चितवन । जिल्लाको रत्ननगरपालिका वडां ६ दोरङ्गीका इन्द्रराज चौधरीले ५ लाख ७० हजार ऋणका लागि दृष्टीबन्दकी गरिदिएको जग्गा जालसाँची गरी भूमाफियाहरुले करोडौंमा किनबेच गरेका छन् । पटक पटक जग्गा फिर्ताका लागि कुरा गर्दा पनि जग्गा फिर्ता गर्नुको सट्टा एकपछि अर्को भूमाफियालाई किनबेच भएको गुनासो पाटीएमा आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले उक्त जग्गा कब्जामा लिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्ला संयोजक विकासले एक प्रेस वक्तव्य जारी गर्दै उक्त जग्गा कब्जामा लिएको सार्वजनिक जानकारी गराउनु भएको छ ।

वक्तव्यका भनिएको छ, “यो जघन्य प्रकारको अन्याय पार्टी टुलुटुलु हेरेर बस्न सक्दैन अन्यायका विरुद्ध बोल्ने र जनतालाई न्याय दिनु हाम्रो जिम्मेवारी हो । आजका मितिदेखि उक्त जग्गा कसैले खरीद बिक्री आमोद कमोद भोग चलन गर्न पाइने छैन र नगर्न अनुरोध गर्दछौ । हाम्रो अनुरोधलाई नजर अन्दाज गरेर खरीद बिक्री, भोग चलन गरेमा पार्टी कारवाही गर्न बाध्य हुने व्यहोरा समेत अवगत गराउँदछौ । त्यसको जिम्मेवारी स्वयं हुनेछन् । लघुवित्त मिटर व्याँज जस्तै चितवनमा भुमाफियाहरुले थुप्रै आदिवासी थारु लगायत किसानहरुको जग्गा दृष्टिबन्धकीको नाममा जनतालाई सुकुम्वासी बनाउने सम्पूर्ण भूमाफियाहरुलाई कानुनको दायरामा ल्याई जनताको जिउधनको सुरक्षा गर्नको लागि राज्यसंग जोडदार माग पनि गर्दछौ ।”
वक्तव्यमा ऋण लिएदेखि भूमाफियाहरुले जालसाँची गरी पटक पटक उक्त जग्गा किनबेच गरिएका घटनाक्रमलाई यसरी प्रस्तुत गरिएको छ :

“रत्न नगरपालिका वाड नं. ६ दोरङ्गी गाउँ बस्ने इन्द्रराज चौधरीको वि.स. २०६४ सालमा चितवनको भुमाफिया दलाल खैरहनी नगरपालिका वाड नं. ९ बस्ने टिकेन्द्र चौधरीको योजनामा राष्ट्रिय भुमाफिया दलाल अछाम जिल्ला हाल काठमाडौँ बस्ने भक्त बहादुर ठकुल्ला फोन नं. ९८५१०५७९८५, ९८५१०२९०९४ को मिलेमतोमा जालझेल गरेर जग्गाधनी इन्द्रराज चौधरीलाई नारायणगढको एक होटलमा लगी निज इन्द्रराज चौधरीकी श्रीमति खगेश्वरी चौधरीको अनुपस्थितीमा किर्ते सही गरि काठमाडौँ पढ्न बसेका निजका नाबालक छोरा शिव चौधरीको किर्ते सहि गरी जुन तत्कालिन लिखत गरेको कागजमा देख्न सकिन्छ तिम्रो जग्गा दृष्टीबन्धकी हो, पछि फिर्ता हुन्छ भनेर झुक्याएर ५,७०,०००।