क्रान्तिबारे निम्नपुँजीवादीहरुको धारणा र त्यसका बिरुद्ध माक्र्स र लेनिनले गरेको संघर्ष

क्रान्तिबारे निम्नपुँजीवादीहरुको धारणा र त्यसका बिरुद्ध माक्र्स र लेनिनले गरेको संघर्ष

 
 
क्रान्तिबारे निम्नपुँजीवादी तत्वहरुको धारणा के हुन्छ ? त्यसवारे माक्र्सले जर्मनका निम्नपूँजिवादी तत्वहरुको आलोचनागर्दै भन्नु भएको थियो –“जव की हामीहरुले मजदुरहरुलाई भन्दछौ ःबिधमान अवस्थामा परिवर्तन तथा आफूहरुलाई शासनको निम्ति समर्थ वनाउन तिनीहरु सम्भवतः अरु १५, ३० वा ५० बर्षको गृहयुद्धबाट गुज्रनु पर्ने छ, तर निम्नपुँजीवादी तत्वहरुद्धारा मजदुरहरुलाई भनिन्छ “हामी तुरुन्तै क्रान्ति गर्नु पर्छ होईन भने हामीहरु सवै सुत्न सक्ने छौ ।” 
यहाँनेर माक्र्सले जर्मनका निम्नपुँजीवादी तत्वहरुको क्रान्तिबारेको धारणामा भएको प्रमुख कमजोरीलाई औल्याउँदै भन्नु हुन्छ—“क्रान्ति एउटा लामो प्रकृया हो भन्नेकुरा निम्नपुँजीवादी तत्वहरुलाई पचाउन मुस्किल पर्दछ ।” 
जर्मनको तत्कालिन परिस्थिति र निम्नपुँजीवादीहरुको क्रान्तिसम्बन्धी सोचाई वारे माक्सर्ले पुनः लेख्नुहुन्छ— “पार्टीका पुराना नेताहरुले कार्यकर्ताहरुलाई यो भनेर उत्साहीत पार्ने प्रयत्न गर्दथिए । क्रान्ति छिट्टै हुने छ, टाढा भए ४–५ बर्षमा पक्कै पनि । पार्टीले प्रारम्भिक दिनहरुमा प्राप्तगरेका सफलताका पछाडि यसप्रकारको शिघ्रबिजय वा आशाले प्रशस्त कामगरेको थियो । तर जव क्रान्ति झन झन टाढाको कुरा बन्दै गयो , निम्नपुँजीवादी तत्वहरुको यो सक्रियता र त्यागको भावना पनि सेलाउदै गयो ।”
माक्र्सले जर्मनका निम्नपुँजीवादी तत्वहरुको वारेमा गरेको यो आलोचना अहिले पनि नेपालको सन्दर्भमा खासगरी नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका “क्रान्तिकारी ”कम्युनिस्टहरु, खासगरी जसले आफूलाई मात्रै क्रान्तिकारी अरु बाँकी गैह् क्रान्तिकारी भन्न रुचाउँछन्, का लागि अहिले पनि सत्य ठहरिएको छ र भविश्यका लागि पनि सत्य ठहर्ने छ ।
माक्र्सले फ्रान्सको उदाहरण दिंदै १९औ शताब्दीको पूर्वाधमा फ्रान्सको आधाभन्दा बढता जनसंख्या किसानहरुको थियो र जसको कारण फ्रान्स निम्नपुँजीवादी समाजवादको जन्मभूमी बन्नगएको थियो भन्नु भएको छ ।
यसरी नेपालको वर्तमान सन्दर्भमा पनि नेपालको आधाभन्दा बढता जनसंख्या किसानहरुको भएकाले यहाँको कम्युनिस्ट पार्टीहरुभित्र निम्नपुँजीवादीहरुको बर्चश्व काफी छ  । र यीनै  निम्नपुँजीवादीहरु र केही अन्य संसदवादी वामपन्थी पार्टीहरुव्दारा नेपालमा समाजवादको नारा त्यो पनि नीर्वाचनव्दारा स्थापनाको भ्रमपूर्ण अवधारणा जनतामा दुश्प्रचार गरीरहेका छन् । 
