बर्दीयामा मनाइयो ३०औ जनयुद्ध विदस

बर्दीयामा मनाइयो ३०औ जनयुद्ध विदस

गुलरिया ।
ऐतिहासिक दिन फागुन १ गते बर्दीयाको गुलरियामा ३०औ जनयुद्ध विदस मनाइएको छ । बर्दिया गुलरियाको उधोग बाणिज्य संघको हलमा भएको कार्यक्रम उक्त कार्यक्रको अध्यक्षता बिनय रानाले गर्नु भएको थियो भने स्वागत मन्तब्य बिरेन्द्र शाही अमिटबाट गरिएका थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य प्रेम थापा पिटीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अन्य अतिथिहरुमा जनजाति महासंघका मुक्त थापा, थारुबान मुक्तिमोर्चाका केन्द्रीय सदस्य गोपाल चौधरी, दलित मुक्तिमोर्चा बाट शक्ति र पार्टीका गुलरिया नगर सचिब दिपक बिष्ट हुनुहुन्थ्यो ।
मन्तब्य दिनेहरुमा बिक्रम भण्डारी सर्बहाराले मजदुर आन्दोलन र जनयुद्धका उपलब्धि बिषयहरुमा, प्रेम थापा पि टी ले बिश्व कम्युनिस्ट आन्दोलन र लघुबित्तिय संस्था मिटरब्याजी र भ्रष्ट सहकारी बैंक बाट बित्तिय शोषण भएको र अब छिट्टै अन्त्य हुने बताउनु भयो ।
कार्यक्रम को अन्त्यमा कार्यक्रको अध्यक्षता गर्नु भएका बिनय रानाले जनयुद्धले जनसरकार जनसेना जनकम्युन जनसहकारी जनअदालत नमुना बिध्यालय र अस्पताल खडा गरेर जनबादी सत्ताको अभ्यास गरेको र पछि कथित शान्ति सम्झौताले पार्टी नेतृत्वमा दक्षिणपन्थी बिचलनबाट धोका भएको र अब हुने जन संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेतृत्व गर्ने छ भन्ने कुरा राख्दै समापन गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन हरिले गर्नुभएको थियो ।