पोखरा । अखिल (क्रान्तिकारी) कास्की एकताको २५औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । फागुन २१ गते भएको सम्मेलनबाट अध्यक्ष गगन परियार, उपाध्यक्ष रमेश पौडेल, सचिव सन्जु राई, सहसचिव मनमाया राई र निर्मल विक र कोषाध्यक्षमा अनिशा जिसि लगायत ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
अखिल (क्रान्तिकारी) कास्की जिल्ला संयोजक गगन परियारको अध्यक्षतामा भएको सम्मेलनमा अखिल९क्रान्तिकारी० प्रदेश संयोजक प्रेम प्रशान्त बोहरा अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य बाबुराम गजमेर (अजाद) बिशेश अतिथि, अखिल९क्रान्तिकारी० केन्द्रिय संयोजक मिलन राई प्रमुख अतिथी, पार्टीका जिल्ला संयोजक कमरे सुजन आयामले निर्वाचित समिती शुभकामना दिएका थिए ।
पृथ्वीचोकबाट सुरु भएको र्याली न्युरोडहुँदै पोखराको मानवअधिकारचोकमा गएर उद्घाटन समारोह हुँदै बन्दसत्रले उक्त कार्यसमिति चयन गरेको हो ।