
जनसम्वन्ध विस्तार अभियानको आज तेस्रो दिने डडेल्धुराको अजयमेरुको चमडामा सभा सम्पन्न भएको छ। कार्यक्रममा स्थायी समिति सदस्य तथा ४ न. टोलीका नेता हेमन्त प्रकाश ओली पिविएम लालवहादुर जाग्रीले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा पिविएमहरु केवि गुरुङ धनेश्वर पोखरेलसमेतको टोली सदस्यहहरुको सहभागीता जनउपस्थिति रहेको थियो। कार्यक्रम अध्यक्ष अजयमेरू एरिका नेता प्रकाश ऐर सञ्चालन सिसिएम हरि सुवेदीले गर्नु भएको थियो।कार्यक्रमको पुर्वसध्यामा विधार्थी र किसानका सदस्यताहरु पनि वितरण गरिएको थियो।