भ्रष्टाचारीलाई थुनामुक्त गर्ने अदालतको फैसलाका विरुद्ध सडकमा उत्रिएका विद्यार्थी र युवा नेताहरुको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ग¥यो तीव्र विरोध, तत्काल रिहाइ गर्न जोडजार माग

काठमाडौं । पार्टी सम्बद्ध १७ जना विद्यार्थी र १४ जना युवाहरुलाई प्रहरीले गिरफ्तार गरेको घटनाको घोर विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गिरफ्तार विद्यार्थी र युवा नेता कार्यकर्ताहरुलाई विना शर्त तत्काल रिहाइ गर्न जोडदार माग गरेको छ ।


बाँसबारी जग्गा घोटाला प्रकरणमा गिरफ्तार भएका अरुण चौधरीलाई काठमाण्डु जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध अदालतको गेटमा शान्तिपूण ढंगले विरोध प्रदर्शन गरिरहेका अखिल (क्रान्तिकारी) का १७ जना विद्यार्थीहरुलाई अन्धाधुन्ध बल प्रयोग गरी प्रहरी प्रशासनले गिरफ्तार गरेको वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा गिरफ्तार हुनेहरुमा अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राई, सहसंयोजक वीरेन्द्र शाह, कार्यालय सचिव रुपा बुढामगर लगायत उषा किरण आजाद, राम बहादुर तिरुवा, गोविन्द विष्ट, शोभा सेन्चुरी, लक्ष्मी शाह, राजन साउद, लक्ष्मण वि.क., नर बहादुर कुमाल, लक्ष्मी पाण्डे, हस्त वि. क., छत्र वि.क., वजीर सिंह, दिनेश नेपाली, समीर वि.क. रहेको जनाइएको छ ।

सोही वक्तव्यमा त्यसै गरी सोही प्रकरणमा काठमाण्डुको माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय संयोजक हरिस भट्ट लगायत १४ जना युवालाई प्रहरी प्रशासनले बल प्रयोग गरी गिरफ्तार गरेको जनाइएको छ । गिरफ्तार हुने अन्य युवाहरुमा अभिनास कुँवर, प्रमोद सिंह, विचारमान तामाङ्, लोकेन्द्र राई, प्रकाश शर्मा, विकल्प तामाङ्, बिल बहादुर तामाङ्, पदम हमाल, सूर्य परियार, आकाश कार्की, अर्जुन ओली, राजु तिमल्सिना र वसन्त वाग्ले हुनुहुन्छ ।


वक्तव्यमा भनिएको छ, “भ्रष्टाचारी जस्तो जघन्य अपराधीलाई थुनामा राखी कारवाहीको माग गर्ने युवा तथा विद्यार्थीहरुमाथि अन्धाधुन्ध बल प्रयोग गरी प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले गरेको गिरफ्तारीको हाम्रो पार्टी तीव्र विरोध गर्दछ । र गिरफ्तारीमा पर्नु भएका सम्पूर्ण युवा तथा विद्यार्थीहरुलाई विना सर्त तत्काल रिहाइको माग गर्दछ ।”