नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भ्रष्टाचार गरेको भन्दै बुधबार कालोमोसो दलेको हो । संगठनको प्रदेश नं. ६ समितिले कालोमोसो लगाइनुको ८ वटा कारणहरु समेत सार्वजनिक गरेको छ । भ्रष्ट ढकालमाथि कारबाही गरेपछि सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । सामाजिक सञ्जालमा अरुण सुवेदीले लेखिेका छन्, “बढैया तालका सबै प्रअ र शिक्षकहरु खुशी नै छन् । कति शिक्षकहरु उहाँको घुसको कारण पीडित थिए ।

राम्रो नतिजा ल्याउने स्कुललाई प्रोत्साहन भत्ता नदिई कमिशनको लागि आफ्नो अनुकुलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आ.सि.टि ल्याव, विज्ञान ल्याबको खरिद सामाग्री शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्न पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक नियुक्तिको लागि विषय विज्ञ सुचीकृत नगरी कमिशनको लागि आफु अनुकुलको मनोमानी ढंगले विषय विज्ञ राखी करार शिक्षक नियुक्ति गर्ने गरेको, वि.व्य.स. गठन सर्वसम्मत भएका स्कुलहुरुमा पनि प्र.अ. सँग दबाब पुर्ण ढंगले भत्ता उठाउने गरेको, आफु अनुकुलको अडिटर विद्यालयहरुमा लेखापरीक्षण गर्न पठाई विद्यालयलाई बढी आर्थिक भार पर्ने गरी अडिट गर्न लगाउने गरेकोले कालोमोसो दलिएको संगठनले बताएको छ ।

साथै विव्यसको अधिकारमाथि हस्तचेप गरी, विद्यालयको आन्तरिक श्रोतबाट शिक्षक नियुक्ति गर्न समेत शिक्षा प्रमुख बोलाउन पर्ने नियम बनाई, कमिशनको लागि शिक्षक नियुक्तिमा अस्वस्थ प्रतिस्पर्धा गराउने गरेको, विद्यालयमा अनुगमन तथा निरीक्षणको नाममा प्र. अ. र शिक्षकहरुलाई अपमान र अभ्रद व्यवहार गर्ने गरेको र कमिशन मार्फतको अवैध रकम जिल्ला शिक्षा विकाश तथा समन्वय इकाई दार्चुलाका जिल्ला शिक्षा अधिकारीका निजि ड्राईभर गगन सिंह धामी र अन्य व्याक्ति मार्फत लिने गरेकोले कालोमोसो दलि

एको समेत संगठनले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर