राष्ट्रिय एकता महाधिवेशनका लागि कं असिम र क. वसन्तव्दारा माओविचारधारा वा माओवाद सम्बन्धी प्रस्तावित दुई फरक प्रस्तावहरु

राष्ट्रिय एकता महाधिवेशनका लागि कं असिम र क. वसन्तव्दारा माओविचारधारा वा माओवाद सम्बन्धी प्रस्तावित दुई फरक प्रस्तावहरु

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८१ मंसीर १३देखि २३ सम्म काठमान्डौमा हुन गइरहेको राष्ट्रिय एकता महाधिवेशनका लागि खुला बहसमा लैजाने निर्णय गरिएका जनयुद्धको समीक्षा,माओवाद वा माओविचारधारा र संघीयता सम्बन्धी फरक प्रस्तावहरुलाई क्रमसः प्रकाशित गर्दै लैजाने निर्णय बमोजिम महाधिवेशनका लागि कं असिम र क. वसन्तव्दारा माओविचारधारा वा माओवाद सम्वन्धी प्रस्तावित निम्न दुई फरक प्रस्तावहरु यहाँ छलफल र बहसका निम्ति प्रकाशित गरिएको छः सम्पादक)

माओ विचारधारासम्बन्धी प्रस्ताव
क. असीम
हाम्रो पार्टी आरसीपी, नेपालभित्र माओवाद र माओविचारधारा पदावलीबारे बहस चलेको छ । खास गरेर पूर्व नेकपा (क्रान्तिकारी माओवादी) र पूर्व नेकपा (बहुमत) ले माओवाद पदावली प्रयोग गर्दै आएको र पूर्व नेकपा (मशाल)ले माओविचारधारा पदावली प्रयोग गर्दै आएको सन्दर्भमा पार्टी एकीकरणको बेला यो बहसलाई निरन्तरता दिने र आवश्यकतानुसार महाधिवेशनपछि सम्म पनि खुला बहस गरेर टुंग्याउने सहमति भए अनुसार महाधिवेशनको दौरानमा बहस गरी सकेसम्म आरसीपी, नेपालको एकता महाधिवेशन मै समान विचारमा पुग्न प्रयास गर्नु सान्दर्भिक हुनेछ ।
अहिले विश्वका कैयौं देशहरुमा माओवाद र विचारधारा पदावलीको सन्दर्भमा छलफल र बहस भइरहेको छ । हाम्रो देशमा पनि त्यो छलफल र बहस हुनु स्वभाविक छ । यी दुई पदावलीको सन्दर्भमा बहस हुनुको खास कारण माओको योगदानलाई कुन रुपमा अभिव्यक्त गर्ने ? भन्ने हो । चिनियाँ कम्युनिस्ट पार्टीले स्वयं माओकै पालामा यो विषयमा छलफल गरेको पाइन्छ । लिन प्याओले माओको योगदानलाई माओवाद भन्नुपर्छ भन्ने प्रस्ताव राखेका थिए । त्यसलाई चिनियाँ कम्युनिस्ट पार्टीले अस्वीकार गरेको थियो । माओविचारधारा उपयुक्त पदावली हो, त्यसबाट नै माओको योगदानको उचित मूल्यांकन हुने कुरा बताएको थियो । सन् १९८८ ताक पेरु कम्युनिस्ट पार्टीका नेता अविभायल गुजमान गोञ्जालोले अल डाइरियो नामक एउटा पत्रिकाको अन्तर्वार्तामा भनेका थिए, “आजको युग माक्र्सवाद, लेनिनवाद–माओवाद र मुख्यतः माओवादको युग हो ।” उनले यो पनि भनेका थिए कि माक्र्सवादी वा कम्युनिस्ट हुन माक्र्सवादी लेनिनवादी माओवादी र मुख्यतः माओवादी हुनुपर्छ । रिम (Revolutionary/ internationalist Movement) को सन् १९९३ को तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा कतिपय कम्युनिस्ट पार्टीहरुले माओवाद मान्ने निर्णय गरे । उसले पनि माओवादविना कोही पनि माक्र्सवादी लेनिनवादी बन्न सक्दैन भन्यो । वास्तवमा माओवादलाई नकार्नु भनेको स्वयंमा माक्र्सवाद लेनिनवादलाई नकार्नु हो भनेको थियो । अहिले पनि कतिपय कम्युनिस्ट पार्टीहरुले “मुख्यतः माओवाद” मान्ने गरेका छन् ।
माओवाद मान्नेहरु मध्ये अन्य कतिपय कम्युनिस्ट पार्टीहरुले माओको योगदानलाई माओवादको रुपमा माने पनि “मुख्यत माओवाद” मान्ने गरेका छैनन् । पूर्व क्रान्तिकारी माओवादी र पूर्व बहुमतले माओवाद भने पनि “मुख्यतः माओवाद” मान्ने गरेको छैनन् ।
माओवाद र माओविचारधाराको बहसको सन्दर्भमा उठेको प्रश्न यो हो कि अहिलेको युग लेनिनवादी युग हो कि होइन ? यो विषयमा गोञ्जालोले १९८८ को त्यही अन्तर्वार्तामा सबभन्दा पहिले मुख खोलेका थिए । उनले “माओवादी युग” भनेका थिए । लेनिनवाद हाम्रो चिन्तनलाई अगुवाई गर्न सैद्धान्तिक आधार दिन सक्ने अवस्थामा छैन पनि भनेका थिए । त्यसरी युगको बारेमा बहस शुरु भएको थियो । वास्तवमा अहिले पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको निरन्तरता हो । महान लेनिनले विश्व साम्राज्यवादको बारेमा गहन विश्लेषण गर्नु भएको थियो । उहाँले देखाएको बाटोबाट नै विश्वका उत्पीडित राष्ट्र तथा सर्वहारावर्गलाई साम्राज्यवादका विरुद्ध लड्ने हतियार प्राप्त भयो । त्यो युगमा अर्थात् साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा कुनै परिवर्तन आएको छैन । त्यसकारण आज पनि लेनिनवादी युगकै निरन्तरता छ भन्ने कुरामा कुनै शंका छैन । माओवाद मान्नेहरुले पनि अहिलेको युगलाई साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युग होइन, अर्थात् लेनिनवादी युग होइन भन्न सकेका छैनन् । एउटा युगभित्र कति चरण हुन सक्छन् ? विभिन्न चरण हुन सक्छन् । तर यहाँ बहसको विषय यो बनेको छ कि माओका योगदानहरुलाई लेनिनवाद भन्दा बाहिर र बेग्लै चरणको, अर्थात् तेस्रो चरणको रुपमा लिनुपर्छ भन्ने छ । यो स्पष्ट छ कि माओका योगदानलाई, जसलाई हामी माओ–त्सेतुङ विचारधारा भन्ने गर्छौं, माक्र्सवाद लेनिनवादको विकासमा एउटा नयाँ चरण, माथिल्लो वा विकसित चरण हो । तर तेस्रो चरण हुन सक्दैन । किनभने माओले माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद, माक्र्सवादका ३ वटै संगठक अंगमा जुन सिर्जनात्मक विकास गर्नुभयो र चिनियाँ परिस्थितिको ठोस विश्लेषण गरेर अनुशासित पार्टी निर्माण, संयुक्त मोर्चा, दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष, सर्वहारा सांस्कृतिक क्रान्ति, नयाँ जनवाद लगायत ऐतिहासिक महत्वका नयाँ नयाँ विचारहरु ल्याउनु भयो र ती सबै व्यवहारमा लागु पनि गर्नुभयो । तर यी सबै योगदानहरु साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अन्तर्गतका कुरा हुन् । माओले माक्र्सवाद लेनिनवादलाई विकसित गर्नु भयो, त्यो सत्य हो । तर तेस्रो चरणको रुपमा व्याख्या गर्नुले तथ्यसित मेल खाँदैन । त्यसले हामीलाई लेनिनवादलाई दोस्रो चरण मान्नु पर्ने भन्ने बुझाउँछ । त्यो गलत हुन जान्छ किनकि आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो र लेनिनको युग हो । एउटा युगमा नयाँ, उच्च वा विकसित चरणहरु हुन सक्छन् तर एकै युगमा दोस्रो र तेस्रो चरण हुन सक्दैन ।
“युग” र“चरण” को कुरा अगाडि सारेर माओवाद मान्नेहरुले लेनिनलाई पछाडि धकेल्न खोजेको देखिन्छ । किनकि विगतमा रिमले एंगेल्स र स्टालिनको फोटोलाई हटाएर माक्र्स, लेनिन र माओको गरी तीनवटा फोटा राख्ने काम गरेको थियो । त्यसको विरोध भएको थियो । विश्व कम्युनिस्ट आन्दोलनका सबै नेताहरुको आ–आफ्नो ठाउँमा ठूलो योगदान रहँदै आएको छ । हामीले एउटाको विरुद्ध अर्कोलाई उभ्याउने काम गर्नु हुँदैन । अर्को कुरा उहाँहरुका महत्वपूर्ण योगदान भएका कारणले सबैलाई नामको पछाडि “वाद” राखेर मात्र उच्च मूल्यांकन हुन्छ भन्ने भ्रम पनि पाल्नु हुँदैन । जसको योगदान जति छ, उसलाई त्यही रुपमा मूल्यांकन गर्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा नेताहरुलाई देवत्वकरण गर्ने अर्थात् व्यक्तिपुजा गर्ने प्रवृत्ति देखा पर्दै आयो । रुसमा १९३६ ताक खु्रश्चेभ स्टालिनका भक्त थिए । उनी त्यति बेला स्टालिनका योगदानका आधारमा स्टालिनवाद भनेर निर्णय गर्नुपर्छ र स्टालिनवादी केन्द्रीय समिति भन्नु पर्छ भनेर प्रस्ताव ल्याएका थिए । त्यो प्रस्तावलाई स्टालिन र पार्टीले अस्वीकार गरेको थियो । आफ्नो छोरोलाई मृत्युदण्डको सजाय माफीका लागि स्टालिनसित माग गर्दा स्टालिनले अस्वीकार गरेपछि खु्रश्चेभ स्टालिनका विरोधी भए । पेरुमा गोञ्जालो विचारधारा ल्याउनका लागि “माओवाद” ल्याइयो । आरसीपी (युसए) ले क. बव अवाकिनलाई “प्राधिकार” घोषित ग¥यो । प्रचण्डलाई प्राधिकार बनाउन उनको विचार संस्थागत गर्न प्रचण्डपथ राख्नका लागि “माओवाद” ल्याइयो । भाकपा (माले) भित्र चारु मजुमदारलाई “क्रान्तिकारी प्राधिकार” मान्ने केन्द्रीय सदस्य सुनिति घोषले प्रस्ताव ल्याएका थिए । तर सत्यनारायण सिंहले विरोध गरेपछि त्यो रोकिएको थियो । उनले विहार राज्य कमिटीको अधिवेशनमा चारु गुटले चारुवाद ल्याउन र नोकरशाह केन्द्रवाद लागु गर्न खोजेको आरोप लगाएका थिए ।, त्यसैका लागि चारुले माओलाई “चीनको अध्यक्ष हाम्रा पनि अध्यक्ष” भन्ने सिद्धान्त ल्याएका थिए । चीनलाई जानकारी भएपछि उसले विरोध ग¥यो । नक्सलवाडी आन्दोलनको त्यो विवाद झापा विद्रोहमा पनि देखा प¥यो । झापा विद्रोहपछि तात्कालिन को. के. (माले) भित्र पनि पार्टी नेतृत्वलाई प्राधिकार बनाउनेबारे छलफल भएको थियो । तर त्यो प्रस्ताव अस्वीकृत भयो । भारतको एस.यु.सी. आईले सो पार्टीका नेता शिवदास घोषलाई प्राधिकार बनायो । त्यो पार्टीले माक्र्सवाद, लेनिनवाद, माओ तथा शिवदास घोष विचारधारालाई पथप्रदर्शक सिद्धान्त बनायो । यी सबै प्राधिकार र व्यक्ति पुजाका अवधारणा हुन् । ऐतिहासिक भौतिकवादलाई मान्नेहरुले इतिहासको निर्माता व्यक्ति होइन, जनता हुन भन्ने सिद्धान्त मान्दछ । तर त्यो थाहा हुँदाहुँदै पनि नेताहरुलाई देवत्वकरण गर्ने जुन प्रचलन आएको छ, त्यसले कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको छ ।
रिमले माओवाद नमान्नेहरु कम्युनिस्ट हुन सक्दैनन् भनेर गलत प्रस्थापना ल्यायो । त्यसबाट कम्युनिस्ट आन्दोलनमा माओविचारधारा मान्ने कम्युनिस्टहरुलाई कम्युनिस्ट पार्टी होइनन् भन्ने मान्यता स्थापित गरियो र एक अर्को प्रति शत्रुतापूर्ण व्यवहार अपनाउन प्रेरित गरियो । रिमको नेतृत्व गरेको आरसीपी युएसएले ट्राटस्कीवादी नीति अघि सा¥यो र त्यसलाई नमान्ने र विरोध राख्ने कम्युनिस्ट पार्टीहरुप्रति संकीर्णवादी र स्वेच्छाचारी नीति अपनाउने काम ग¥यो । त्यसले विश्वको कम्युनिस्ट आन्दोलनमा क्षति पु¥यायो । इतिहासलाई निर्मम तरिकाले विश्लेषण गर्ने र शिक्षा नलिने हो भने इतिहासका गलत पाटाहरुको पुनरावृत्ति हुने सम्भावना सधै रहिरहन्छ ।
पूर्व क्रान्तिकारी माओवादी र पूर्व बहुमतको माओवादसम्बन्धी धारणा माओवादी जनयुद्धपछि परिवर्तन भएको छ ।
पूर्व क्रान्तिकारी माओवादीले रिमले अंगालेको नीतिमा परिवर्तन गरी माओविचारधारा मान्नेहरुलाई पनि माक्र्सवादी लेनिनवादी क्रान्तिकारी मान्न थालेपछि विभिन्न कम्युनिस्ट घटकहरुसित क्रान्तिकारी नीति र सिद्धान्तका आधारमा पार्टी एकीकरणको पहल गर्नु इतिहासमाथि गरेको पुनर्विचार हो । पहिले दुई पार्टी र अहिले एक वर्षपछि मशाल सहित पार्टी एकीकरण भएपछि माओवाद र माओविचारधाराबारे छलफल हुनु एउटा सकारात्मक कार्य हो । नेकपा (माओवादी)ले प्रचण्डपथका लागि माओवाद पदावली प्रयोग गर्ने निर्णय गरेको थियो । प्रचण्डले दक्षिणपन्थी विसर्जनवादको बाटो समाएपछि स्वतm माओवादको सन्दर्भ अनावश्यक भएको छ । अर्कोतिर देशमा रहेका अन्य कम्युनिष्ट घटक, समूह र व्यक्तिहरु समेत माओवाद पदावलीका कारण एकता प्रक्रियामा आउन चाहेर पनि आउन सकिरहेका छैनन् । त्यसकाण माओवाद पदावलीलाई हटाउने र माअ‍ो विचार धारा पदावली प्रयोग गर्ने निर्णय गर्न ऐतिहासिक आवश्यकता भएको छ ।
हामी यतिबेला गम्भीरतापूर्वक ध्यान दिनुपर्ने कुरा के हो भने माओवाद र माओविचारधारा पदावलीको मात्र फरक होइन, माओवादले लेनिनवादलाई नै अवमूल्यन गर्न र लेनिन युगलाई बदलेर माओवादी युग स्थापना गर्ने उद्देश्य निहित छ । माओविचारधारालाई गुणात्मक रुपले नयाँ, उच्च र तेस्रो चारण भनेर लेनिनको समकक्षमा पु¥याउने नाममा माक्र्सवाद र लेनिनवादको क्रान्तिकारी योगदानहरुको सारतत्वलाई ओझेल पार्ने काम गर्नेछ । त्यसका साथै हरेक देशका कम्युनिस्ट पार्टीहरुले गोन्जालो र प्रचण्डको नाम पछाडि विचारधारा वा पथ जोडे जस्तै नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको नाम पछाडि विचारधारा थप्दै जानका लागि बाटो खोल्ने काम गर्नेछ । कम्युनिस्ट आन्दोलनमा त्यसप्रकारको सिलसिलालाई रोक्नको लागि पनि माअ‍ोको योगदानको सही मूल्यांकनका आधारमा माओ विचारधारा भनेर सम्मानित गर्नु इतिहासप्रतिको न्याय हुनेछ ।

माओविचारधारा सम्बन्धी प्रस्ताव बारे
क. वसन्त
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल राष्ट्रिय एकता महाधिवेशनको प्रक्रियामा प्रवेश गरेको छ । महाधिवेशन विचारधारात्मक, राजनैतिक, संगठनात्मक, सामरिक लगायतका विषयहरुमा गहन छलफल तथा बहसको प्रक्रियाबाट क्रान्तिको समग्र कार्यदिशा निर्धारण गर्ने पार्टीकोे सर्वाेच्च निकाय हो । यो प्रक्रियामा बहस जति सौहार्द्रपूर्ण, तथ्यपरक, गहिरो र तीखो हुन्छ, त्यसबाट आउने निष्कर्ष सत्यको त्यतिकै नजिक हुन्छ । अहिले हाम्रो पार्टीमा माओका योगदानलाई माओवाद वा माओ विचारधारा मध्ये कुन पदावलीले संबोधन गर्ने भन्ने विषयमा बहस छ । कमरेड असीमले माओ विचारधारा सम्बन्धी प्रस्ताव लेखेर माओ विचारधाराको पक्षमा आफ्नो मत जाहेर गर्नु भएको छ । मैले यहाँ माओका योगदानहरुलाई सम्बोधन गर्ने उपयुक्त पदावली माओवाद हो, माओ विचारधाराले माओका योगदानलाई समेट्न सक्दैन भन्ने पक्षमा आफ्ना भनाइहरु राख्न गइरहेको छु ।
माओका योगदानहरुलाई कुन पदावलीले संबोधन गर्ने भन्ने प्रश्न ती योगदानहरुको अन्तर्वस्तुुलाई कुन शब्दले अभिव्यक्त गर्दछ भन्ने विषयसँग सम्बन्धित छ । कुनै पनि वस्तुको अन्तर्वस्तु र त्यसलाई अभिव्यक्त गर्ने रुपका बीचमा कुनै अन्तर्विरोध रहनु हुँदैन । अर्थात् वस्तुको रुपमा त्यसको अन्तर्वस्तु अभिव्यक्त भएको हुनु पर्दछ । त्यसकारण, कुनै पनि वस्तुको अन्तर्वस्तुलाई व्यक्त गर्न कुन पदावली उपयुक्त हुन्छ भन्ने प्रश्न सैद्धान्तिक महत्वको विषय हो । माओले माक्र्सवादका तीनओटै संघटक अंगहरुमा जुन विकास गर्नुभएको छ ती सबै चीनको विशिष्ट सन्दर्भमा मात्र लागुहुने योगदान होइनन् । ती योगदान सार्वभौम महत्वका छन् । तिनको अन्तर्वस्तुलाई माओ विचारधारा पदावलीले समेट्न सक्दैन । त्यसकारण ती योगदानको अन्तर्वस्तुलाई अभिव्यक्त गर्ने उपयुक्त पदावली माओवाद हो । यसरी विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद बन्न पुगेको छ ।
माओवाद भनेको केबल माओका योगदानहरुको मात्र योगफल होइन । माओवाद माक्र्सवाद–लेनिनवादको जगमा उभिएको र माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको सम्पूर्ण थप विकास समेत समेटिएको एउटा समग्र सिद्धान्त हो । अर्थात्, माक्र्सवाद–लेनिनवाद–माओवाद भनेको माक्र्सवाद, लेनिनवाद र माओवादको अंकगणितीय योगफल होइन, यो त एउटा अक्षुण्ण एवम् समग्र सिद्धान्त हो । माक्र्सवादका तीनओटै संघटक अंगहरु दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको विकासमा माओले गर्नुभएको सार्वभौम योगदानलाई संक्षेपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
दर्शन
माओले माक्र्सवादी दर्शन अर्थात् भौतिकवादी द्वन्द्ववादको विकासमा गुणात्मक योगदान गर्नु भएको छ । माक्र्सको समयमा द्वन्द्ववादका तीनओटा नियम छन् भन्ने मानिन्थ्यो । ती हुन्ः विपरीतहरुको एकत्व र संघर्षको नियम, मात्राको गुणमा र गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियम । पछि लेनिनले औल्याउनु भयो, “सङ्क्षिप्तमा भन्नु पर्दा द्वन्द्ववादलाई विपरीतहरुको एकत्वको सिद्धान्त भन्न सकिन्छ । द्वन्द्ववादको सारलाई यसैले समेट्छ, तर यसको व्याख्या र विकास गर्नुपर्दछ ।”१ तर लेनिनका लागि त्यो काम पुरा गर्ने पर्याप्त समय भएन । लेनिनले छाडेको ठाउँबाट द्वन्दवादका नियमहरुको गहिरो अध्ययन गरी माओले भन्नुभयो “सबैभन्दा आधारभूत कुरा भनेको विपरीतहरूको एकत्व हो । गुण र मात्राको एकअर्कोमा रूपान्तरण भनेको विपरीतहरु गुण र मात्राको एकता हो । नकारको नकार भन्ने कुरै छैन । वस्तुको विकास सकार, नकार, सकार, नकारको श्रृंखला भएर अगाडि बढ्छ ।”२ यसले द्वन्द्ववादको नियम र त्यसको सारलाई बुझ्ने प्रश्नमा गुणात्मकता प्रदान गरेको छ । त्यसमाथि, दुईको एकमा संयोजन भन्ने संशोधनवादी मान्यताका विरुद्ध एकको दुईमा विभाजन भन्ने सिद्धान्त अगाडि सारेर माओले विपरीतहरुका बीचको एकत्व र संघर्षको नियमलाई थप समृद्ध गर्नु भएको छ ।
माओले अन्तर्विरोधको नियमलाई भौतिकवादी द्वन्द्ववादको सार बताउँदै यसलाई प्रकृति, मानव समाज र ज्ञानका सबै क्षेत्रमा लागुहुने द्वन्द्ववादको आधारभूत नियमको रुपमा स्थापित गर्नु भएको छ । अन्तर्विरोधबारे भन्ने माओको रचनामा मुख्यतः अन्तर्विरोधको विशिष्टता, प्रधान अन्तर्विरोध, अन्तर्विरोधमा शत्रुताको स्थान जस्ता उपशीर्षकहरु कम्युनिस्ट पार्टीका लागि रणनीति तथा कार्यनीतिकोे विकास गर्न र संयुक्त मोर्चाको निर्माण गरी दुश्मनलाई एक्ल्याउनका लागि महत्वपूर्ण मार्गदर्शक रहेका छन् । यी बाहेक माओद्वारा रचित व्यवहारबारे, सही विचारहरु कहाँबाट आउँछन्, जनताका बीचका अन्तर्विरोधहरुको सही संचालन जस्ता उत्कृष्ट दार्शनिक कृतिहरु र ज्ञान सिद्धान्तको क्षेत्रमा दुई छलाङ्को मान्यताले माक्र्सवादी सिद्धान्त तथा क्रान्तिकारी व्यवहारको द्वन्द्वात्मक एकत्वलाई बुझ्न र उक्त सिद्धान्तलाई व्यवहारमा लागुगर्न महत्वपूर्ण दिशानिर्देश गरेका छन् । दर्शनको क्षेत्रमा माओका यी योगदानको महत्व सार्वभौम रहेको छ ।
राजनीतिक अर्थशास्त्र
साम्राज्यवादद्वारा उत्पीडित अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक देशहरुमा विकास हुने दलाल तथा नोकरशाही पुँजीवादको विश्लेषण र त्यसको चरित्र प्रतिक्रियावादी हुने निष्कर्ष राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओको निकै महत्वपूर्ण योगदान हो । उत्पीडित देशहरुमा साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न दलाल तथा नोकरशाही पुँजीवादलाई ध्वस्त पार्नु पर्दछ र त्यसपछि मात्र वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो खुल्छ भन्ने माओको निष्कर्षले त्यस प्रकारका देशमा सर्वहारा क्रान्तिको समस्यालाई समाधान गरेको छ । यो माओको महत्वपूर्ण सार्वभौम योगदान हो ।
संशोधनवादीहरुले अगाडि सारेको उत्पादक शक्तिको सिद्धान्त अथात् अर्थवादको निर्मम भण्डाफोर गर्दै माओले समाजवादी क्रान्तिको चरणमा आइपरेका आर्थिक समस्याहरु हल गर्ने विधिको पनि विकास गर्नु भयो । माओका “क्रान्तिलाई पक्र, उत्पादन बढाऊ” तथा “लाल र निपुण” जस्ता उद्घोष समाजवादी अर्थतन्त्रको निर्माणका लागि वैचारिक आधार हुन् । सोभियत सङ्घको अर्थनीतिको अनुभवबाट शिक्षा लिंदै चिनिया समाजका दश प्रमुख सम्बन्धहरुको पहिचान र त्यसका आधारमा चीनमा समाजवादी अर्थतन्त्रको निर्माण शिक्षाप्रद छ । नोकरशाही आदेशबाट होइन, श्रमजीवी जनताको सचेत पहलकदमी सहित आर्थिक आधारमा उत्पादक शक्तिको विकास गरेर समाजवादी अर्थतन्त्रको निर्माण तथा विकास गर्नु पर्दछ भन्ने माओको शिक्षाको सार सार्वभौम महत्वको रहेको छ ।
वैज्ञानिक समाजवाद
साम्राज्यवादद्वारा उत्पीडित देशहरुमा वैज्ञानिक समाजवाद निर्माणको आधार तयार पार्नका लागि सर्वहारा वर्गको नेतृत्व र जनताको जनवादी अधिनाकत्वको रुपमा व्यक्त हुने नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशा तथा त्यसलाई प्राप्त गर्ने दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशाले विशेष महत्व राख्दछन् । समाजवादी समाजमा वर्ग संघर्ष रहने र पुँजीपति तथा सर्वहारा मध्ये कुन वर्गले जित्छ भन्ने कुरा निक्र्यौल भइनसकेको हुनाले समाजवादी कालभरि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अनिवार्य रुपमा आवश्यक हुन्छ भन्ने सिद्धान्त वैज्ञानिक समाजवादको क्षेत्रमा माओको अद्वितीय योगदान रहेको छ ।
कम्युनिस्ट पार्टी तथा जनसरकारका उच्च ओहोदामा पुगेका पुँजीपन्थीहरुको मुख्यालयमा बम वर्षाउन माओले जनतालाई गर्नु भएको आह्वान र वर्षैदेखिको गैरसर्वहारा संस्कृति तथा बानी–बेहोराको प्रभावबाट पार्टीका नेता, कार्यकर्ता सहित जनतालाई मुक्त गरी सर्वहारा संस्कृतिको विकासका लागि चीनमा संचालन गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले वैज्ञानिक समाजवादको क्षेत्रमा नयाँ आयाम थपेको मात्र छैन यसले साम्यवाद तर्फको यात्रा निर्देश समेत गरेको छ । सर्वहारा सांस्कृतिक क्रान्तिको प्रक्रियामा चिनिया सर्वहारा वर्ग एक दशकसम्म चीनमा पुँजीवादको पुनस्र्थापना रोक्न सफल हुनुका साथै चीनको संस्कृति, शिक्षा, कला, साहित्य लगायत उपरिसंरचनाका यावत क्षेत्रहरुमा समाजवादी रुपान्तरण ल्याउन सफल रह्यो । समाजवादबाट साम्यवादमा संक्रमण गर्नका लागि माओले सयौं सांस्कृतिक क्रान्तिहरु संचालन गर्न आवश्यक हुन सक्ने बताउनु भयो । यसरी सर्वहारा सांस्कृतिक क्रान्ति समाजवादी समाजमा पुँजीवादको पुनस्र्थापना रोक्न र साम्यवादको मार्ग प्रसस्त गर्न विश्व सर्वहारा वर्गलाई माओले हस्तगत गर्नुभएको एउटा अचुक सैद्धान्तिक हतियार बन्न गएको छ । यो माओको सार्वभौम महत्वको योगदान हो ।
माओको नेतृत्वमा कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादलाई आफ्नो देशको विशिष्ट सन्दर्भमा सिर्जनात्मक ढंगले प्रयोग गरी नयाँ जनवादी क्रान्ति सम्पन्न ग¥यो र त्यसको लगत्तै समाजवाद निर्माणको प्रक्रियामा प्रवेश ग¥यो । चीनमा नयाँ जनवादी क्रान्तिको प्रक्रिया, दुई–लाइन संघर्ष, समाजवादको निर्माण तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महान् बहस, मुख्यतः ख्रुश्चेभी संशोधनवादका विरुद्धको संघर्ष र स्तालिनकालीन सोभियत अर्थतन्त्रको समीक्षा समेतको समग्र प्रक्रियामा माओले द्वन्द्वात्मक भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा उपरोक्त विकास गर्नु भएको हो । माओका यी योगदानहरु गुणात्मक महत्वका छन्, तिनको चरित्र सार्वभौम रहेको छ र यो सार समेट्ने उपयुक्त पदावली माओवाद हो । यसरी विश्व सर्वहारा वर्गको मार्गदर्शक सिद्धान्त माक्र्सवादले तेस्रो छलाङ् हानेको छ । त्यो माक्र्सवाद–लेनिनवाद–माओवाद हो ।
तर, हाम्रो पार्टीमा माओका योगदानहरुलाई माओवाद होइन माओविचारधाराले संवोधन गर्न उपयुक्त हुन्छ भन्ने विचार पनि रहेको छ र यसबारे पार्टीभित्र आन्तरिक छलफलका लागि कमरेड असीमले माओ विचारधारा सम्बन्धी प्रस्ताव पेस गर्नु भएको छ । उक्त प्रस्तावमा कमरेड असीमले माओवाद भन्नु किन गलत छ र माओ विचारधारा किन सही छ भन्ने तर्कहरु प्रस्तुत गर्नु भएको छ । यहाँ संक्षिप्तमा उहाँका तर्कहरुले यथार्थसँग किन मेल खाँदैनन् र माओवाद पदावली किन सही छ भन्ने आधारहरु प्रस्तुत गरिएको छ ।
एक, माओ विचारधारा पदावली माओका योगदानहरु चिनीया सन्दर्भमा त सही छन् तर यसको सार्वभौम महत्व छैन भन्ने मतको नजिक छ । सार्वभौम महत्वको सिद्धान्तलाई सम्बोधन गर्ने उपयुक्त पदावली वाद हो । कमरेड असीमले आफ्नो प्रस्तावमा माओका योगदानहरु सार्वभौम हुन् या विशिष्ट यसबारे केही बोल्नुभएको छैन तर त्यसको रुपलाई व्यक्त गर्ने पदावलीलाई भने विचारधारा भन्नुहुन्छ । उहाँले यसबारे बोल्नु पथ्र्यो । माओका सार्वभौम योगदानहरुको सार अनुसारको रुप माओवाद पदावली नै उपयुक्त हुन्छ, माओ विचारधारा होइन । कमरेड असीमको “जसको योगदान जति छ, उसलाई त्यही रुपमा मूल्यांकन गर्नुपर्छ”३ भन्ने भनाइ त गलत छैन । तर उहाँले जुन प्रसंग र सन्दर्भमा यो भन्नु भएको छ, त्यसले माओका योगदानहरु सार्वभौम महत्वका होइनन्, त्यसकारण विशिष्ट योगदानलाई सुहाउने पदावली माओ विचारधारा हो भन्नेतर्फ संकेत गर्छ । सिधा नभनेर यस्तो घुमाउरो विश्लेषण किन ? प्रस्ट कुरा के हो भने माओका योगदान सार्वभौम छन्, तिनको सारलाई विचारधारा पदावलीले समेट्न सक्दैन ।
दुई, कमरेड असीमका अनुसार एउटा युगमा दुईओटा वाद हुँदैनन् । उहाँको यो तर्कले उदार पुँजीवादी युुगको लागि माक्र्सवाद र एकाधिकारी पुँजीवाद अर्थात् साम्राज्यवादी युगका लागि लेनिनवाद भन्ने अर्थ बुझिन्छ । साम्राज्यवाद पछि अर्को युग नआएको हुनाले क. असीमले माओवादका लागि कुनै युुग देख्नुहुन्न । यो बुझाइ नितान्त यान्त्रिक छ । यसले वस्तुगत यथार्थसँग मेल खाँदैन, किनभने एउटा युुगमा धेरै वैज्ञानिक सिद्धान्तहरु विकास हुन सक्छन् । एउटा युगमा एउटा मात्र वाद हुन्छ भन्ने कमरेड असीमको विचारले साम्राज्यवाद रहुन्जेल कुनै अर्को सिद्धान्तको विकास हुनै सक्दैन भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ, अर्थात् विचारको विकास लेनिनवादबाट अगाडि बढ्न सक्दैन । यो बुझाइ पदार्थको गति र चेतनाको विकास अनन्त छ भन्ने द्वन्द्वात्मक भौतिकवादी मान्यताको विरुद्ध छ ।
तर्कमा मात्र रमाउने हो भने साम्राज्यवाद भनेको पनि त पुँजीवाद नै हो, त्यसकारण साम्राज्यवादी युगमा पनि माक्र्सवाद नै पर्याप्त हुन्छ भन्न सकिन्छ । तर यो सही होइन । लेनिनले माक्र्सवादका तीनओटै संघटक अंगहरुमा गुणात्मक विकास गर्नु भएको हुनाले माक्र्सवादले माक्र्सवाद–लेनिनवादमा छलाङ हानेको हो । र त्यसरी नै माक्र्सवाद–लेनिनवादमा माओले गुणात्मक विकास गर्नु भएको हुनाले त्यसले पनि माक्र्सवाद–लेनिनवाद–माओवादमा अर्को छलाङ् हान्यो, कुरा यत्ति हो । वर्तमान युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अर्थात् लेनिनवादी युग भन्ने गरिन्छ । यो विश्लेषण आज पनि सही छ । मेरो तर्क सिद्धान्तको प्रश्नलाई युगमा कैद गर्नु माक्र्सवाद सम्मत हुँदैन भन्ने मात्र हो ।
