१५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम

१५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बैशाख १० गते अर्थात् अप्रिल २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले “साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।

पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रत्येक वर्ष बैशाख १० अर्थात् अप्रिल २२ मा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाउँदै आएको छ ।