अखिल (क्रान्तिकारी)ले देशभर जलायाे गृहमन्त्रीको पुत्ला, आइतबार देशव्यापी शैक्षिक हड्ताल

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । 

बिहीबार सो सङ्गठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा देशभर गृहमन्त्रीको पुतला जलाएको संगठनका सहसंयाेजक उपाध्यक्ष पेशल दाहालले जानकारी दिनुभयाे । 
विध्यार्थी एकता दिवसकाे पुर्वसन्ध्यामा गिरफ्तार गरी प्रहरीले राईलाई प्रहरी वृत बालाजुमा राखेकाे छ ।

संयाेजक राईलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी झुठा मुद्दामा फसाउन खाेजेकाे साे संगठनले जनाएकाे छ । संयोजक राईलाई रिहाई नगरिए आइतबार देशव्यापी शैक्षिक हडतालको गर्ने यसअघि नै घोषणा गरिसकेकाे छ ।