ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला समितिको ऐतिहासिक जिल्ला एकता भेला पार्टीका प्रवक्ता तथा ३ नं. प्रदेश इन्चार्ज सुदर्शनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि सुदर्शनले गर्नुभएको थियो । भेलाको अध्यक्षता पार्टी सचिवालय सदस्य वलिभद्र शर्माले र सञ्चालन ३ पार्टी प्रदेश सलस्य जगदिश्वर महर्जनले गर्नुभएको थियो । जिल्ला भेलामा प्रमुख अतिथि र पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले आसन्न महाधिवेशनका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।
भेलाले पार्टीका केन्द्रिय सचिवालय सदस्य कृण्णभक्त महर्जन कगेन्द्रको संयोजकत्वमा पछि ४ सदस्य थप्ने गरी १९ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसमा जगदीश्वर श्रेष्ठ, बाबुलाल तामाङ, निरन तुलाधर, कुमार, यमप्रसाद, प्रतिभा, रोशन विशंखे, धर्म, राजकुमार देउला, सविन, नगेन्द्र, गणेश धामी, इश्वरी गुरागाई, बलिजंघ, इश्वरसिंह साउद लगायत रहनु भएको छ । भेलाबाट निर्वाचित कमिटिको पहिलो बैठकले जगदिश्वर श्रेष्ठलाई समितिको सचिवमा चयन गरेको छ । बैठकमा आसन्न महाधिवेशनलाई सफल तुल्याउन जिल्लाको तर्फबाट खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गरिएको थियो ।
नव निर्वाचित समितिलाई पार्टीका विशेष अतिथि अटलले सपथ खुवाउनु भएको थियो ।