काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनसरी जिल्लाकाे अधिवेशन यहि २०८१ आश्वीन ११ र १२ गते ईटहरीकाे गंगा जमसना हाेटलकाे सभाहलमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता पार्टीका सुनसरी जिल्ला संयाेजक कमरेड रविकिरण, सञ्चालन पारस लिम्वु र स्वागत निरु पाेख्रेलले गर्नु भएकाे थियाे । ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारण का साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गरी सुरुभएकाे कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टीका, नेपालका केन्द्रीय कार्यालय सदस्य एवं प्रमुख अतिथि रामसिंह श्रीसले पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएकाे थियाे ।
अधिवेशनमा केन्द्रीय कार्यालय सदस्य एवं १ नम्वर प्रदेश ईन्चार्ज संगम १ नं. प्रदेश संयाेजक सरल, केन्द्रीय सचिवालय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम वाेहाेरा, केन्द्रीय सचिवालय सदस्य एवं माेरङ्ग ईन्चार्ज विद्राेही, ईलाम ईन्चार्ज विधुत र केन्द्रीय सदस्य एवं किसान ईन्चार्ज वलदेवले अधिवेशन सफलतकाे शुभकामना दिनु भयाे । प्रमुख अतिथिले अधिवेशन सफलताकाे शुभकामना दिदै नेपाली जन्ताले क्रान्ति सम्पन्न गर्ने जिम्मा आफ्नाे पार्टीलाई दिएकाे बताउनु भयाे । यस महत्त्वपूर्ण अभिभारा हाम्रो काधमा आएकाे हुनाले यसकामलाई जागरुक भई ईमानदारीपुर्वक पुरा गर्नुपर्ने र क्रान्ति सम्पन्न गर्ने कामलाई पार्टीका कार्यकर्ताले महत्त्वपूर्ण अवसरकाे रुपमा लिन अनुराेध गर्नु भयाे ।
आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौमा एकता महाधिवेशनकाे तयारी गरिएकाे छ ।