काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सहसंयोजक सन्तबहादुर नेपालीले एकता महाधिवेशनबाट जनताको भरोसायोग्य क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने बताउनु भएको छ ।

उद्घाटन समारोहको अध्यक्षता ग्रहण गर्दै उहाँले भन्नुभयो, “अहिले देश असाध्यै समस्याग्रस्त अवस्थामा छ । दलाल पुँजीवादी व्यवस्था संकटको आवस्थामा रहेको छ । देश असफलतातिर गइरहेको छ । कुनै पनि क्षेत्र आज सन्तोषजनक छैन । आज मजदुर, किसान, व्यापारी, उद्योगी लगायत तमाम उत्पीडित जनताहरु, जनजातिहरु, मधेसीहरु, महिलाहरु सबै आज यो अवस्थामा रहेका छन् । देश कता जाँदै छ भन्ने प्रश्न सबैमा उब्जिएको छ ।

 

यो अवस्थामा आज हामी तीनवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु एक भएर महाधिवेशन गर्दैछौं । सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकठाउँमा आउनु आज देशको आवश्यकता बन्न गएको छ । यो देशमा रहनु भएका कयौं कम्युनिस्ट घटकहरु, व्यक्तित्वहरु सबैलाई हामी एकता प्रक्रियामा जुट्न आव्हान गर्न पनि चाहन्छौं । आगामी दिनमा यो पार्टीले देशको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने छ । यो महाधिवेशनबाट जनताको भरोसायोग्य पार्टी बनाउने छौं ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर