काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ताले एक प्रेस विज्ञप्तिमार्फत् सो पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो । प्रेस–विज्ञप्तिमा विकसित राजनीतिक घटनाक्रम र परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै संसदीय व्यवस्थाभित्र गठबन्धन भत्काउने र बनाउने खेलमा दिल्लीकै गुप्त योजना भएको हुन सक्ने आशंका गरिएको छ ।
विज्ञप्तिमा संसदीय व्यवस्थामा जुनसुकै व्यक्ति सरकारमा गए पनि देश र जनताको अवस्थामा परिवर्तन नआउने र त्यसका लागि यो संसदीय व्यवस्था नै परिवर्तनको आवश्यकतामाथि जोड दिंदै भनिएको छ , “संसदवादी शासकहरु, दलाल पुजीवादी लुटेराहरु, विदेशी मालिकका चाटुकारहरु, साम्राज्यवादी÷विस्तारवादी शक्तिका नेपाली एजेन्टहरुका कुनै प्रचारवाजी र भ्रमहरुमा नपरी नेपाली जनतालाई सबै प्रकारका प्रभुत्वबाट मुक्त गर्न, संसदवादी सत्तामा आएको संकटलाई पन्छाउने प्रपन्चको रुपमा सरकार परिवर्तनको नौटङ्कीको भ्रमबाट मुक्त रहन, देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गरी देशको राष्ट्रियता, जनतन्त्र, जनजीवीका सम्बद्ध समस्या समाधान गरी जनगणतन्त्र÷वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नका लागि यस प्रकारको अस्थायी संयुक्त सरकार निर्माणको बाटोमा अगाडि बढ्न सबै देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी नेपाली राजनीतिक पार्टीहरु, नेपाली मध्यमवर्ग, मजदुर, किसान, सेना, प्रहरी, महिला, उत्पीडित जात र जातिका जनसमुदायहरुमा हाम्रो पार्टी हार्दिक अपील गर्दछ । निश्चित रुपमा यस प्रकारको सरकार अस्थायी हुनेछ र यसले दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गर्दै देशमा नयाँ संविधान निर्माण गरी जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर लैजाने छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“नेपाली राजनीतिमा सरकार बनाउने गठबन्धन फेरबदललाई संसवादी पार्टी र नेताहरुले जति स्वाभाविक प्रक्रियाको रुपमा लिने गरेका छन् त्यो भन्दा धेरै यसले नोकरशाही दलाल संसदीय राजनीतिक व्यवस्थामा स्वाभाविक रुपमा पैदा हुने अस्थिरतालाई अभिव्यक्त गरेको छ । संसदीय चुनावपछि सरकार बनाउँदै दुई पटक बदलिएको गठबन्धन सरकार चलेको एक वर्षमा भत्किएको छ र नयाँ गठबन्धन बनेको छ । यसरी पुरानो गठबन्धन भत्कनु र नयाँ बत्रुको कारण सतहमा कोशी प्रदेशको समीकरण नमिल्नु, माकेको राष्ट्रियसभाको उमेदवारलाई काङ्ग्रेसले भोट नदिएर हराउनु र राष्ट्रियसभामा काङ्ग्रेसको उमेदवारलाई माकेले समर्थन नगर्नु देखिए पनि नेपालको राजनीतिमा विदेशीहरुको हस्तक्षेप र प्रभाव भएको देखा पर्छ ।
नेकपा (माके) र काङग्रेस गठबन्धन बनेपछि नेपाली राजनीतिले धेरै कोल्टे फेरेको छ । द्वन्दात्मक भौतिकवादी दर्शन र समाजवादी सिद्धान्त बोकेका कम्युनिस्ट नेताहरु कोहीले राम मन्दिरको कथा बनाउने र कोही बालेश्वर मन्दिर हुँदै पशुपतिमा जल चढाउने अवस्थामा पुगे । कुर्चीको रक्षा गर्नका लागि होस् या “सुखद भविष्यको” सुनिश्चित गर्न होस्, देशको संविधानमा लेखिएका “सार्वभौमसत्ता सम्पत्र” वाक्यांशलाई धरापमा पार्ने गरी भारत सरकारले नेपालभित्र सिधै खर्चगर्ने व्यवस्थामा तत्कालीन प्रधानमन्त्री सुर्य बहादुर थापाले सुरुगरेको १ करोडलाई बाबुरामको सरकारले ५ करोड बनाएको थियो र प्रचण्डको गठबन्धनले २० करोड बनायो । राष्ट्रिय सुरक्षालाई “पशुपतिकै भरोसामा” छाडेर देशका ४ओटै अन्तर्राष्ट्रिय विमानस्थलहरु भारतीय कम्पनीलाई पीपीपी मोडेलमा संचालन गर्नदिने निधो भइसकेको छ । केपीसँग भएको पार्टी एकता र गठबन्धनले केबल भारतलाई अरुण तीन लगायतका नदीहरु हातपारेको मात्र थिएन, नयाँ नक्सा पारित गरेको सकारात्मक सन्देशभित्र एमसीसी पारित गर्ने र रुस युक्रेन युद्धमा अमेरिकी साम्राज्यवादलाई समर्थन गर्ने नीति बनायो । भारतको आगामी चुनावमा मोदीनै प्रधानमन्त्री हुने अवस्थामा नेपालमा जनमत संग्रह गराई धर्मनिरपेक्ष गणतन्त्रलाई “हिन्दु गणतन्त्रमा” बदल्ने सहमति भएको भत्रे चर्चा भइसकेको छ । भारतमा हुने चुनावपछि पशुपतिको बसाहाले कुन पक्षमा करवट बदल्ने हो भविष्यमा देखिने छ ।
गरिब नेपालीको अन्तर्राष्ट्रिय विज्ञापन गर्दै लगानी सम्मेलन गर्ने र दलाइ लामासहित “शान्तिका लागि” नोवेल पुरस्कार पाएकाहरुलाई लुम्बिनीबाट सम्बोधन गराउने योजना सरकारले बनाएको चर्चा थियो । अन्तर्राट्रिय खिचातानी र तनावका बीच त्यो पनि टाय–टाय फिस भएको रिपोर्ट आउँछ ।
दक्षिण एसियामा कतै भ्रमण नहुँदै गत जुनमा चिनिया व्यापारी ज्याक मालाई नेपाली अन्तर्राष्ट्रिय विमानस्थलमा सत्कार गरेको फोटो प्रचार गरेपछि चौधरी ग्रुपका सदस्यलाई २८ वर्ष अगाडिको छाला जुत्ता कारखाना जमिन घोटाला निकालेर हिरासतमा राखियो । चौधरी समुहका व्यापारीबाटै बनेका माननिय सांसदले चीनले बनाइरहेको चितवन बुटवल खण्ड बाटोमा भएको ढिलाइको आलोचना गरेको २ दिनपछि उनलाई रिहा गरियो । त्यस्तै प्रकारको घोटालामा गिरफ्तार भाटभटेनीका मालिक अहिले पनि जेलमै रहेका छन् । जमिन हिनमिना, करछली, सार्वजनिक सम्पत्तिको अपचलन जस्ता विषयहरुमा सरकारले उठाएका कतिपय कदमहरु जायज हुँदाहुँदै पनि उस्तै उस्तै मुद्दामा कोही जेल बस्ने र कोही रिहाइ हुनुले कोही पनि कार्बाही आन्तरिक सरकारी योजनामा नभएर विदेशी इसरामा मात्र क्रियाशील भएको देखापर्छ ।
सरकार चलाउनका लागि गठबन्धन बत्रु र बदलिनु मुलतः नेपालको दलाल संसदीय राजनीतिक व्यवस्थाको अस्थिर चरित्रको परिणाम हो । तर यो परिणाममा नेपाली जनता र पार्टीको भुमिका भन्दा विदेशीहरुको खेलमेलनै प्रमुख देखिने कैयौ तथ्यहरु देखिन्छन् । भारतीय कुटनीतिज्ञ अशोक मेहताले १४ फरवरीमा “Still, for Delhi, Prachanda is the right horse to back while keeping Deuba in the stable.” अथवा, “दिल्लीका लागि देउवालाई तबेलामा राखेर चढ्नका लागि सही घोडा प्रचण्ड हुन्” भनेर द पायोनियरमा लेख्ने र ४ मार्च अथवा १९ दिनपछि देउवालाई छाडेर प्रचण्ड केपी गठबन्धन बत्रुले बच्चाहरुले बालुवाको घर खेलेझैं नेपालको गठबन्धन भत्काउने र बनाउने खेलमा दिल्लीकै गुप्त योजना कार्यान्वयन भएको त होइन भत्रे प्रसस्त ठाउँ रहेको छ ।
यस प्रकारको राजनीतिक खेलबाट कुनै पनि संसदवादी पार्टी तथा नेताहरु न त अछुत रहन सक्छन, न त्यसको प्रभावबाट मुक्त रहन । त्यसलाई संसदीय व्यवस्था भित्रैबाट सच्याउन खोज्नु भनेको भैँसीको गर्भबाट हात्ती जन्माउन खोज्नु जस्तै हो । नेपाली राजनीतिको वर्तमान अवस्थालाई समाधान गर्ने ऐतिहासिक कदम भनेको देशभक्त, जनवादी क्रान्तिकारी शक्तिहरु सम्मिलित अस्थायी संयुक्त सरकारको गठन हो, जुन हाम्रो पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले प्रस्ताव गरेको छ ।
संसदवादी शासकहरु, दलाल पुजीवादी लुटेराहरु, विदेशी मालिकका चाटुकारहरु, साम्राज्यवादी÷विस्तारवादी शक्तिका नेपाली एजेन्टहरुका कुनै प्रचारवाजी र भ्रमहरुमा नपरी नेपाली जनतालाई सबै प्रकारका प्रभुत्वबाट मुक्त गर्न, संसदवादी सत्तामा आएको संकटलाई पन्छाउने प्रपन्चको रुपमा सरकार परिवर्तनको नौटङ्कीको भ्रमबाट मुक्त रहन, देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गरी देशको राष्ट्रियता, जनतन्त्र, जनजीवीका सम्बद्ध समस्या समाधान गरी जनगणतन्त्र÷वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नका लागि यस प्रकारको अस्थायी संयुक्त सरकार निर्माणको बाटोमा अगाडि बढ्न सबै देशभक्त, जनतान्त्रिक र क्रान्तिकारी नेपाली राजनीतिक पार्टीहरु, नेपाली मध्यमवर्ग, मजदुर, किसान, सेना, प्रहरी, महिला, उत्पीडित जात र जातिका जनसमुदायहरुमा हाम्रो पार्टी हार्दिक अपील गर्दछ । निश्चित रुपमा यस प्रकारको सरकार अस्थायी हुनेछ र यसले दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गर्दै देशमा नयाँ संविधान निर्माण गरी जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादतिर लैजाने छ ।”