नङ्ग्रा

नङ्ग्रा

 
यतैतिर सोझिएका छन्
त्यसका तिखातिखा नङ्ग्रा
जसले हामीलाई
केही वर्षदेखि
भनूँ,
चालिसको दशकदेखि
नङ्ग्र्याउँदै आएका छन्
इस्पात आकारका
बन्चरो जस्ता जस्ता
हँसिया र खुर्पा जस्ता
तेस्रो दुनियाँका
मानिसलाई घोपिरहेका छन्
सांसद जस्ता
जस्तापाताका
कार्यपालिका
व्यवस्थापिका
न्यायपालिका
सबै फरक किसिमका
चम्किला नङ्ग्रा त हुन्
दलाल नङ्ग्राबाट
देश र जनता
चिथोरिंदै आएका छन्
यसबाट
सुरक्षित उपायको खोजीमा
लाग्ने कोही छ
तिनको पनि खोजी छ
All reactions:

8