बैशाख १२ काठमान्डौ ।
मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपालले भुमि ब्यबस्था बिभागका भ्रस्ट महानिर्देशक बिदुर प्रसाद खनाललाई उनकै कार्यकक्षमा कालोमोसो दलेको जानकारी प्राप्त भएको छ ।
आज दिउँसो २ बजे क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताको पहलमा उनकै कार्यकक्षमा उनको मूखमा कालामोसो दलिएको हो ।
उनीहरुले उनलाइृ कालोमोसो किन दल्नु परेको हो त्ष्सको कारणसहीत उललेख गरेका थिए । कालोमोसो किन? भनेर निम्न तीनवटा महत्वपूर्ण बूादाहरु नाराका रुपमा उनलाई बताइएको थियो ।
१. सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको ।
२. देशभरका गुठीहरु सिध्याउन गिरोह नै सन्चालन गरेको ,
३. उपत्यका लगायत देशभरका भु –माफियालाइ संरक्षण गरेको ।
कालोमोसो दलेको घटनाको घिडीयोको एउटा सानो अंश पनि युवा संगठनले सामाजिक सञ्जालमा वितरण गरेको छ ।