काठमाडौंको ठाउँ ठाउँमा कोणसभा, एकसाथ एकता महाधिवेशनको प्रचार र उपचुनावको भण्डाफोर (फोटोफिचर)

काठमाडौंको ठाउँ ठाउँमा कोणसभा, एकसाथ एकता महाधिवेशनको प्रचार र उपचुनावको भण्डाफोर (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंको ठाउँ ठाउँमा कोणसभा गरी एकसाथ महाधिवेशनको प्रचार र दलाल पुँजीवादी सत्ताले गर्न लागेको उपचुनावको भण्डाफोर गरेको छ । प्राप्त जानकारी अनुसार काठमाडौंको गौशला, कीर्तिपुर पाँगा लगायतका स्थानमा कोणसभा सम्पन्न गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपा काठमाडौंका जिल्ला तथा स्थानीय नेताहरुले नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न एकता महाधिवेशनको अन्तिम तयारीमा जुटेको जानकारी सार्वजनिक गरे । साथै, उनीहरुले भ्रष्ट दलाल प्रतिक्रियावादी व्यवस्थाले गराउन लागेको उपचुनाव सशक्त रुपमा बहिस्कार गर्न पनि आम जनतालाई आव्हान गरेका थिए ।