तीन, कमरेड असीमले कम्युनिस्ट आन्दोलनमा माओवाद पदावलीको प्रयोगले लेनिनवादको महत्वलाई न्यूनीकरण गर्छ अर्थात् लेनिनवादलाई विस्थापित गर्छ भन्ने तर्क अगाडि सार्नु भएको छ । पहिलो कुरा, माओवाद भनेको माक्र्सवाद–लेनिनवादको विकास हो । त्यसकारण माओवादले लेनिनवादलाई विस्थापित गर्ने प्रश्नै आउँदैन । दोस्रो कुरा माक्र्सवाद, लेनिनवाद तथा माओवाद एकले अर्कोलाई विस्थापित गर्नसक्ने अलग अलग सिद्धान्त होइनन् र माक्र्सवाद–लेनिनवाद–माओवाद यी तीन सिद्धान्तहरुको अंक गणितीय योगफल पनि होइन । माक्र्सवादको जगमा माक्र्सवाद–लेनिनवाद र माक्र्सवाद–लेनिनवादको आधारमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास भएको हो अर्थात् यो माक्र्सवादको अक्षुुण्ण निरन्तरता हो । यसकारण माओवादलाई अस्वीकार गर्नु भनेको आजको माक्र्सवादलाई अस्वीकार गर्नु हुन पुग्छ । कमरेड असीमको तर्कलाई सही मान्ने हो भने लेनिनवाद पदावलीले माक्र्सवादको महत्वलाई न्यूनीकरण गर्ने हुनाले लेनिनवाद पनि भन्न हुँदैन भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्छ । कमरेड असीम तपाई यसलाई स्वीकार्न तयार हुनुहुन्छ ? सायद हुनुहुन्न ।
चार, कमरेड असीमले ख्रूश्चेभको स्तालिनवाद भन्नुपर्छ भन्ने प्रस्ताव, लिन पियाओको माओवाद भन्नुपर्छ भन्ने प्रस्ताव, चारु मजुमदारलाई क्रान्तिकारी प्राधिकार मान्नु पर्छ भन्ने सुनिति कुमार घोषको प्रस्ताव, पेरुभियन कम्युनिस्ट पार्टीको गोञ्जालो विचार, ने.क.पा. (माओवादी)को प्रचण्डपथ र आर.सी.पी. अमेरिकाको न्यु सिन्थेसिसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेतृत्वको देवत्वकरण गर्ने प्रवृत्ति बढाएको र त्यसले कम्युनिस्ट आन्दोलनलाई नै क्षतविक्षत पारेको कुरा उठाउनु भएको छ । तर ख्रुश्चेभले स्तालिनवाद र लिन पियाओले माओवाद कहिले र कहाँ प्रस्तावित गरेका थिए भन्ने सन्दर्भ नदिई विषयको उठान गर्नु सही तरिका होइन । जहाँसम्म यो प्रवृत्तिलाई निस्तेज गर्नुपर्छ भन्ने उहाँको चिन्ता हो त्यो अत्यन्त जायज छ । अर्कोकुरा, माओका योगदानको संश्लेषण गर्ने सन्दर्भमा ख्रुश्चेभ, लिन पियाओ र प्रचण्ड जस्ता प्रतिक्रान्तिकारी गद्दारहरुको उदाहरण दिएर माओवादको विरोध गर्नु माओलाई नै न्यूनीकरण गर्नु हो । तर आश्चर्य, माओ विचारधारा पदावली प्रयोग गर्ने हो भने यो प्रवृत्ति स्वतः रोकिन जान्छ भन्ने आशयको कमरेड असीमको तर्क नितान्त व्यवहारवादी, असैद्धान्तिक र अवैज्ञानिक छ । उहाँको राजनीतिक हैसियतलाई यो तर्क सुहाउँदैन ।
पाँच, माओवाद पदावलीे प्रयोग गर्न किन बेठिक हुन्छ भन्ने प्रसंगमा कमरेड असीम भन्नुहुन्छ, “नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुको नाम पछाडि विचारधारा थप्दै जानका लागि बाटो खोल्ने काम गर्नेछ । कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारको सिलसिलालाई रोक्नको लागि पनि माओको योगदानको सही मूल्यांकनका आधारमा माओ विचारधारा भनेर सम्मानित गर्नु इतिहास प्रतिको न्याय हुनेछ ।”४ रिमभित्रबाट पैदा भएको आफूलाई प्राधिकार बनाउने नेताहरुको प्रवृत्ति गलत थियो भन्नेकुरा सैद्धान्तिक हिसाबले मात्र होइन, व्यवहारतः पनि पुष्टि भइसकेको छ । यसमा कुनै विवाद रहेन । तर, कमरेड असीमले विश्व कम्युनिस्ट आन्दोलन भित्रको गलत प्रवृत्तिलाई रोक्न खोज्दा पछिल्ला उपलब्धिहरुको पनि सही संश्लेषण नहुने र भोलि पनि विचारको विकास अवरुद्ध हुन जाने कुरा भुतुक्कै बिर्सनु भएछ । उहाँको तर्कलाई जायज मान्ने हो भने आज माओवाद भन्न नहुने मात्र होइन भोली कहिल्यै र कसैले पनि सिद्धान्तको विकास गर्नै नपाउँने ठाउँमा पु¥याउँछ अर्थात् सिद्धान्तको विकासको बन्ध्याकरण हुन जान्छ । यो विचारले खेतमा प्राङ्गारिक मल राख्दा विषालु झारपात पनि फैलिएर पुरै खेती नै सखाप पार्न सक्ने हुनाले बरु प्राङ्गारिक मलको कारखाना नै बन्द गरिदिउँ भन्ने निष्कर्ष तिर डो¥याउँछ । आशा गरौं कमरेडले यसमा पुनर्विचार गर्नु हुनेछ । गलत प्रवृत्ति रोक्ने कुरा सही छ, तर नयाँ–नयाँ गलत प्रवृत्तिलाई रोक्नका लागि विचारको विकास गर्नु अनिवार्य छ । कुनै तर्कले पनि विचारको विकास अवरुद्ध हुने कुरालाई स्वीकार्न सकिन्न ।
छ, चिनियाँ कम्युनिस्ट पार्टीले १९४५ मा नै माओका योगदानहरुलाई माओविचारधारा पदावलीमा संश्लेषण गरेको थियो । यसकारण माओ विचारधाराले माओका त्यही अवधि भित्रका योगदानलाई मात्र समेट्छ । १९४९मा नयाँ जनवादी क्रान्तिको सफलता, चिनिया कम्युनिस्ट पार्टीमा दक्षिणपन्थी संशोधनवाका विरुद्धको भीषण संघर्ष, समाजवादको निर्माण, ख्रुश्चेभी संशोधनवादका विरुद्धको संघर्ष, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र साम्यवादसम्मको यात्राका निम्ति सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तसम्म आइपुग्दा माओले गरेका यी सबै योगदानलाई ३१ वर्ष पहिलेको माओ विचारधारा पदावलीले समेट्न सक्दैन । क. असीमले ३१ वर्षका यी सबै योगदानमाथि किन नजरअन्दाज गर्नु भयो आश्चर्यको विषय भएको छ । मुख्यतः १९३५मा माओ पार्टीको नेतृत्वमा आएदेखि १९७६ सम्मका समग्र योगदानलाई समेटने गरी माओवाद पदावली प्रयोग गर्नु नै माओका योगदानको उचित मूल्यांकन र सही संश्लेषण हुन्छ ।
सात, माओवादको सान्दर्भिकता समाप्त भइसकेको भन्ने एउटा प्रसंगमा कमरेड असीम भन्नुहुन्छ, “नेकपा (माओवादी)ले प्रचण्डपथका लागि माओवाद पदावली प्रयोग गर्ने निर्णय गरेको थियो । प्रचण्डले दक्षिणपन्थी विसर्जनवादको बाटो समाएपछि स्वतः माओवादको सन्दर्भ अनावश्यक भएको छ । अर्कोतिर देशमा रहेका अन्य कम्युनिस्ट घटक, समूह र व्यक्तिहरु समेत माओवाद पदावलीका कारण एकता प्रक्रियामा आउन चाहेर पनि आउन सकिरहेका छैनन् । त्यसकारण माओवाद पदावलीलाई हटाउने र माओ विचारधारा पदावली प्रयोग गर्ने निर्णय गर्न ऐतिहासिक आवश्यकता भएको छ ।”५ कमरेड असीमका यी भनाइले केही प्रश्न उठाएको छ । प्रचण्डका कारण माओवादको सान्दर्भिकता सकिएको र माओ विचारधारा एकमात्र सही विचार पुष्टि हुन गएको हो भने तपाइँहरुले माओ विचारधारा मान्ने नेकपा (मसाल) सँगको विद्रोह र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सँगको एकताको औचित्य कसरी सिद्ध गर्न सक्नुु हुन्छ ? फेरि, माओवाद पदावलीका कारण विगतमा क्रान्तिकारीहरुका बीचमा एकता हुन नसकेको हो भने दशकौंसम्म माओ विचारधारा भनेर अलग्गै बसेका तपाइँहरुले अन्य माओ विचारधारा मान्ने कतिओटा पार्टीहरुसँग एकता गर्नुु भयो त भनेर कसैले सोध्दा यसमा तपाइँको जवाफ के हुन्छ ?
