सिन्धुली जिल्लामा शहीद तथा बेपत्ता परिवारसँग भेटघाट कार्यक्रम सञ्चालन

सिन्धुली जिल्लामा शहीद तथा बेपत्ता परिवारसँग भेटघाट कार्यक्रम सञ्चालन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला समितिको आयोजनामा सिन्धुली जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा फागुन १४–२१सम्म शहीद तथा बेपत्ता परिवारमा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ ।
२०५९साल असोज १६ र २०५९ असोज ५ गते गोपाल बयलकोटीको छोरा ध्रुव बयलकोटी र मोहन श्रेष्ठको बुवा राम बहादुर श्रेष्ठको शहादात भएको थियो । मिती २०८१साल फागुन १९ गते जिल्ला पार्टीको आयोजनामा शहीद परिवार भेटघाट कार्यक्रममा जिल्ला सेक्रेटरी जीवनले शहीद परिवार गोपाल बयलकोटी र मोहन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्दै महान जनयुद्धका अमर शहीदले नेपालमा नयाँ जनबादी क्रान्तिको लागि आफ्नो अमूल्य जीवन त्यागेर शहीद हुनु भयो भन्नु भयो । मूल नेतृत्वले गद्दारी गरेपनि कमरेड किरणबाट पार्टीलाई संशोधनवादी मार्गबाट अलग गरी नेपालमा अलग एक लडाकू क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरी मार्कसवाद–लेनिनवाद–माओवादको आलोकमा जनसंघर्ष, जनप्रतिरोध संघर्ष र सशस्त्र आम जनविद्रोहद्वारा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद निर्माण कार्य गर्ने उद्देश्यले तीनवटा — नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी मशाल र नेपाल कम्युनिस्ट पार्टी बहुमत मिलेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको छ भन्दै यसै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महान अमर शहीदको सपना साकार तुल्याउने कुरा शहीद परिवार बीच भेटघाट कार्यक्रम राखेको बताउनु भयो । भेटघाट कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य अर्जुन थापाले गर्नु भउको थियो ।