माक्र्सको परिभाषा अनुसार निम्नपुँजीवादी समाजवाद भनेको निम्नपुँजीवादी शासन व्यवस्थाको बिरोध र आलोचना त गर्ने तर त्यस्तो आलोचना र बिरोधको मापदण्ड किसान र निम्नपूँजिपतिहरुलाई प्रयोग गरिन्थ्यो । निम्नपुँजीपतिवर्गसंग केहि सम्पत्ति र जीवन निर्वाहका केहि साधनहरु हुन्छन । तर त्यो बिधमान सम्पत्ति र उनीहरुसंग भएको जीवन निर्वाहका साधनहरुको अस्तित्व सधैभरि खतरामा रहिरहेको हुन्छ । यो खतरा उनीहरुलाई सधैभरि पूँजिपति वर्गबाटै भईरहन्छ । त्यसैले निम्नपुँजीपतिवर्गले आफनो सम्पत्ति र जीवननिर्वाहका साधनहरुलाई बचाएर राखिरहन सधैभरि पूँजिपतिबर्गसित संघर्ष गरिरहनु पर्छ । निम्नपूँजिपतिवर्गको अवस्थाको वारेमा माक्र्सले उहाँका साथी अन्निनकोवको नाममा लेखेको पत्रमा यसरी उल्लेख गरेको पाइन्छ — निम्नपुँजीपतिवर्ग एकैसमय “पूँजिपति पनि हुन्छन, जनताका मान्छे पनि” । उनीहरु पुँजीपतिबर्गद्धारा उत्पीडित हुन्छन, त्यसैले पूजिपतिबर्गका विरोधि हुन्छन, जनताका मान्छे हुन्छन । पुँजीपतिबर्गको बिरोधगर्न उनीहरु समाजवादी हुन्छन । यसरी उनीहरु किन समाजवादी भएत केवल पूँजीवादको बिरोध र आलोचनाको अर्थमा । यसैक्रममा समाजवादी आन्दोलनमा निम्नपुँजीवादी तत्वहरुको महत्वपूर्ण र क्रान्तिकारी भूमिका र योगदान रहेको इतिहास छ । तर माक्र्सले कम्युनिस्ट घोषणापत्रमा निम्नपुँजीवादी समाजवादी प्रवृतीको  खुलेरै बिरोध गर्नु भएको छ र त्यस्तो प्रवृतीलाई प्रतिक्रियावादी प्रवृती भन्नु भएको छ । माक्र्सले यसो किन भन्नु भयो त ? किनभने निम्नपुँजीवादी समाजवादी प्रवृतीले “इतिहासको चक्रलाई पछाडितर्फ घुमाउन कोशिस गर्दछ । ” 
सवैलाई थाहा छ की पुँजीवादी व्यवस्था वा पुँजीवाद ठूलोपैमानाको स्वामित्वमाथि आधारित हुन्छ । क्रान्तिको आवस्यकता ठूलोपैमानाको पुँजीवादी स्वामित्वको ठाउँमा समाजवादी  स्वामित्वको स्थापना गर्नु हो । निम्नपुँजीवादी प्रवृतीले क्रान्तिद्धारा त्यसो नगरी पुन सानो पैमानाको स्वामित्वको पूनस्थापनामा जोड दिन्छ, जो माक्र्सको भनाईमा प्रतिक्रियावादी सोचाईनै हो । 
