१५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बैशाख १० गते अर्थात् अप्रिल २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले “साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।

पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रत्येक वर्ष बैशाख १० अर्थात् अप्रिल २२ मा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस मनाउँदै आएको छ ।