कमरेड ! यी प्रश्नहरु मेरा होइनन् । मेरो भनाइ के मात्र हो भने प्रचण्डले दक्षिणपन्थी विसर्जनवादको बाटो समाते भन्ंदैमा माओवादको औचित्य समाप्त हुँदैन । माओवाद सार्वभौम सिद्धान्त हो, प्रचण्डको विसर्जनवादसँग यसको कुनै सम्बन्ध छैन । बरु उल्टो, माओवादबाट विचलन प्रचण्डको विसर्जनवादको कारण हो । अहिले पार्टीमा भएको वाद र विचारका बीचको विवाद पदावलीको मात्र झगडा होइन यो सारतः माओका योगदानहरुलाई सार्वभौम मान्ने कि विशिष्ट मान्ने भन्ने हो । कमरेड असीमले आफ्नो प्रस्तावमा माओका योगदानलाई सार्वभौम भनेर कही कतै उल्लेख गर्नु भएको छैन । उहाँका तर्कहरुले माओका योगदान सार्वभौम होइनन् विशिष्ट हुन् भन्नेतिर लैजान्छ । समस्याको चुरो कुरो यही हो ।
आठ, कम्युनिस्ट आन्दोलनमा विचारधारालाई ट्रेडमार्क बनाउने प्रवृत्ति निकै बढिरहेको छ । नवउदारवादको सिरानी हालेर साम्राज्यवादको सेवागर्ने दक्षिणपन्थी संशोधनवादीहरु मध्ये कसैले माक्र्सवाद–लेनिनवाद–माओवाद त कसैले माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा पदावली प्रयोग गरेर विश्वभरि क्रान्तिको नाममा जनतालाई धोका दिंदै आएका छन् । यो स्थितिमा माओवाद भन्नेहरुले क्रान्तिप्रति गद्दारी गरेको हुनाले विचारधारा भन्नु सही हुन्छ, अथवा माओ विचारधारा भन्नेहरुले क्रान्तिप्रति धोका दिएको हुनाले माओवाद पदावली प्रयोग गर्नु पर्छ भन्ने दुवै तर्कहरु व्यवहारवादी तर्क हुन् सैद्धान्तिक होइनन् । मूलकुरा माओका योगदानलाई माओवाद वा माओ विचारधारा जे भनेपनि त्यसलाई सार्वभौम अर्थमा आत्मसात गर्ने कि नगर्ने र त्यो सिद्धान्तलाई दैनिक जीवन व्यवहारमा लागु गर्ने कि नगर्ने भन्ने हो । यहाँ मैले माओका योगदानलाई वाद वा विचार जे भने पनि हुन्छ भन्न खोजेको होइन । मेरो बुझाइमा माओका योगदानलाई सार्वभौम मान्ने र त्यसलाई दैनिक जीवन व्यवहारमा लागुगर्नेहरु क्रान्तिकारी हुन् र वाद वा विचार जुनसुकै पदावली प्रयोग गरे पनि त्यसलाई ट्रेडमार्कको रुपमा लिनेहरु प्रतिक्रान्तिकारी हुन् । आफ्नो “माओविचारधारा सम्बन्धी प्रस्ताव”मा कमरेड असीमले हिजो माओविचारधारा मान्नेहरुलाई माओवादीहरुले क्रान्तिकारी मान्दैनथे, आज त्यसमा पुनर्विचार गरेर सच्चिएका छन् भन्ने आशय व्यक्त गर्नु भएको छ । कुरा उहाँले भने जस्तो होइन । हाम्रो बुझाइ हिजो पनि त्यही थियो र आज पनि यही हो ।
अन्त्यमा, माओविचारधारा पदावलीले माओका सार्वभौम योगदानहरुको गुरुत्वलाई पक्रिन सक्दैन । यो पदावलीको प्रयोगले जान वा अन्जानमा माओका योगदानलाई चिनिया सीमाभित्र कैद गर्ने र अन्ततः क्रान्तिमा माओबाट शिक्षा लिने कामबाट पार्टीलाई विमुख गर्नेतिर लैजान्छ । माओका सार्वभौम योगदानहरुको गुरुत्वलाई पक्रिने वैज्ञानिक पदावली माओवाद हो । त्यसकारण, हाम्रो पार्टीको राष्ट्रिय एकता महाधिवेशनले माक्र्सवाद–लेनिनवाद–माओवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गर्नुपर्दछ ।
फुटनोट ः
१. लेनिन संकलित रचनाहरु, खण्ड ३८, पृष्ठ २२२
२. माओ, छानिएका रचनाहरु, खण्ड ९, पृष्ठ १२२
३. कमरेड असीम, माओविचारधारा सम्बन्धी प्रस्ताव
४. उही
५. उही

 

 

 

 

 

 

 

 

 

जनयुद्धको समीक्षा सम्बन्धी प्रस्ताव
नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गतेदेखि संचालन गरेको सशस्त्र संघर्ष २०६३ मंसिर ५ गते नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता २०६३ मार्फत् अन्ँत भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि नयाँ संविधानको निर्माण तथा संविधान सभाको निर्वाचन र सरकारमा पुगेपछि नेतृत्वको मूल पक्षको नीतिमा पुँजीवादीकरण भएपछि विभिन्न चिरामा विभाजन हुँदै मूल शक्ति छिन्नभिन्न भएको छ । प्रचण्ड नेतृत्वको एउटा घटक र बाबुराम नेतृत्वको अर्को घटक संसदवादमा पूर्णरुपले डुबेता पनि अन्य कैयौं घटकहरुले नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन पहल गरेको सिलसिलामा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता भएको थियो । त्यसको एक वर्षपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच २०८१ वैशाख १९ मा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको निर्माण भएको छ । आगामी महाधिवेशनमा १० वर्षे सशस्त्र संघर्षको पूर्ण समीक्षा गर्न आवश्यक छ । हुन त माओवादी सशस्त्र संघर्ष कम्युनिस्ट आन्दोलनको इतिहासमा विभिन्न क्षेत्रबाट समीक्षा भइरहेको छ र भविष्यमा पनि हुँदै जानेछ । तर पनि पार्टीले तात्कालिन सशस्त्र संघर्षका सकारात्मक तथा नकारात्मक पाटाहरुको विश्लेषण गर्दै त्यसबाट प्राप्त अनुभवहरुबाट शिक्षा लिंदै आगामी दिनको लागि ठोस मार्ग तयार गर्नुपर्दछ ।
माओवादीद्वारा संचालन गरिएको दशवर्षे सशस्त्र संघर्ष (यसलाई अब माओवादी जनयुद्ध भनिनेछ ) निम्न पुँजीवादी अराजकताको परिणाम थियो। कुन बेला सशस्त्र संघर्ष शुरु गर्ने र कुन बेला वैधानिक संघर्षमा जोड दिने वा कुन बेला अगाडि बढ्ने र कुन बेला पछाडि हट्ने भन्ने कुरा तात्कालिन भौतिक अवस्थाले निर्धारण गर्ने कुरा हो । त्यसैलाइ लेनिनले “ठोस परिस्थितिको ठोस विश्लेषण” भन्नु भएको हो । मात्रात्मक र गुणात्मकको भौतिकवादी द्वन्द्ववादको विपरीत जनआन्दोलनको कुनै अभ्यास नगरिकन २०५२ साल माघ २२ गते तात्कालिन संयुक्त जनमोर्चाको तर्फबाट बाबुराम भट्टराईले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाइृ ४० बुंदे ज्ञापन बुझाएको ठीक एक हप्तापछि जनयुद्धको घोषणा गरिएको थियो । त्यतिबेला “क्रान्ति शुरु गरेपछि त्यो आफै विकास हुन्छ” भन्ने मनोगतवादी सिद्धान्त लागु गरियो । वस्तुगत परिस्थिति तथा आत्मगत परिस्थिति दुवै तयार नभइकन जनयुद्ध शुरु गर्नाले माओवादी तथा राज्यपक्ष दुवैतर्फ मानवीय क्षति भयो । त्यसैलाई निहुँ बनाएर राज्य पक्षले जनतामाथि हत्या, गिरफ्तारी, जेल, अंगभंग हुने गरी ठूलो दमन ग¥यो । तर चाहे जुन सुकै कारणले होस्, निर्दोष र निशस्त्र जनतामा मारिन पुगे । कम्युनिस्टहरुले क्रान्तिको दौरानमा कम भन्दा कम मानवीय क्षति हुने वातावरण निर्माण गर्नुपर्छ । माओले भन्नु भएको थियो “युद्ध शुरु हुनुभन्दा अगाडि सबै किसिमका संगठन र संघर्ष युद्धको तयारीका लागि गरिनुपर्छ ।” तर त्यसो गरिएन । दुई वटा बन्दुकबाट जनयुद्धको शुरुवात गरियो । त्यसले के बताउँछ भने जनआन्दोलन समेतको पनि विकास नभएको र प्रतिक्रियावादी शक्ति संकटग्रस्त भएर असहाय नभइरहेको अवस्थामा प्रतिक्रियावादी सत्ताको सेनासँग लड्ने दुस्साहस गरियो । त्यसबेलाको परिस्थितिमा पार्टीलाई हजारौं युवाहरुको खाँचो प¥यो । सामन्ती दमन उत्पीडनबाट उत्पीडित जनता विभिन्न कारणले लडाकु बन्दै गए । त्यही क्रममा जनताका दुश्मनहरुको पनि घुसपैठ भयो । त्यसले पछि गएर पार्टीलाई ठूलो क्षति पु¥यायो ।