– (अक्षरुपी पाँच लाख सत्तरी हजार) मा काठमाडौँ बस्ने झक्त बहादुर ठकुल्लाले ०–१८–१३– अठ्ठार कठ्ठा तेह्र धुर जग्गा रत्ननगर नगरपालिका वडा नं. ६ दोरङ्गीमा रहेको आफ्नो नाममा बनाएको हो पछि जग्गा धनी पिडित इन्द्रराज चौधरीले तिम्रो पैसाको सावा व्याज लैजाउ हाम्रो जग्गा फिर्ता गर भन्दा केही समय आलटाल गरेर पछि दलाल भक्त बहादुर ठकुल्ला भागी भागी हिड्ने जग्गाधनीलाई नभेट्ने उल्टो पिडीतलाई काठमाडौ“ अदालतमा मुद्धा दिएर दुःख दिने गरेको हो र पछि त्यो जग्गा लगभग ३,००,००,०००।–(अक्षरुपी तिन करोड) मा अर्को भुमाफिया दलाल मकवानपुर जिल्ला हेटौडा बस्ने हाल अमेरीका बस्ने रामकृष्ण बर्तौलालाई बेचि दियो त्यसपछि दलाल भूमाफिया रामकृष्ण बर्तौलाले काठमाडौँ को सोह्रखुट्टेमा रहेको लालीगुराँस सहकारीमा धितो राखी ३,००,००,०००।–(अक्षरुपी तिन करोड) निकालेर अमेरिका भागेको हो ।
यस पछि लालीगुुराँस सहकारीले लगभग ४,००,००,०००।–(अक्षरुपी चार करोड) मा जग्गा लिलाममा निकाल्यो जुन सहकारी त्यहाँ व्यवस्थापक जनताको बचत रकम अपचलन गरी टाट पल्टाएका छन् । सङ्गीता तामाङको श्रीमान् लाली गुरा“स सहकारीका अध्यक्ष हुन् । सहकारीलाई टाट पल्टाउने मध्येका सङ्गीता तामाङ्ग, सीता ढकाल प्रेम बराल मिलेर उक्त जग्गा आफ्नो नाममा पारेर पिडीतलाई फेरी अर्को जालझेल षड्यन्त्र गरेर ०–७–० सात कठ्ठा जग्गा दिन्छौ ०–८–१५ आठ कठ्ठा १५ धुर हामी लिन्छौ भनेर झुक्याई ०–६–१५ (छ कठ्ठा पन्ध्र धुर) जग्गा दिएर ०–९–१ (नौ कठ्ठा एक धुर) जग्गा काठमाडा“ैैबस्ने अर्को भुमाफिया दलाल कृष्ण कुमार श्रेष्ठको नाममा रजिष्ट्रेशन पास गर्ने काम गरे । यसरी प्रत्यक्ष टिकेन्द्र चौधरी, भक्त बहादुर ठकुल्ला, रामकृष्ण वर्तौला, सङ्गीता तामाङ्ग, सीता ढकाल, प्रेम बराल, कृष्ण कुमार श्रेष्ठ र अप्रत्यक्ष रुपमा कति लागे मिलेर पीडित इन्द्रराज चौधरीको माथि उल्लेख गरेको जग्गा खाएका छन् ।”
वक्तव्यमा भनिएको छ, “एउटा आदिवासी थारुको छोराको गर्दनमा खुकुरी हानेका छन् । जबसम्म इन्द्रराज चौधरीको उचित न्याय हुँदैन, उनले लिएको ५,७०,०००।– (पाँच लाख सत्तरी हजार) को सावा ब्याज बुझाउने र उनको सम्पुर्ण जग्गा उनको नाममा आउदैन र माथिका भुमाफिया दलालहरुलाई राज्यले कारवाही गर्दैन, तबसम्म रत्ननगर नगरपालिका वडा नं. ६ प्रथम इन्द्रराज चौधरीको नाममा रहेको लाली गुराँस सहकारीले बिक्री गरेको काठमाडौं बस्ने कृष्णकुमार श्रेष्ठको नाममा रहेको ०–९–१ (नौ कठ्ठा एक धुर) र भक्त बहादुर ठकुल्ला अध्यक्ष रहेको ब्रम्हदेव प्रा.लि. संस्थाको नाममा रहेको ०–२–१७ (दुई कठ्ठा सत्र धुर) जग्गा आज वि.सं २०८०÷११÷०९ का मितिबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल चितवनले कब्जा गरेको छ साथै उक्त जग्गा पार्टीको नियन्त्रणमा रहेको विषय न्यायप्रेमी जनसमुदायमा जानकारी गराउँदछौं ।”
