संर्घष सहित जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने आरसीपी नेपाल बर्दघाटको उद्घोष

संर्घष सहित जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने आरसीपी नेपाल बर्दघाटको उद्घोष

सेल समितिलाई सक्रिय बनाउदै नगरको बिभिन्न वडाहरुलाई जोडेर संयुक्त वडा भेला गर्ने

नवलपरासी –  क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल बर्दघाट संगठन समितिले जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने भएको छ ।
पार्टीको केन्द्र, ब्युरो र जिल्लाको निर्णयलाई दृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाइने नगर संयोजक राम प्रसाद अर्गेजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर कार्यालयको विहीवार सम्पन्न विस्तारित बैठकले संर्घषको उद्घोष सहितको योजना तय गरेको छ । अभियानमा आधारभुत वर्ग मजदुर, किसान, दलित, महिला र उत्पिडित समुदायको माग सम्बोधन गर्न दबाब सिर्जना गरिने संयोजक अर्गेजाले बताउनुभयो ।

अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै नगरको बिभिन्न वडाहरुलाई जोडेर संयुक्त वडा भेला गर्ने निर्णय भएको उहाँको भनाई छ ।
बैठकले नगर संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने , पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको अर्गेजाको भनाई छ ।

सो अवसरमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीले प्रशिक्षण मन्तब्य राख्नुभएको थियो ।