काठमाडौं/१ माघ,
अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आफ्नो सङ्गठनका केन्द्रीय सचिवालय सदस्य प्रा.डा.ताराकान्त पाण्ड्येको निधनफ्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली वत्तब्य जारि गरेको छ ।
सङ्गठनका केन्द्रीय संयोजक हिरामणि दुःखीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘डा. पाण्ड्ये बरिष्ठ मार्क्सवादी समालोचक, सौन्दर्य चिन्तक तथा विचारका कुशल प्रवक्ता एवम् सांस्कृतिक अभियन्ता हुनुहुन्थ्यो । उहाँकौ निधनले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ ।’
यसैगरी पाण्डेयको निधनप्रति इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले एक वक्तव्य जारी गर्दै सोही प्रतिष्ठानका अध्यक्षको निधनबाट प्रतिष्ठानले महत्वपूर्ण अभियन्ता एवम् विचारक गुमाएको जनाएको छ ।
प्राध्यापक डाक्टर पाण्ड्ये गत दुई वर्ष अगाडि नै त्रिभुवन विश्व विद्यालयको प्राध्यापन पेशाबाट सेवा निवृत्त हुनुभएको थियो । तथापि उहाँले विद्यावारिधी अध्ययनरत विद्यार्थीहरुको सोध क्षेत्रमा प्राध्यापन गरि नै रहनुभएको थियो । उहाँ क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय स्कूलिङ विभागका सदस्य रहनुभएको र सोही क्रममा कैलालीबाट स्कूलिङमा सहभागि भएर नेपालगञ्जमा रहनुभएका ससुरालीमा भेटघाट गरी फर्कने क्रममा दाङकौ भालुवाङमा भएको बस दुर्घटनामा परि तत्काल निधन भएको थियो ।
अहिले डाक्टर पाण्डेयको पार्थिव शरीरलाई त्रि.वि. शिक्षण अस्पतालमा राखिएको छ । उहाँको एक मात्र सन्तान छोरी तितिक्षा पाण्ड्ये र ज्वाईं अमेरिकाबाट आज वेलुका मात्रै काठमाडौं घरमा आउने भएकाले भोली २ गते मङ्गलबार दिउँसो १२ः३० बजेदेखि २ः३० बजेसम्म इच्छुक सांस्कृतिक प्रतिष्ठानको प्राङगणमा राखि अन्तिम श्रद्धाञ्जली दिइने प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले बताउनु भएको छ । पंज्ञानीले प्रतिष्ठानका अध्यक्ष डाक्टर पाण्ड्येलाई श्रद्धाञ्जली दिनका लागि सम्पूर्ण शुभचिन्तक, राजनीतिक सांस्कृतिक क्षेक्रमा कृयाशील व्यत्तित्व, पत्रकार पाण्ड्येका अनुयायी तथा विद्यार्थी, सहपाठी, प्राध्यापक तथा सहकर्मीहरु एवम् उहाँका परिवारजन, आफन्त, इष्टमित्र सबैसबैलाई प्रतिष्ठनको प्राङ्गण कामपा २९, घट्टेकुलो (मैतिदेवीको सेतोपुलबाट पश्चिमतर्फ धोवीखोला करिडोर)मा उपस्थित भईदिन अनुरोध गर्नुभएको छ ।