चैत्र २४ मा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनआन्दोलन दिवस : जनगणतन्त्रका लागि जनविद्रोहको उद्घोष

चैत्र २४ मा देशैभर क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनआन्दोलन दिवस : जनगणतन्त्रका लागि जनविद्रोहको उद्घोष

काठमाडौं । देश र जनतामाथि धोका र गद्दारीका विरुद्ध निरन्तर संघर्षको मूल राजनीतिक सन्देशका रुपमा चैत्र २४ लाई सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुले ‘जनआन्दोलन दिवस’को रुपमा मनाउने गरेका छन् । सच्चा देशभक्त र आम नेपाली श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको सच्चा र क्रान्तिकारी राजनीतिक प्रतिनिधि पार्टीको रुपमा स्थापित मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर केन्द्रित र विकेन्द्रित रुपमा ३५ औं जनआन्दोलन दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश संगठन समितिहरुको आयोजनामा काठमाडौं, जनकपुर, इटहरी, पोखरा, भालुवाङ, सुर्खेत र धनगढीमा भव्य जनसभाहरु सम्पन्न भएका छन् । ती प्रदेशभित्रका अधिकांश जिल्लाहरुमा पनि विभिन्न कार्यक्रममार्फत् जनआन्दोलन दिवस मनाइएको छ । ती जनसभाहरुलाई पार्टीका शीर्ष तहका नेताहरुले सम्बोधन गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

प्रदेश ३ को काठमाडौं र हेटौडामा केन्द्रित र अन्य जिल्ला विकेन्द्रित कार्यक्रम सम्पन्न
हाम्रा सहकर्मी अनु निरौका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रदेश ३ को आयोजनामा काठमाडौंमा ३५ औं जनआन्दोलन दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको नारा जुलुससहितको ¥याली पुरानो बसपार्क, भद्रकाली, सुन्धारा, न्यूरोड हुँदै असन जनबहालमा पुगेर जनसभामा परिणत भएको थियो ।

पार्टीका कार्यालय सदस्य रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यालय सदस्य कृष्ण धमलाले गर्नुभएको थियो भने सञ्चालन पार्टीका अर्का कार्यालय सदस्य पवनमान श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि रामसिंह श्रीस, पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तमाङ, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपाली, अखिल (क्रान्तिकारी)का संयोजक मिलन राई, अखिल नेपाल क्रातिकारी ट्रेड युनियन महासंघका सहसंयोजक इश्वर तिमिल्सिना, उद्योग वाणिज्य महासंघका संयोजक जितेन्द्र दाहाल र अखिल नेपाल जनस्वास्थ्यकर्मी संघकी संयोजक इन्दिरा अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरुले जनआन्दोलन दिवसको ऐतिहासिक महत्वमाथि विशेष चर्चा गर्दै जीर्ण भइसकेको वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य नगरेसम्म देशमा जनताको राज्यव्यवस्था स्थापित नहुने स्पष्ट पार्नुभयो । उहाँहरुले दलाल संसदीय व्यवस्थाको समूल अन्त्य गर्न सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरुबीच सुदृढ एकताको खाँचो रहेको बताउनु भयो ।

त्यसैगरी हेटौडाबाट प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ३ नम्बर प्रदेश समितिकै आयोजनामा मकवानपुर, चितवन र सिन्धुली जिल्लाले संयुक्त रुपमा मकवानपुर जिल्लाको हेटौडामा ३५औ जनआन्दोलन दिवस भव्य रुपमा मनाएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटलको नेतृत्वमा निकालिएको ¥याली हेटौडाको बुद्धचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।

कार्यक्रमको अध्यक्षता चितवन जिल्ला इन्चार्ज भिम बहादुर खड्का ध्रुवले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सिन्धुली जिल्ला ईन्चार्ज भरत बुर्जा मगरले गर्नु भएको थियो भने स्वागत मन्तव्य मकवानपुर जिल्लाका ईन्चार्ज गणेश खड्गीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी कार्यालय सदस्य चन्द्रहरि सुवेदी अटल, प्रदेश सह—संयोजक लाल बहादुर बिसी, घााइते अपांग संघका केन्द्रिय संयोजक शिव गौतम, घननाथ सापकोटा, क्रान्तिकारी महिला संगठन नेपाल को केन्द्रीय संयोजक अम्बिका मुडभरी, महाधिवेशन आयोजक समिति सदस्य अन्जना तामाङ्ग लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य दुर्गा सुबेदी, राजिव तामाङ, अटल श्रेष्ठ, पार्टी केन्द्रीय सल्लाहकार बाबुराम प्यासी, दिवाकर न्यौपाने लगायत अतिथि रहेको कार्यक्रमको समापन पार्टी केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रमका अध्यक्ष ध्रुवले गर्नु भएको थियो ।

