“अझ कसिलो, अझ बलियो र अझ प्रतिबद्ध युद्धका लागि” लगनशीलता र दृढताका साथ ५२ वर्षको टिकेपी–एमएल

“अझ कसिलो, अझ बलियो र अझ प्रतिबद्ध युद्धका लागि” लगनशीलता र दृढताका साथ ५२ वर्षको टिकेपी–एमएल

कमरेड माओत्से तुङको नेतृत्वमा सञ्चालित संसार हल्लाउने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आँधीबेहरीका बेला वर्गसंघर्षको फलस्वरूप हाम्रो भूगोलमा जन्मेको हाम्रो पार्टी टिकेपी–एम एल ५२ वर्षको भइसकेको छ ।
सबै प्रकारका सुधारवादी र संशोधनवादी नेतृत्वका विरुद्ध कमरेड इब्राहिम कायपक्कायाको नेतृत्वमा १९७२ अप्रिल २४ मा खुलेको झण्डा ५२ वर्षदेखि फहराउँदै आएको छ । “हामी कामरेड मुस्तफा सुफी र उहाँको नेतृत्वमा बनेको टिकेपी–एमएलका उत्तराधिकारी हौं”, “अहिले हामीले सबैका आँखा अगाडि झण्डा फहराइरहेका छौं ।”

हाम्रो पार्टीले हाम्रो भूगोलमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको अग्रगामी र अग्रणी शक्तिको रूपमा ५२ वर्षदेखि साम्यवादको झण्डा फहराउँदै आउने क्रममा चारजना महासचिव, दशौं अगुवा कार्यकर्ता, सयौं लडाकुु र समर्थकहरू विशेषगरी यसका संस्थापक नेताहरूले अमरत्व प्राप्त गरेका छन् । हाम्रा हजारौं साथीहरु घाइते भए । हजारौं फासीवादको जेलमा थुनिए । ५२ वर्षको सङ्घर्षमा हाम्रो पार्टीले हाम्रा वर्ग शत्रुहरूका सबै प्रकारका आक्रमणहरूलाई प्रतिरोध गर्दै त्यसको जवाफ दियो । फासीवादको विरुद्धमा यसले जित हासिल ग¥र्यो र हार पनि खायो । पार्टीले मूल्य ति¥यो र उनीहरूलाई पनि तिरायो । कमरेड इब्राहिम कायपक्कायाको नेतृत्वमा खोलिएको साम्यवादको झण्डा फहराइरह्यो । र हामी हाम्रो सङ्घर्षको ५२औँ वर्षमा प्रवेश गर्दा हाम्रो पार्टी विशेष गरी हाम्रा अमर कामरेडहरू, घाइते, बन्दी र फासीवादको यातनामा परेका साथीहरूको जीवन, रगत, प्रतिरोध र श्रमद्वारा टर्कीको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी परम्परा निर्माण गर्न सफल भएको छ ।

५२ वर्षदेखि दृढताका साथ फहराउँदै आएको साम्यवादको झण्डाको रहस्य हाम्रो पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादलाई हाम्रा टर्कीस र कुर्दिस जातिहरु, विभिन्न जनजातिहरु र आस्थाका जनताको आकांक्षा र मागलाई समेटेर शोषणबाट मुक्ति, स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्नुमा रहेको छ । हाम्रो भूगोलमा वर्गसंघर्षलाई मालेमाको विज्ञानले सुसज्जित गरेर सीमित संख्याका कार्यकर्ताहरू, विशेष गरी हाम्रा प्रमुख कमरेड इब्राहिम कायपक्कायाले श्रमजीवी वर्ग र जनसमुदायको सबैभन्दा उन्नत कार्यहरूद्वारा हाम्रो पार्टीको जग बसाएका थिए । हाम्रो पार्टीको ५२औँ वर्षको सङ्घर्षको रहस्य मालेमावादी विज्ञान र जनताको सङ्घर्ष हो । जबसम्म हाम्रो पार्टी, मजदुर वर्ग र जनताको सङ्घर्ष रहन्छ, तबसम्म यो भूमीमा साम्यवादको झण्डा फहराइरहने छ ।

हाम्रो पार्टीले मालेमाको विज्ञानलाई जनताको सङ्घर्षसँग जोड्न सक्दासम्म हैसियत र जीत हासिल गरेको छ । यसले जनताको सङ्घर्षबाट आफूलाई जति टाढा बनायो, त्यसले हारेको छ र हैसियत गुमाएको छ । यो हाम्रो ५२ वर्षको संघर्षको इतिहासले सिकाएको मूर्त शिक्षा हो ।

