बिआरआइले नेपाल ल्याण्ड लक देशबाट ल्याण्ड लिङ्कीङ् देश बन्ने छ —चिनियाँ राजदूत चेङ सङ

बिआरआइले नेपाल ल्याण्ड लक देशबाट ल्याण्ड लिङ्कीङ् देश बन्ने छ —चिनियाँ राजदूत चेङ सङ

काठमाडौ । चिनियाँ राजदूत चेङ सङले बिआरआई केवल सडक विस्तार मात्र नभएर आपसी सहयोग , व्यापार ,पूर्वाधार निर्माण, साँस्कृतिक आदान प्रदान पनि हो भनेका छन् । उनले बिआरआईबाट नेपाल ल्याण्ड लक देशबाट ल्याण्ड लिङ्कीङ् देश बन्ने बताए ।
यही चैत्र २ गते बिआरआई (बेल्ट एण्ड रोड इनियसिटिभ) बारे काष्ठमण्डप डाइलग सेरिज वनको दुई दिने कार्यक्रम याक यण्ड यति होटेलमा सुरु भएको छ । कार्यक्रमको शीर्षक राखिएको छ ,“भबिष्यमा नेपाल – चीन सहयोग सम्बन्धमा बिआरआई सम्मेलन । ”
सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिआरआई ले नेपालको विकासमा योगदान पुर्याउने आशा व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले चिनियाँ राष्ट्रपति सि जिन्पीङले नेपाल भ्रमणका बेला राखेको हिमाल वारपार परियोजनालाई कार्यान्वयन गर्नु पर्ने बताए ।
सम्मेलनको पहिलो सेशनमा नेपाल बिज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ दिनेशराज भुजुले बिआरआई ःनयाँ सिल्क मार्गको सामयिक अवधारणा ,व्यापार र सहकार्य विषयमा, चीनका अन्तर्राष्ट्रिय अध्ययन विभाग सहायक डीन प्राध्यापक डाक्टर हुआङ युङ्सङ ले बिआरआई सम्बन्धी समझदारी विषयमा, प्राध्यापक झाङ सुबिन (नेपाल अध्ययन केन्द्रका निर्देशक) ले चिन –नेपाल बि आर आई सहयोग विषयमा प्रस्तुति दिएका थिए ।चीनका लागि नेपालका पूर्व राजदुत टङ्क कार्कीले पनि बोलेका थिए । दोस्रो शेसनमा काठमाडौ स्कूल अफ ल का प्रा डा युवराज संग्रौला ले२०१७ मा सम्पन्न नेपाल चिन बि आर आई सम्झौताका विशेसता बारे प्रस्तुति दिए । चीनका दक्षिण एशिया अध्ययन सँस्थाका निर्देशक प्रा याङ याबो, डा सुर्यराज आचार्य ,पूर्व मुख्य सचिव लिलामणि पौडेल लगायतले विचार राखेका थिए ।
उद्घाटन कार्यक्रमको अध्यक्षता शान्ति , विकास र समाजवादका आधारका अध्यक्ष डा बि के मान सिंहले , सो संस्थाका सदस्य डा शंकर खतिवडाले स्वागत र सन्चालन डा मन्दिरा सिंह श्रेष्ठले गरेका थिए । संस्थाका सहसंस्थापक डा सन्तोष शर्मा पौडेलले कार्यक्रमबारे परिचयात्मक मन्तब्य राखेका थिए ।