समाजमा देखिने सामान्य रिस, इवी, झगडा तथा दमन, उत्पीडन आदिका कारणले जनसेनामा भर्ति भएका लडाकुहरुले मनोगत प्रकारले योजना बनाएर कतिपय ठाउँमा आफ्नो प्रतिशोध लिनका लागि कतिपय व्यक्ति माथि पनि कार्वाही गरे । आफूलाई जीवित राख्नका लागि जनसेनाका लडाकुहरु जनताबीच जोर जवरजस्ती, धाक, धम्कीद्वारा आश्रय लिने र आर्थिक उपार्जन गर्ने काम पनि गरे । क्रान्तिसम्बन्धी चेतना नभएका जनता एकातिर माओवादी जनसेनाबाट आतंकित हुन पुगे भने अर्कोतिर जनसेनालाई पालेको अभियोगमा सरकारी सेनाले जनतामाथि हत्या, बलात्कार, कुटपिट, गिरफ्तारी ग¥यो । कैयौ पटक सर्च अभियान नै चलाएर आतंकित पार्ने काम ग¥यो र हजारौंको हत्या ग¥यो ।
माओवादीले गरेका केही हमलाहरु सफल भएको भए तापनि धेरै जसो ठाउँमा माओवादीतर्फको क्षति ठूलो भयो । सानो फाइदाका लागि ठूलो क्षति व्यहोर्नु प¥यो । नियमित सेना बनाउने अवस्थामा माओवादी पुगेको थिएन । तर जनतालाई उत्साहित बनाउन नियमित सेना निर्माण गरियो । त्यो नियमित सेनाका लागि लजिस्टिक सामान उपलब्ध गराउन भरपर्दो स्रोत साधन थिएन । त्यसले गर्दा भारतबाट लुकाई छिपाई लजिस्टिक सामाग्री आयात गर्नु प¥यो । जनता जुन रुपमा सरकारी दमनको प्रतिरोध गर्न सडकमा उत्रनु पथ्र्यो, त्यसप्रकारको पूर्व तयारी नभएको कारणले माओवादीको आह्वानको बाबजुद पनि जनताले जनसंघर्षको माध्यमबाट समर्थन जाहेर गर्न सकेन । त्यसले गर्दा जनता तटस्थ र मुकदर्शक बन्न पुग्यो । आफूलाई सुरक्षित राख्नका लागि कैयौं व्यक्तिहरु नजिकको सदरमुकाम, नजिकको ठूलो शहर तथा राजधानी र कतिपय त त्यही अवसरमा विदेश पस्ने काम गरे । समग्रमा जनताको मनोविज्ञान हेर्दा प्रतिक्रियावादीहरुले प्रचार गरे जस्तै माओवादी भनेको डर र त्रासको प्रतिक बन्यो र त्यही प्रकारको भाष्य तयार भयो ।
एकातिर नेपालमा जनयुद्ध भयो भनेर संसारभरी प्रचार भयो र साम्राज्यवादीहरुले त्यसैलाई निहुँ बनाएर कम्युनिस्टहरुमाथि दमन गर्न नेपाललाई सैन्य सहयोग बढाए । सरकारले पनि सुरक्षा खर्चमा वृद्धि ग¥यो र नेपाली सेनालाई प्रविधियुक्त र प्रशिक्षित बनायो, अर्कोतिर माओवादीलाई रिमका घटकहरुको नैतिक समर्थन बाहेक अन्तर्राष्ट्रिय क्रान्तिकारी जनताबाट सहयोग र समर्थन प्राप्त हुन सकेन । परिणामस्वरुप माओवादी जनयुद्धलाई टिकाउने र निरन्तरता दिने समस्या खडा भयो ।
माओवादीले देशमा “तीनवटा पक्ष” रहेको कुरा प्रचारमा ल्याएको थियो –संसदवादी, राजावादी र माओवादी । माओवादीले राजनीति दलहरुलाई सुझाव दियो –कि माओवादीमा आउ कि त राजावादी पंक्तिमा जाउ । बीचको कुनै बाटो छैन । तेस्रो शक्ति नेपालमा छैन । माओवादीले राजासित कार्यगत एकताको कुरा ग¥यो । राजा पनि त्यो सशस्त्र द्वन्द्वकालमा चुप्पी साधे । दुई पक्षबीचको अघोषित एकताले संसदवादी दलहरुलाई संकटमा पु¥यायो । माओवादी लडाकुहरुले संसदवादी र गैरसंसदवादी दलहरुका कार्यकर्ता तथा समर्थकहरुमाथि भौतिक आक्रमण गर्ने काम गरे फलस्वरुप संसदवादी राजनीतिक दलहरुसित मैत्रीपूर्ण सम्बन्ध हुनुको साटो शत्रुतापूर्ण सम्बन्ध विकास हुँदै गयो ।
माओवादीले देशको ८० प्रतिशत भूभाग कब्जा गरेको भन्ने आफै प्रचार गरेपछि देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले माओवादीलाई आतंकवादी घोषणा गर्ने, नेताहरुको टाउकोको मूल्य तोक्ने, सर्च अभियान चलाउने, हेलिकोप्टरबाट सेल्टरमाथि आक्रमण गर्ने, नेपाल तथा भारतबाट पक्रेर जेल हाल्ने जस्ता काम गरेपछि माओवादीले आफ्नो रणनीति बदलेर माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा अवतरण गर्ने दिशामा विचार गर्न थाल्यो । जनयुद्धलाई सुरक्षित अवतरण गर्ने सन्दर्भमा चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्नु त्यसैको परिणाम थियो । त्यो रणनीति अन्तर्गत माओवादी र संसदवादी दलहरु एक अर्काका नजिक पुग्न थाले । पटकपटकका भेटघाट र वार्तापछि राजतन्त्रका विरुद्ध जाने सहमति भयो । दिल्लीमा भएको १२ बुंदे सहमति त्यसैको निष्कर्ष हो ।
माओवादी जनयुद्धको दौरानमा राज्य पक्ष वा माओवादी पक्षबाट निर्दोष नागरिकहरुमाथि जुन हत्या र ज्यादति भयो, त्यो युद्धरत सेनाले पालन गर्नु पर्ने आचारण भन्दा विपरीत कुरा थियो । त्यसले गर्दा जनसेनालाई जनताको बीचमा बाँच्न र एकाकार हुन गाह्रो प¥यो । प्रत्याक्रमणमा जानका लागि आफ्नो आधार इलाका हुनु पथ्र्यो । आधार इलाका बनाउन प्रयास त गरियो । तर प्रतिक्रियावादी सामन्तहरुलाई गाउँमा कार्वाही गर्ने नाममा सुराकी भन्दै सामान्य नागरिकमाथि पनि कार्वाही भयो । त्यसले गर्दा एकाध क्षेत्र बाहेक अन्य क्षेत्रमा आधार इलाकाहरु स्थापना हुन सकेनन् । सामान्य नागरिकलाई सुराकी भनेर सफाया गर्ने तर माओवादीले आफ्नै भित्रका सुराकीलाई ठीक पहिचान गर्न नसक्दा कैयौं ठाउँमा ठूलो संख्यामा जनताका होनहार छोराछोरीले ज्यान गुमाउनु प¥यो ।
दरबार हत्याकाण्डबाट तात्कालिन राजा वीरेन्द्रको वंश नास भएपछि ज्ञानेन्द्र राजा बने । उनले माओवादीको कार्यगत एकताको प्रस्तावलाई अस्वीकार गर्दै संसदवादी तथा माओवादी दुवै शक्तिमाथि दमनको नीति अपनाए र देशमा निरंकुश शासन चलाउन शुरु गरे । त्यसका विरुद्ध सात दल र माओवादी एक ठाउँमा उभिन बाध्यता भयो । त्यसले २०६२÷६३ को जनआन्दोलनका लागि परिस्थिति तयार भयो । त्यो परिस्थितिमा माओवादीले जनयुद्धलाई अगाडि निरन्तरता दिन नसक्ने अवस्थामा पुगिसकेको थियो । त्यसले गर्दा संविधानसभाको निर्वाचनको कार्यदिशामा आउनु परेको थियो । जनआन्दोलनको समाप्ति पछि संसदवादी दलहरुसित सहमतिका आधारमा संसदको पुनस्र्थापनामा सहमत हुनु परेको थियो । संसदको पुनस्र्थापनामा अन्तरिम संसदमा माओवादीका ८३ जना सांसद मनोनित भएका थिए । माओवादीले माओवादीको लक्ष्य नयाँ जनवाद, समाजवाद भएपनि माओवादी जनयुद्ध अगाडि बढ्न नसकेपछि पुँजीवादी लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्नु प¥यो । त्यो कम्युनिस्ट आन्दोलनका लागि ठूलो मूल्य चुकाएर सानो उपलब्धि हो । यसप्रकारको उपलब्धिका लागि हजारौं लडाकुहरुले वलिदान दिनु आवश्यक थिएन जनआन्दोलन र जनविद्रोहबाट पनि प्राप्त गर्न सकिने उपलब्धि प्राप्त भएको हो । तैपनि शान्ति प्रक्रियामा आउनु माओवादीले ठीक समयमा ठीक कार्यदिशा अपनाएको हो । त्यसो नगरेको अवस्थामा माओवादी मात्र होइन, नेपाली जनताको अझै धेरै रगत बग्ने थियो । तर दुर्भाग्य यो भयो कि माओवादी नेतृत्वले हतियार सुपुर्दगी र अनमिनको मातहतमा सेना समायोजन गर्नु गलत भएको थियो । जनताको मुक्तिको सपना बोकेका हजारौं जनसेनालाई अनमिनले “अयोग्य” घोषणा ग¥यो । त्यसपछि पार्टी नेतृत्व क्रमशः दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै विस्तारवाद तथा साम्राज्यवादका अगाडि आत्मसमर्पण गर्न पुग्यो । “उग्रवामपन्थी भड्काव अन्ततः दक्षिणपन्थी अवसरवादमा पतन हुन्छ” भन्ने लेनिनको विश्लेषण नेपालको झापा विद्रोह र माओवादी जनयुद्धमा पनि सत्य सावित भएको छ ।