हाम्रो पार्टीको स्थापना भएको आधा शताब्दीमा अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र उत्पीडित जनताको सङ्घर्ष ठूलो उथलपुथल भएर गुज्रेको छ । सबैभन्दा महत्वपूर्ण कुरा, श्रमजीवी वर्ग र उत्पीडित जनताले क्रान्तिद्वारा प्राप्त गरेको हैसियत एक–एक गरी गुमाउँदै गए । हाम्रा वर्ग दुस्मनहरुले “वर्गसंघर्ष समाप्त भयो” र “विचारधाराहरू मरे” भनी घोषणा गरे । तर, छोटो समयमै पुँजीवादमा अन्तर्निहित साम्राज्यवादी भागबन्डाका कदमहरु झन चर्कोगरी सुनिन थाले ।

साम्राज्यवादी बाँडफाँडको तेस्रो युद्धबारे अन्तर्राष्ट्रिय जगतमा चर्चा भइरहेको र साम्राज्यवादी पुँजीपति वर्गका हरेक क्याम्पले सोही अनुसार तयारी गरिरहेको अवस्थामा हाम्रो भूगोल पुनः भागबण्डाको युद्धको एउटा केन्द्रको रूपमा अगाडि आएको छ । इराक र सिरियापछि इरानको प्रतिक्रियावादी मुल्ला शासन साम्राज्यवादीहरूको नयाँ निशाना बनेको छ ।

मध्यपूर्वमा साम्राज्यवादको चौकीका रूपमा स्थापित यहुदीवादी इजरायल विशेष गरी प्यालेस्टिनी राष्ट्र विरुद्ध नरसंहारकारी हमला मार्फत् यस क्षेत्रका जनताका लागि खतरा बनेको छ ।

साम्राज्यवादी पुँजीको सहयोग र जनताप्रतिको शत्रुतामा बाँचेको टर्कीको राज्यले हाम्रा टर्कीस तथा कुर्दिस जाति, विभिन्न जनजाति र आस्थाका मानिसहरू विरुद्ध नयाँ आक्रमणको तयारी गरिरहेको छ । साम्राज्यवादको सैन्य संगठन नेटोको एक उपयोगी सदस्यको रूपमा यसले यस क्षेत्रका मानिसहरू, विशेष गरी कुर्दिस जातिका जनताका विरुद्ध आक्रमण र नरसंहारलाई देशभित्र मात्र होइन सीमा बाहिर पनि विस्तार गर्न कोशिस गर्दै आएको छ । साम्राज्यवादीहरूका बीचको बढ्दो अन्तरविरोधलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न नयाँ नरसंहारको तयारी गरिरहेको छ ।

हालको स्थितिमा, टर्कीस फासीवादले लाखौंलाख कामदार र मजदुरहरूलाई न्यूनतम ज्याला भनेर भोकमरीको सीमाभन्दा भन्दा पनि कम ज्याला तोकेको छ । भोकमरी ज्याला औसत ज्याला भएको छ । लाखौं मानिसहरू भोक र गरिबीको सीमामा बाँच्न बाध्य पारिएका छन् र तिनिहरु भविष्यको बारेमा चिन्तित छन्, जबकि सत्तामा रहेका मुट्ठीभर अल्पसंख्यकहरू विलासिता र वैभवमा बाँचिरहेका छन् । जनसमुदायको ठुलो हिस्साले उनीहरूलाई बाध्य पारिएको स्थितिमा प्रतिक्रिया दिइरहेको छ । तर, पछिल्लो स्थानीय चुनावमा देखिएझैँ जनताको यो प्रतिक्रियालाई सत्ताधारी वर्गको प्रतिपक्षी गुटले अगाडि बढाउन खोजेको छ । यसको उद्देश्य जनताको विरोधलाई व्यवस्था भित्र राख्नु, गेजी र कोबाने जस्ता नयाँ विद्रोहहरू हुनबाट रोक्नु र अझ महत्वपूर्ण कुुरा सशस्त्र सङ्घर्षलाई जनतासम्म पुग्नबाट रोक्नु हो ।

आफ्नो ५२औँ वर्षको सङ्घर्षमा हाम्रो पार्टीले साम्यवादप्रति समर्पित तर संशोधनवादी र सुधारवादी नेतृत्वका कारण आस्था र शक्तिलाई गलत बाटोतर्फ लगेका मजदुर, किसान र बुद्धिजीवी, युवा र महिलाहरूलाई “क्रान्ति” र “साम्यवादको” आगोमा अटल विश्वासको विकास गर्न र पार्टीमा संगठित हुन आह्वान गर्दछ ।

हाम्रो पार्टीको स्थापनाको ५२औं वार्षिकोत्सव जिन्दावाद !
माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दाबाद !
टिकेपी–एमएल, टिक्को, टिएमएलजिबी र केबिबि — जिन्दावाद !
टिकेपी–एमएल केन्द्रीय समिति
अप्रिल २०२४