बिश्वको र्ईतिहासले देखाएको छ कि जति जति पुँजीवादीको बिकास हुुदै जान्छ, त्यही क्रममा निम्नपुँजीपतिबर्ग विस्श्रृखलित हुदै र टुटदै जान्छ । केहि मुटठीभर ब्यक्तिहरुले आफूलाई पुँजीपतिवर्र्गको रुपमा बिकास गर्दै जान्छन भने बहुसंख्यक जनसंख्या गरिव हुदै, दिवालिया बन्दै सर्वहारावर्गको रुपमा बदलिन जान्छन । तर पनि निम्नपूँजिपतिवर्गले आफूलाई आफनो शक्तिले भेटेसम्म, अनेक उपाय लगाएर भएपनि आफूलाई सर्वहाराबर्गमा आर्थिक रुपमा खस्नबाट जोगाउने कोशिस गर्दछ तर राष्ट्रिय अन्तराष्ट्रिय एकाधिकार पुँजिवादी बिकासका कारण उसको त्यो सपना पुरागर्न कठिन हुन्छ र झनझन सर्वहाराबर्गका नजिक पुग्दै जान्छन र अन्त्यमा उनीहरुको निम्ति पुँजीवादी विश्वदृष्टिकोण त्याग्नु र सर्वहारा बिश्वदृष्टिकोण अपनाउनु जरुरी हुन जान्छ । तर पनि  िनिम्नपुँजीपतिवर्गले पुँजिपतिवर्गको आड र भरोसामा आफनो वर्तमान अवस्थालाई फेर्दै पुँजिपति, धनी बन्ने सपना छाडेको हुदैन र कैयौले यसमा प्राप्तगरेका सफलताका कथाहरुले पनि उनीहरुलाई अवसरवादी चरित्र कायमै राख्न र केहिलेत निम्नपुँजीपतिबर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडी बढाउदछन । 
माथि उल्लेखित ऐतिहासिक तत्थ्यमा आधारित माक्र्सवादी विश्लेषणको अध्ययनबाट नेपालका कम्युनिस्टहरुका केही नेताहरुको चरित्र, व्यवहार र उनीहरुले अपनाउदै गएका कार्यशैलीले क्रमसः निम्नपूजिपतिबर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडी बढाएका त छैनन भन्ने प्रशस्त शंका गर्ने आधारहरु छन् । उनीहरु आफूलाई सर्वहाराबर्गको नेता र क्रान्तिकारी भन्न छाडदैनन तर निम्नपुँजीपतिवर्गको आड र भरोसामा आफनो वर्तमान अवस्थालाई फेर्दै पूँजिपति र धनी बन्ने सपना भने बोकी रहेका हुन्छन् । र यसका लागि शक्तिले भेटेसम्म, अनेक उपाय ( पुँजीपतिबर्गको दलाली गर्ने दलालको रुपमा आफूलाई अगाडी बढाएर भएपनि) आफूलाई सर्वहाराबर्गमा आर्थिक रुपमा खस्नबाट जोगाउने कोशिस गरिरहेका छन् तर जनतामा भ्रम छर्न आफूलाई समाजवादी भन्न छाडेका छैनन । 
निम्नपुँजीवादी समाजवादका बिरुद्धको लडाईको कति महत्व रहेछ र यसले संघर्षलाई कहाँसम्म पुराउदछ त्यसवारे लेनिनले आफनो किताव ‘राज्य और क्रान्ति’ मा जोडदिएर भन्नु भएको छ—“ निम्नपुँजीवादी समाजवादका बिरुद्ध माक्र्सले आफनो जीवनभरि नै लडनु भयो ” । त्यो दौरानमा उहाँले सिस्मोदी (१७७३–१८४२) जस्ता निम्नपुँजीवादी समाजबादका चर्चित बेलायती साहित्यका नेता, प्रुधो (१८०९–१८६२ ) र वाकुनीन (१८१४–१८७६) आदि निम्नपुँजीवादी समाजवादी नेताहरुका बिरुद्ध सैद्धान्तिक, वैचारिक संघर्ष गर्नु भयो । त्यस संघर्षको क्रममा माक्र्सले क्रान्तिकारी सर्वहारा समाजबादका सिद्धान्त र कार्यनीतिको रुपरेखा निस्चित गर्नु भयो  । माक्र्स तथा एङ्गेल्सको यो लडाई दुश्मनका दलाल, प्रतिक्रान्तिकारी