माओवादी जनयुद्धमा जसले शोषक सामन्तको राज्यसत्तालाई समाप्त गरेर जनताको नयाँ जनवादी गणतन्त्र स्थापना गर्नका लागि युद्धमा होमिए, उनीहरुको क्रान्तिकारी सपना पूरा हुन सकेन । नेपाली वीर विरंगनाहरुले क्रान्तिको निम्ति रगतको आहुति दिए । अबका दिनमा त्यो सपना पूरा गर्नका लागि हामीले विगतमा नेतृत्वका अराजक, निम्न पुँजीवादी, मनोगतवादी तथा उग्र“वामपन्थी” विचारलाई सच्चाउँदै हाम्रा कार्यनीति तथा रणनीतिलाई ठीक ढंगले निर्धारण गर्दै सही क्रान्तिकारी दिशाका साथ अगाडि बढ्नुपर्छ ।
वास्तवमा जसलाई हामी जनयुद्ध भनेका छौं, त्यो जनताको जनयुद्ध थिएन । प्रचारात्मक रुपमा जनयुद्ध भन्नु र वास्तव मै जनयुद्ध हुनु फरक कुरा हो । भारतमा १९६७ देखि १९७२ सम्म सशस्त्र किसान विद्रोह भएको थियो । जसमा लाखौं लाख किसान, विद्यार्थी, मजदुर,पत्रकार विद्रोहमा सामेल भएका थिए । तर त्यसलाई जनयुद्ध भनिएन, किसान विद्रोह भनियो । तेलेंगना किसानहरुको संघर्षलाई पनि विद्रोह नै भनियो । “जनयुद्ध” पदावलीबारे पुनर्विचार गर्नुपर्छ । स्वयं माओवादी नेतृत्वद्वारा दिल्ली सम्झौतामा र विस्तृत शान्ति सम्झौतामा समेत जनयुद्ध भनेर स्वीकार गरिएको छैन ।
माओवादी जनयुद्ध जनयुद्ध नभएर सशस्त्र विद्रोह थियो भन्ने कुरा धेरै तथ्यहरुबाट पुष्टि हुन्छ । त्यस दौरानमा गरिएका एक्सनहरुको प्रकृतिले पनि माओवादी नेतृत्व सही माक्र्सवादी लेनिनवादी विचारले लैस थिएन भन्ने कुरा बताउँछ । लेनिनले क्रान्तिकारी सिद्धान्तविना क्रान्ति सम्पन्न हुनसक्दैन भने जस्तै अन्ततः माओवादी जनयुद्ध निष्कर्षमा पुग्न सकेन र नेतृत्व दक्षिणपन्थी अवसरवादमा पतन भयो । त्यसकारण यो भन्नका लागि आधार छ कि माओवादी जनयुद्ध एउटा उग्र “वामपन्थी” कार्य थियो । त्यसबाट उत्पन्न कैयौं दृष्परिणाम आजसम्म जनताले भोग्नु परेको छ । चीनमा लिलिसानको नेतृत्वमा गरिएको विद्रोह, जहाँ पचास साठी हजार जनसेना मारिएका थिए, लाई चनई सम्मेलनले दुस्साहसवाद भनेर पार्टीले समीक्षा गर्दै त्यसलाई सुधारेर अगाडि बढेको थियो । झापा विद्रोह यद्यपि त्यो पनि क्रान्तिकारी स्पीरिटद्वारा प्रेरित थियो, लाई उग्र“वामपन्थी” गल्ती भनेर मालेले सच्चाएको थियो ।
माओवादी जनयुद्धका सकारात्मक पक्षहरु पनि छन् । ती सकारात्मक पक्षहरुलाई हामीले उपलब्धिको रुपमा लिनुपर्छ । सर्वप्रथम त युगौंदेखि जरा गाडेको सामन्ती व्यवस्थाले जातीय, लैंगिक, क्षेत्रीय भेदभावका विरुद्ध उत्पीडित जनतालाई विद्रोहको भावनाबाट ओतप्रोत गराएको छ र दलित, महिला, मुस्लिम, मधेशी, जनजाति तथा सीमान्तकृत तप्काका उत्पीडित जनताको आवाज मुखरित भएको छ । त्यसक्रममा संविधानमा आरक्षण, समानुपातिक, समावेशी, छुवाछूत तथा जातीय विभेद विरुद्धको व्यवस्था आदिले पहिले भन्दा उत्पीडित जनतालाई सबलीकरण बनाएको छ । दुरदराजका गाउँमा पनि महिला, दलित, जनजाति, आदिवासी, सीमान्तकृत जनता अन्यायका विरुद्ध र न्याय प्राप्तिका लागि संघर्ष गर्न अधिकार पाएका छन् । दोस्रो कुरा, स्थानीय तहलाई संविधान मै अधिकार सम्पन्न बनाएपछि अहिले स्थानीय स्वायत्तताको अभ्यासको थालनी भएको छ । तेस्रो र महत्वपूर्ण कुरो २४० वर्षदेखिको राजसंस्था माओवादी जनयुद्धको पृष्ठभूमि र सहयोग सहित सम्पूर्ण राजनीतिक दलहरु तथा जनताको जनआन्दोलनबाट ढल्न पुगेको छ र अहिले प्रतिगामीहरु पुनस्र्थापनाका लागि छटपटाएका छन् । यिनी उपलब्धिहरु जनताले प्राप्त गर्नुमा माओवादीको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको छ ।
माओवादीको उद्देश्य र लक्ष्य पवित्र थियो –देशमा सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको सत्ताको अन्त गर्ने र जनताको जनवादी अधिनायकत्व कायम गर्ने । तर लक्ष्य पवित्र भएर मात्र पुग्दैन । नेतृत्वमा क्रान्तिलाई निरन्तरता दिन सक्ने परिपक्वता आवश्यक हुन्छ । नेतृत्वमा देखा परेको चरम महत्वकांक्षा, निम्न पुँजीवादी अधैर्यताले क्रान्तिलाई अराजकतातिर लग्यो । अराजकतावादको दृष्टिकोण यो हुन्छ कि प्रकृति र समाज, देखिने वस्तुहरु तथा विभिन्न सामाजिक राजनीतिक घटनाहरुलाई अराजकतावादीहरुले द्वन्द्वात्मक दृष्टिकोण अपनाउन सक्दैनन् । त्यसभित्रको नियमहरु जो हाम्रो चेतना भन्दा स्वतन्त्र हुन्छन्, त्यसलाई बुझ्न सक्दैनन् । द्वन्द्ववाद हाम्रो विचार, घटना र प्रत्येक पदार्थमा लागु हुन्छ । द्वन्द्वात्मक भौतिकवाद हामी माक्र्सवादी लेनिनवादीहरुको जीवन दर्शन र हाम्रो सर्वहारा विश्व दृष्टिकोण पनि हो । हरेक चीज एक्लो हुँदैन, एक अर्कासित अन्तर्सम्बन्धित हुन्छ । उग्र “वामपन्थी” चिन्तनको दार्शनिक स्रोत द्वन्द्ववाद हुँदैन, अधिभूतवाद हो । दक्षिणपन्थीहरुको दार्शनिक स्रोत पनि त्यही हो । उग्र“वामपन्थी” हरुले द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको सिद्धान्त भन्दा बाहिर र बेग्लै प्रकारले, असम्बन्धित प्रकारले सोच्छन् । उनीहरु विषयलाई उपरी, सतही र भावनाका आधारमा बुझ्ने गर्छन् । त्यसकारण उग्र“वामपन्थी” भड्काव अपनाउन पुग्छन् । माओवादी जनयुद्धका बेलामा पनि भएको त्यही हो । यो बेग्लै हो कि सयौं नेता तथा हजारौं कार्यकर्ताहरुको बलिदानी तथा वीरतापूर्ण संघर्षले क्रान्तिकारी इतिहास बनेको छ । त्यो क्रान्तिकारी स्पीरिटको सम्मान गर्नुपर्छ र भावि पुस्तासम्मले सम्मान गरिरहने छ । तर त्याग, बलिदान, वीरता मात्र क्रान्तिको सफलताका लागि निर्णायक बन्न सक्दैन । त्यसको लागि परिस्थिति तयार हुँदै जानुपर्छ । आज माओवादी जनयुद्धले प्राप्त गरेका उपलब्धिहरु स्वयं तात्कालिन नेतृत्वबाटै आफू प्रतिक्रियावादी सत्तामा पुगेपछि खोसिँदै जानु र फासिवादसम्मको अभ्यास देखिनुमा पनि त्यतिबेलाका गल्तीकै परिणाम हुन् । माओवादी जनयुद्ध असफल हुनुमा कुनै व्यक्ति विशेषको गल्ती मात्र ठान्नु गलत हुनेछ । मूल कुरो तात्कालिन अवस्थाको ठोस मूल्यांकन गर्न नसक्नु ठूलो कमजोरी भएको छ । कमजोरी कुनै व्यक्तिको भन्दा पनि तात्कालिन नीतिमा भएको कमजोरीलाई समीक्षा गर्नुपर्छ । त्यसकारण आज हामीले माओवादी जनयुद्धका दौरानमा भएका उग्र“वामपन्थी” गल्ती भनेर गल्ती कमजोरीलाई स्वीकार गर्नुपर्छ । सच्चा कम्युनिस्टहरुले आफ्ना गल्ती लुकाउनु हुँदैन । जनता सामु आफ्ना कमजोरी खुलेर राख्यौं भने हामी जनताबीच गुमेको विश्वास पुनः प्राप्त गर्न सक्ने छांै । जनयुद्धका बेला नेतृत्व हाँकेका अवसरवादीहरु दलाल संसदवादी व्यवस्थाका रक्षक बनेर गए पनि क्रान्तिकारीहरु आम समर्थक तथा जनताको पुनः विश्वास प्राप्त गरेर क्रान्तिको नेतृत्व गर्दै अगाडि बढ्न सफल हुनेछौं ।