शनिबारीय साहित्य : कविता
——
मर बरु एकै पटक किन मर्छौ घरी-घरी
बोलिको त ठेगान छैन बोल्छौ तिमी थरी-थरी
तिम्रो कला देखिसक्यौँ नाङ्गो नाँच ननाचिद्यौ
भैगो लाज मुखैछोप्नु तिम्रो कम्मर नभाचिद्यौ
नदी नाला सबै खायौ देश हाम्रो नखाइद्यौ
लगाउ आफ्नै दौरा सुरुवाल् दलाली पोसाक् नलाइद्यौ
कार्यकर्ता भए सबै बाख्रा अनि भेडासरी
जयजयकार गर्छन् उनि जे गरे नी सधैभरी
कस्तो शिक्षा दियौ तिमी कालो पट्टी आखैभरी
कतिजोड गर्दा पनि खुलेन त्यो कसैगरी
राष्टघात गर्छन् नेता टुलुटुलु हेर्छौ तिमी
जनघात गर्छन् नेता चुप्प लागि बस्छौ तिमी
भर्स्टाचार गर्छन् नेता मतियार बन्छौ तिमी
जे जे गर्दा पनि उस्ले नेता सहि भन्छौ तिमी
बिडम्बना किन यस्तो ? पट्टी बाँधी हिड्नुपर्ने
जति बिद्वान् भएपनि मुख थुनी बस्नुपर्ने
जतिकालो भएपनि सेतो सफा भन्नैपर्ने
चोर डाँका जे भए नी दण्डबत त गर्नैपर्ने
देशै डुब्यो रसातल्मा झिक्ने कोहि भएननी
गुहार माग्यो यो धर्तिले दिने कोहि भएननी
सबै खाए सत्ताधारीले स्वाभिमान् क्यै रहेननी
पुस्तौँ देखि लाको बानी क्यै गरेनी गएननी
राष्टका ए बुद्दिजिबि ! देशकोलागि केही बोल
सुत्यौ किन ? कुम्भकर्ण झै उठेर त मुख खोल
नझुकाउ शीर स्वाभिमानको नपर कसैको भर
छ तिम्रै हातमा पौरख नमान कसैको डर
सिकाए छन् उन्का पुस्ता देशलुटी खाउभनि
देशको धन कुम्ल्याएर बिदेशतिर जाउभनि
बाजे राणा त्यसै गरे बाउ राजा त्यसै पनि
लुट्नपाए छोटेराजा के कम् हुन्थे यिनी पनि
उठ न ओ ! ज्युँदा मान्छे देश जोगाउँ नेपाल हाम्रो
बिश्वमै छ सबैभन्दा हाम्रो देश नेपाल राम्रो
गरौ अठोट् देश् बनाउने कुँडा कर्कट जलाएर
सुन्दर राष्ट बनाउनु छ श्रमशीप लगाएर |
२०८०/११/२८