माइतीघरको निषेधित क्षेत्र तोडे क्रान्तिकारी युवाहरुले, भ्रष्टाचारीमाथि कडा कारबाहीको माग गर्ने संयोजक हरिश भट्टसहित दर्जनौ गिरफ्तार (फोटोफिचर)

माइतीघरको निषेधित क्षेत्र तोडे क्रान्तिकारी युवाहरुले, भ्रष्टाचारीमाथि कडा कारबाहीको माग गर्ने संयोजक हरिश भट्टसहित दर्जनौ गिरफ्तार (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज माइतीघरको निषेधित तोडेर विरोध प्रदर्शन गरेका छन् । भ्रष्टाचारीहरुमाथि कडा कारबाहीको माग राखेर गरिएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ ।


कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि क्रान्तिकारी युवाहरुले सशक्त प्रतिरोध गरेका थिए । त्यस क्रममा केही बेर झडप समेत भएको थियो । व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी प्रहरीले प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले क्रान्तिकारी युवा संगठनका केन्द्रीय संयोजक हरिश भट्टसहित १४ जना युवा नेताहरुलाई गिरफ्तार गरेको कार्यक्रमस्थलबाट संकल्पले जानकारी दिनुभयो । गिरफ्तार युवा नेताहरुलाई सिंहदरबार प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गर्ने चौधरी ग्रुपका सदस्य अरबपति विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा अदालतले छाड्न आदेश दिएपछि क्रान्तिकारी युवाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए । क्रान्तिकारी युवा संगठनले देशैभरि भ्रष्टाचारका विरुद्ध सशक्त प्रतिरोध संघर्ष सञ्चालन गरिरहेको छ ।