त्यसैगरी ३५ औ जनआन्दोलन दिवसको अवसरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दोलखाले अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकाम चरीकोटमा सम्पन्न कार्यक्रममा दोलखाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू नागरिक अगुवा, पत्रकार लगायतको उपस्थिति रहेको थियो । केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चाज पु्र्ण वहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सचिवालय सदस्य एवं वागमति सह संयोजक सरद रसाइलीले अब संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला भैसकेकोले सबै राजनैतिक दलका नेताले महसुस गर्नुपर्नेमा जोड दिनुभयो । ‘जनआन्दोलन र वर्तमान राजनीतिक परिस्थिति विषयक’ अन्तरक्रिया कार्यक्रमको जिल्ला संयोजक अभियानले संचालन गर्नु भएको थियो ।

रामेछापमा पुष्पलाल र गंगालाको प्रतिमा अनावरण
उता रामेछापमा जनआन्दोलन दिवस सन्दभर्म र पुष्पलाल श्रेष्ठको सय वर्ष पुगेको दिन चैत्र २४ गतेका सन्दर्भमा रामेछाप जिल्ला रामेछाप नगरपालिकाको भँगेरी, जहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महामन्त्री पुष्पलाल श्रेष्ठ र १०४ वर्षीय जहानीयाँ राणा शासनका विरुद्धको आन्दोलका सहिद हुनु भएका क. पुष्पलाल श्रेष्ठका दाइ गंगालाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा पुष्पलाल र गंगालालको प्रतिमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले अनावरण गर्नुभयो ।

उक्त महान् कार्यमा रामेछाप नगरपालिकाका मेयरको महत्वपूर्ण सहयोग रहेको र उक्त कार्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य अशोक सुवेदीको महत्वपूर्ण संयोजन रहेको थियो । उक्त कार्यक्रममा पुष्पलाल श्रेष्ठ अध्ययन प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रदेश ५ को भालुवाङमा जनसभा सम्पन्न

हाम्रा सहकर्मी रवि पाण्डेले दिएको जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश पाँच नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ ।

सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी श्रमजिवीहरुले सक्रिय सहभागिता जनाउदै संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरे ।

सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा(मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हँुदै सर्र्वहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गर्नुभयो ।

जनसभामा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक श्यामबहादुर बोहोराको अध्यक्षता, सचिवालय सदस्य तथा प्रदेश सह संयोजक निरज केसीको संचालन र पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले कविता वाचन तथा जनसांस्कृतिककर्मी जयफूल्लाह हसनकले गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश १ को इटहरीमा जुलुससहित जनसभा सम्पन्न
हाम्रा.सहकर्मी अप्सरा बानियाँले पठाएको समाचार अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नम्बर प्रदेश संगठन समितिले भव्य रुपमा ३५ औँ जनआन्दोलन दिवस मनाएको छ । चैत २४ गते ऐतिहासिक जनआन्दोलन दिवस मनाउन नारा जुलुश सहितको ¥याली निकालेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुनसरी जिल्लाको इटहरी शहरलाई परिक्रमा गरी म्याजिक स्टेसन पुगेर सभा गरेको थियो ।

उक्त सभाको प्रमुख अतिथी पार्टीका सल्लाहाकार समितिका सह—संयोजक कमल चौधरीले समानुपातिक र आत्मनिणर्यको अधिकार सहितको संघियजनगणतन्त्र ल्याउनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी आन्दोलनमा होमिएको बताउनु भयो ।