वा गद्यारसंग नभै निम्नपूँजीवादी समाजवादी नेताहरु कैयौ आफनो समयका स्थापित क्रान्तिकारीहरु थिए, उनीहरुसंग थियो । उनीहरुले प्रदर्शन गरेको त्याग, वलिदान र विरताको प्रदर्शन विश्व समाजवादी क्रान्तिका अमर उदाहरणहरु मानिन्छन । उनीहरुप्रति अत्यन्त आदरभाव राख्दाराख्दै माक्र्सले उनीहरुको बिरोधमा आफूलाई उभ्याउनु परयो किनभने उनीहरुको समाजबाद र क्रान्ति सम्बन्धी धारणाहरु अवैज्ञानिक, काल्पनिक र रोमाण्टिक थिए । माक्र्सको बिश्लेषणमा तिनीहरुद्धारा क्रान्तिलाई लाभ र फाईदा होईन हानी र वेफाईदा नै ज्यादा पुग्दथ्यो । 
 
माक्र्स, एङ्गेल्स, लेनिन र माओले वारम्बार जोड दिएको तत्थ्य के हो भने सर्वहारा वर्गिय क्रान्तिकारी पार्टीको निम्ति सिद्धान्त र राजनीतिप्रति निरन्तर लगन, संगठन, अनुशासन र दृढताको परिचय यी अनिवार्य शर्त हुन र निम्नपुँजीवादी क्रान्तिकारीपनका बिरुद्धको संघर्षलाई माक्र्सवादी—लेनिनवादी बिरोधी धाराका रुपमा लिनुपर्दछ तर साथै उनीहरुलाई निम्न निम्नपुँजीपतिवर्गको “दृष्टिबिन्दु” र “मापदण्ड” लाई परिवर्तनगर्न उनीहरुलाई ‘सर्वहारावर्गिय दृष्टिकोण’ र ‘मापदण्ड’ को आधारमा सैद्धान्तिक र वैचारिक रुपमा प्रशिक्षित, संगठित र आन्दोलित गराउदै लैजानुपर्छ । किनभने माक्र्सबादका संस्थापकहरु र उनीहरुका अनुयायीहरु लेनिन, स्तालिन र माओले निम्नपुँजीवादी क्रान्तिवादका बिरुद्ध वारम्बार संघर्ष गर्नका बावजुद वेग्ला वेग्लै देश, काल परिस्थितिमा त्यो नयाँ नया भेषमा आश्चर्य लाग्दोगरि देखापर्ने गर्दछ, हामीले ती सवै रुपहरु र भेषहरुलाई वेलैमा चिन्दै तिनीहरुका बिरुद्ध संघर्ष गरिरहन पर्ने आवस्यकता छ । 
 
माक्र्स तथा एङ्गेल्सले जे जसरी उनीहरुका बिरुद्धको  लडाईमा उनीहरुले प्रदर्शन गरेको त्याग, वलिदान र विरताको प्रदर्शनप्रति अत्यन्त आदरभाव राख्दाराख्दै उनीहरुको बिरोधमा आफूलाई उभ्याउनु परयो, त्यसैगरि नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमानमा जवर्जस्त रुपमा अगाडि ल्याइएका समाजबाद र क्रान्ति सम्बन्धी गलत धारणाहरुका विरुद्ध निर्मम संघर्ष चलाउन पर्ने खाँचो छ ।
 
निम्नपँुजिबादी तत्वहरुले क्रान्तिवारे ल्याएको बहुलट्ठीपनावारे माक्र्सवाद—लेनिनवादको प्रशिद्ध कृति ‘लेनिनबादका आधारहरु’ मा बिस्तृत ब्याख्या र बिश्लेषण गरिएको छ, जसमा भनिएको छ “बिजय खालि अग्रगामी दस्ताका आधारमा मात्र प्राप्त हुन सक्दैन त्यसलाई मात्र निणयात्मक युद्धमा होमिदिनु ……..मूर्खता मात्र होइन तर अपराध हुने छ ”