प्राध्यापक सङ्गठनद्वारा प्रा.डा. ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण

प्राध्यापक सङ्गठनद्वारा प्रा.डा. ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । अखिल नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारीले एक शोक वक्तव्यमार्फत् सुप्रसिद्ध प्रखर सौन्दर्य चिन्तक, क्रान्तिकारी माक्र्सवादी समालोचक, विचारक प्रा.डा. ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

शोक वक्तव्यमा भनिएको छ, “सुप्रसिद्ध प्रखर सौन्दर्य चिन्तक, क्रान्तिकारी माक्र्सवादी समालोचक, विचारक प्रा.डा. ताराकान्त पाण्डेयको असामायिक र अकल्पनीय निधनबाट सिङ्गो सांस्कृतिक बौद्धिक र प्राज्ञिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द«ीय सदस्य, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा अखिल नेपाल नेपाल जनसांस्कृतिक महासङ्घको सचिवालय सदस्य प्रा.डा.ताराकान्त पाण्डेयप्रति हाम्रो सङ्गठन श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनप्रति सम्वेदना प्रकट गर्दछ ।”