काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं.ब्यूरोको आयोजना मा एक दिने प्रशिक्षण कार्यक्रम ललितपुरको कुपन्डोलमा सप्पन्न भएको छ । पार्टी केन्द्रिय सदस्य कृष्णभक्त महर्जनको अध्यक्षता, पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल गौरबको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सिपि गजुरेल गौरवले समसामयिक राजनीति र पार्टीले लिएको राजनीतिक कार्यदिशा ,अन्तर्राष्ट्रिय परिस्थिति बारेमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य ९ नं. ब्यूरो इन्चार्ज दिनेश शर्मा र पोलिटब्यूरो सदस्य ब्यूरो सचिब चिन्ता मणि पौडेलले पार्टीका नीति कार्यक्रम, संगठनात्मक नियमावली, आर्थिक नियमावली, आचार संहिता, पार्टीले तय गरेको जनसम्बन्ध बिस्तार अभियान बारे प्रशिक्षण दिनु भएको थियो । पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला सचिब केदार खतिवडाको सन्चालन, पार्टी केन्द्रिय सदस्य श्याम के सि को स्वागतमा भएको कार्यक्रममा सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।