सोहि सभामा बोल्दै पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा मजदुर संगठनका केन्द्रीय संयोजक दिनेश शर्माले २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्दै ३५ औँ जनआन्दोलन दिव भव्य रुपमा मनाउनुको छुट्टै अर्थ र महत्व रहेको बताउनु भयो । उहाँले विगतका आन्दोलनहरुबाट भएका धोका र कमजोरीहरुबाट पाठ सिक्दै संघीय जनगणतन्त्रको लागि आन्दोलनको तयारी गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनआन्दोलन दिवस देशैभरि भव्य रुपमा मनाएको स्पष्ट पार्नु भयो । उहाँले सबै नेपालीको हितमा रहेको संघीय जनगणतन्त्र स्थापना गर्नका लागि एकपटक जनविद्रोहमा उत्रिन सबैलाई आह्वान समेत गर्नुभयो ।

यसरी नै सभामा पार्टीका केन्द्रिय सदस्यद्वय अम्बिका रेग्मी ,अमर परियार र पार्टीका केन्द्रिय सल्हाकार समिति सदस्य पारसले जनआन्दोलनको महत्व र आवश्यकताबारे धारणा राख्नु भएको थियो ।

सभामा पार्टीका सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक नरेश, पार्टीका सचिवालय सदस्य तथा मोरङ्ग इन्चार्ज बिमल निरौला, सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहन तामाङ्ग, सचिवाल सदस्य सागर लिम्बु र प्रदेशमा रहेका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय सल्लाहाकार सदस्यहरुको उपस्थिति रहेको थियो ।

सभामा जनवादी तथा देशभक्तिपुर्ण गीत तथा नृत्य प्रस्तुत गरेर जनवादी कलाकारहरुले मनोरञ्जन दिलाउनु भएको थियो भने यसै सभाको अवसर पारेर दलाल सत्ताले विनाकारण हिरासतमा राखेर रिहाई गरेका तीनजना कमरेडहरुलाई स्वागत तथा अभिनन्दन गरिएको थियो ।
सो सभाको अध्यक्षता पार्टीका कार्यालय सदस्य तथा प्रदेश १ का इन्चार्ज÷संयोजक निर्मलले गर्नुभएको थियो । सभाको संचालन पार्टीका सचिवालय सदस्य तथा प्रदेश सह—संयोजक सरलले गर्नु भएको थियो भने सचिवालय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।

पोखरामा पनि भव्य जनसभाको आयोजना
हाम्रा सहकर्मी नारायण अधिकारीले दिएको जानकारी अनुसार क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल ४ नम्बर प्रदेश समितिको आयोजनामा पोखराको पृथ्वीचोकमा ३५औ जनआन्दोलन दिवसको सन्दर्भमा जनसभा कार्यक्रम सम्पन्न गरियो ।
४ नम्बर प्रदेश संयोजक अशोक लम्साल ‘अनुकुल’को अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमका प्रमुख वक्ता प्रदेश इञ्चार्ज बाबुराम गजमेर ‘आजाद’ र अन्य वक्ताहरुमा पार्टी केन्द्रिय सचिवालय सदस्य डम्बर बिश्वकर्मा ‘मामा’ र ४ नम्बर प्रदेश युवा इञ्चार्ज अनन्त केसी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चाल ४ नम्बर प्रदेश सह—संयोजक केश बहादुर परियारले गर्नु भएको थियो ।

मधेसको जनकपुरमा जनसभा सम्पन्न
३५ औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभाको आयोजना गरियो । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।

कैलालीको अत्तरियामा पनि ¥यालीसहित जनसभा सम्पन्न
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ७ को आयोजनामा कैलालीको अत्तरियामा विशाल ¥यालीसहितको जनसभा सम्पन्न भएको छ । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज गुणराज लोहनीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो ।

प्रदेश ७ मा अन्तरक्रिया कार्यक्रमको आयोजना
हर्कबहादुर शाहीको स्मृति दिवस समेतको सन्दर्भमा हर्कबहादुर शाही स्मृति फाउन्डेसनले चैत्र २६ गते “जनआन्दोलन दिवस र कम्युनिस्टहरु” शीर्षकमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणलाई प्रमुख वक्ताको रुपमा निम्त्याइएको उक्त कार्यक्रममा अन्य प्रवुद्ध व्यक्तिहरुलाई समेत निम्त्याइएको छ । सो कार्यक्रममा लेखक तथा विश्लेषक नरेन्द्रजंग पिटरले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य दिपक शाहीले जानकारी दिनुभयो ।