काठमाण्डौ । आम श्रमजीवि शोषित उत्पीडित जनताको असल राजनीतिक प्रतिनिधि, नेपाली सर्वहारावर्गको अग्रदस्ताको रुपमा रहेको र विगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको क्षेत्रमा निष्ठा र इमान्दारितापूर्वक सशक्त आवाज बुलन्द गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले फेरि सडकमा उत्रने तयारी गरेको छ । यो पार्टीले यही भदौं १७ गते एकसाथ देशका सातवटै प्रदेश र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने योजना बनाएको छ ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको पक्षमा तथा देशमा व्याप्त महंगी, कालोबजारी, भ्रष्टाचार बेरोजगारी लगायत बेथिति, विकृति, विसंगतीको विरोधमा सशक्त विरोध प्रदर्शनको तयारी गरेको हो । यही कार्यक्रमका बिचबाट पार्टीका विरुद्ध भ्रम छर्दै हिडेका केही अवसरवादी झुण्डहरुको भण्डाफोर पनि गरिने सम्बद्ध स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको तीन न. प्रदेश अन्तर्गत काठमाण्डौ, भक्तपुर र ललितपुरको संयुक्त आयोजनामा १७ गते १२ बजे रत्नपार्कको शान्तिवाटिकामा जम्मा भई जुलुसको कार्यक्रम गर्ने पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले जानकारी दिनुभएको छ । जुलुस रत्नपार्कबाट शुरु भएर शहिदगेट, न्यूरोड हुँदै गनवहालमा पुगेर सभामा परिणत हुने र सभामा प्रवक्ता तथा तीन न.प्रदेश इञ्चार्ज सहित केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रवक्ताले जानकारी दिनुभयो । बाँकी जिल्लाहरुमा भने आ आ–आफ्नै तरिकाले सभा कोण सभाहरु हुनेछन् ।
प्रदेश न ४ अन्तर्गत कास्की, वाग्लुङ, नवलपुरमा सभा गर्ने तयारी गरिएको छ । नवलपुरमा प्रदेश ४ का इन्चार्ज हरिभक्त कंडेल, कास्कीमा सचिवालय सदस्य केशबहादुर परियार, वाग्लुङमा रेशम गिरी र जिल्ला नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तनहुँमा आकाश गौतम र जिल्ला नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश इज्चार्ज हरिभक्त कंडेलले जानकारी दिनुभयो । साथै अरु जिल्लाहरुमा पनि मशाल, जुलुस कोण सभा गर्ने तयारी भैरहेको छ ।र जिल्ला इञ्चार्ज सह इञ्चार्जहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १ नं प्रदेशमा सबै जिल्लाहरुलाई १७ गतेको कार्यक्रमलाई प्रभावकारी तरिकाले सफल पार्ने निर्णय भएको प्रदेश इन्चार्ज सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी अन्य प्रदेश र जिल्लामा पनि विरोध प्रदर्शनकाृे तयारी गरिएको पार्टी हेडक्वार्टरले जानकारी दिएको छ ।