काठमाडौं । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नं १ निवासी कृष्णादेवी ओलीको गत माघ २९ गते दुःखद निधन भएकोमा शोक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा कृष्णादेवी ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
१९७६ सालमा जन्मनु भएकी उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य बालकृष्ण ओलीकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका दश छोरा र एक छोरी हुनुहुन्छ ।
पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुःखको यस घडीमा हाम्रो पार्टी आमा कृष्णादेवी ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, मृतक कृष्णादेवी ओलीका छोरी तथा छोराहरु, नाति–नातिना लगायत सम्पूर्ण परिवार, साथीभाइ एवम् शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”