क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गाैरबहादुर देवकाेटालाई विध्यालयले गर्याे अभिनन्दन

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता गाैरबहादुर देवकाेटालाई विध्यालयले गर्याे अभिनन्दन

कटारी । उदयपुर जिल्लाको ताप्ली गाउपालिका अन्तर्गत वडा न. ५ मा रहेको श्री कालीका आधारभुत विध्यालय गहतेले एक भब्य अभिनन्दन कार्यक्रमको आयोजना गरी विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुभएका विध्यालयका सस्थापक अध्यक्ष समेत रहनु भएका गौर बहादुर देवकोटालाई सम्मान/अभिनन्दन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेेशन आयाेजक कमिटि सदस्य तथा पार्टीका उदयपुर संयाेजक रहेका नेता देवकाेटालाई विध्यालय परिवारले अभिनन्दन गरेकाे हाे ।
ताप्ली गाउपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको प्रमुख आतिथ्यता गरिएकाे कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर खड्का सभाध्यक्ष हुनुहुन्थ्यो भने कार्यक्रमको सन्चालन बिधालयका प्रधानाध्यापक नारायणभक्त सिंह ठकुरीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका ताप्लीगाउपालिका सभापती दिपकुमार राष्कोटी , नेकपा एमाले ताप्लीगाउपालिका उपाध्यक्ष मानकुमारी थापा , क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रदेश कमिटी सदस्य मानबहादुर दनुवार, नेकपा एस ताप्लीगाउपालिका अध्यक्ष दिनेश हमाल, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य रुद्र कोइराला लगायत सात राजनीतिक दलका स्थानीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा ताप्लीगाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ , ताप्लीगाउपालिका शिक्षा शाखाका कन्चन दाहाल , श्री महेन्द्र रत्न माध्यमिक बिधालय रुपाटार का सहायक प्रधानाध्यापक मोहन बुढाथोकी, श्री पन्चावती निमावि रामपुरका प्रधानाध्यापक शेरजङ्ग ठकुरी, हलेदे कोल्बोटे आधारभुत विध्यालयका प्रधानाध्यापक जम्बशेर राईलगायत पालिकाभित्रका सम्पुर्ण विध्यालय लगायत शिक्षा क्षेत्रका ब्यक्तित्वहरुको उलेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरु समाजसेवी बुद्धिजिबी लगायतले शुभकामना मन्तब्य राख्दै विध्यालय निर्माणमा सस्थापक अध्यक्ष गौर बहादुर देवकोटाले खेलेको भुमिकाको चर्चा गर्दै समाजमा शिक्षाको ज्योति छर्ने उदयपुर जिल्लाकै एक उदाहरणीय व्यक्ति रहेको बताउदै उहाँको नि:स्वार्थ भावनाबाट सबैले शिक्षा लिनुपर्ने बताएका थिए ।
अभिनन्दित नेता देवकाेटाले आफुले गरेकाे कामकाे मुल्यांकन गरि अभिनन्दन गरेकाेमा खुशी व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्नुभएकाे थियाे ।