सिर्जना र सम्बादकाे नवाैँ शृङ्खला सम्पन्न

सिर्जना र सम्बादकाे नवाैँ शृङ्खला सम्पन्न

'बुद्ध दर्शनमा भौतिकवाद र मार्क्सवादी दर्शन'

काठमाडाैं/१७, फागुन

हरेक महिना हुँदै आएको साहित्यिक/वैचारिक कार्यक्रम सिर्जना र संवादको नवौं शृङ्खला सम्पन्न भएको छ । कुनै पनि सिर्जना र विषयमाथि समीक्षा वा विमर्श गर्दै आएको यस कार्यक्रमको यो शृङ्खलामा बुद्ध दर्शनमा भौतिकवाद र मार्क्सवादी दर्शन‘ माथि शनिवार इच्छुक सास्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा सम्पन्न भएको हो ।

यसै वियषमा गहिरो अध्ययन भएका प्रस्तोताद्वय सिताराम तामाङ र कमल चौधरीले बुद्ध दर्शन र मार्क्सवादी दर्शनमाथि आआफ्नो धारणा राखि सकेपछि सहभागीबाट जिज्ञासासहित धारणा राखिएको थियो ।

बुद्ध दर्शनबारे गहिराे अध्ययन गर्नु भएका प्राज्ञिक व्यक्तित्व सिताराम तामाङले बुद्ध दर्शनका अन्तर्यसहित मार्क्सवादसँग सम्बन्धित पक्षआर्थिक सामाजिकसाँस्कृतिक पक्ष र बुद्ध दर्शन अनुरुप साम्यवादी ढाँचाका बारेमा रोचक ढङ्गले आफ्नो प्रस्तुती राख्नु भएको थियो भने अर्का व्यक्तित्व कमल चौधरीले बुद्ध दर्शननास्तिकआस्तिकभौतिकवाद र उपनिषद्ले निम्त्याएका सामाजिक साँस्कृतिक पाटाहरूका बारेमा आफ्नो प्रस्तुतीलाई केन्द्रित गरेका थिए ।

इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा सम्पन्न विमर्शमा हिरामणि दु:खीमित्रलाल पंज्ञानीडा.नन्दिश अधिकारीइस्मालीसङ्गीत स्रोताउदय देवकोटाविष्णु न्यौपानेसीता शर्मारविन्द्र थिङ तामाङकौशिला गुरुङ लगायत सहभागीहरूद्वारा आआफ्नो धारणासहित छलफललाई विस्तृत बनाउनु भएको थियो ।

हरेक महिनाको तेस्रो शनिबार नियमित हुँदै आएको सिर्जना र संवादको यो शृङ्खला संयोजक गौरी देवकोटाबाट बुद्ध दर्शनमा रहेका केही अस्पष्ट बुझाईहरू राख्दै सञ्चालन सुरु गरिएको थियो भने उक्त कार्यक्रम एक बजे शुरु भएर साढे चार बजेसम्म गहन छलफल गर्दै टुङ्गिएको थियो ।