बुटबल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेशको भेला सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य तथा प्रदेशका इन्चार्ज प्रेम सुवेदीको विशेष उपस्थिति तथा महासंघका केन्द्रीय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज पिताम्बर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विष्णु रिजालको संयोजकत्वमा १५ सदस्यीय प्रदेश कमिटिको निर्माण गरेको छ ।

भेलाले सदस्यहरुमा अशोक थापा, खिलराज खाती, रामकुमारी चौधरी, भक्तबहादुर श्रीस, खुमानन्द भुसाल, कृष्ण राना, गणेश ढकाल, प्रेमबादुर वली, सरोज राना र टुकलाल पुन रहनु भएको छ ।






























